निजिमा दर्ता काममा भाडा, पोखरामा अवैध राइड शेयरिङले समस्या पार्दै

सराङकोट न्यूज
17 September, 2022 9:24 am
Advertisements
Advertisements

पोखरा

देशको राजधानी शहर काठमाडौमा फैलिएको अवैध राइड शेयरिङको प्रभाव देशभर पर्न थालेको छ । सवारी तथा यातायात सम्बन्धि मौजुदा ऐन कानूनले प्रयोजन विपरित सवारी संचालन गर्नुलाई गैह्रकानूनी कार्य मानेको छ । तर विडम्वना तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक आदेशमा अवैध राइडिङले संचालन गर्ने छुट पायो । प्रधानमन्त्रीकै आदेश र काठमाडौंका केही राष्ट्रिय मिडियाको वल दवावमा अवैध राइड शेयरिङ व्यवसाय गर्दै आएका पठाओ, टुटलका नाममा वग्रेल्ती निजि मोटर साइकल, स्कुटर र कारहरु समेतले भाडामा यात्रु वोक्न थाले त्यसबाट पठाउ र टुटल जस्ता अनलाई एप्स चलाउनेहरुले कमिशन कुम्ल्याउने धन्दा फस्टायो ।
यो दण्डहिनताको चरम नमुना हो । यसको कारक तत्व सरकार प्रमुख केपी शर्मा ओली हुन् । सरका प्रमुख स्वयले गैह्रकानूनी कार्यलाई संरक्षण गरेका कारण त्यसको असर पोखरा लगायतका विभिन्न सटरहरुमा परिसकेको छ । राज्य ंसंचालकहरुले वाटो विराएपछि त्यसको असर सम्पूर्ण क्षेत्रमा पर्न जानु अस्वभाविक मान्न सकिन्न ।
यता निजि सवारीलाई भाडाको काम गर्न दिने उता भाडाको काम गर्ने अनुमती प्राप्त सवारीहरुको व्यवस्थापकीय संस्था यातायात व्यवसायी संस्था समितिहरुलाई सिण्डिकेट ग¥यो भन्दै समिति खारेज गर्ने परिपाटीजन्य कार्यशैली परस्पर विरोधी वन्न पुगेको छन् । विधिको साशनको ढोल पिट्ने देशका संचालकहरु रुल अफ ल भन्दा हुल अफ ल मा केन्द्रीत हुनुलाई विडम्वनापूर्ण मानिएको छ । वेथितिले जरा गाड्न सक्ने सम्भावना प्रवल देखिएको छ ।

पोखरामा समस्या चर्किदै

पर्यटकीय नगरी पोखरामा राइड शेयरिङ को अवैध धन्दाको पारो ह्वात्तै वढेको छ । विभिन्न नामका एप्स चलाएर नीजि सवारीलाई कमिसनको सर्तनामा गराएर भाडामा लगाउने कार्यले तिव्रता पाइरहेका छन् ।
पछिल्ला समय वाहिरी मुलुकमा दर्ता भएको इन ड्राइभ नामको एप्स चलाएर पोखरामा अवैध राइड शेयरिङ धन्दा चलिरहेको पाइएको छ । दैनिक १५ भन्दा बढीलाई नागरिकहरुको सहयोगमा ट्राफिकले नियन्त्रणमा लिएर कारवाही गरेको छ । नियन्त्रण लिएका निजि मोटरसाइकल स्कुटर र कारहरुले कानूनको अनभिज्ञता बताएका छन् । कानूनको जानकारी छैन भन्दैमा अवैध धन्दा गर्ने छुट कसैलाई हुन्न । ट्राफिक नियन्त्रणमा ल्याइएकाहरु कतिपय पटके रुपमा पनि संलग्न रहेको कास्की ट्राफिक प्रमुख ई. प्रकाश शाहले बताए । पटके आएकाहरुलाई यातायातमा थप कारवाहीको लागि पठाइने ईन्स्पेक्टर शाहले बताएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले प्रयोजन विपरित संचालित राइड शेयरिङमा सञ्चालित सवारी साधनको दर्ता खारेज हुने गरी कारवाही गर्न आवश्यक कानून वनाइने बताएका छन् ।
अवैध धन्दा गर्ने कार्यमा संलग्नलाई जोगाउन राजनीतिक दलका नेताहरु नै संलग्न रहेको खुल्न आएको छ । दलका नेता कार्यकर्ताहरुले विधिको पक्षमा वकालत गर्नु पर्छ । गैह्रकानूनी काम गर्ने तत्वहरुलाई जोगाउन तर्फ लाग्ने हो भने त्यो कार्य आफैलाई घातक वनेर आफैलाई घाँडो बन्ने निश्चित छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: