बजार अनुगमनले दियो क्लिन चिट, लेवल नभएको कुहिएको चामल कम्पनी मै फिर्ता

सराङकोट न्यूज
21 September, 2022 8:54 am
Advertisements
Advertisements

पोखरा

विरगञ्जमा रहेको मनोज खाद्य उद्योगले उत्पादन गरी पोखरा पठाएको चामलको वोरामा कुनै लेवल प्रकृया पुरा थिएन । वोरामा प्याक गरिएको चामल सडे गलेको थियो । कुहिएको चामल हालेर विक्रीका लागि पोखरा पठाइएको चामल २०७९ असार २९ गते पोखरा १ वगरको वास्तोला टेडर्समा भित्रिएको थियो ।
२५ केजीको १०० वोरा र ३० केजीको १०० वोरा गरी दुई सय वोरा चामल ल्याइएको थियो । वाटुलेचौरको किनारा पसलमा विक्रिका लागि पठाइएको चामल ग्राहकलाई दिन वोरा खोलि हेर्दा सडेको चामल रहेको पाइयो । पसले र उपभोक्ता दुवैले हामीलाई खबर गरे । स्थलगत पुगि हेर्दा दुवै वोराका चामल मक्किएको थियो । वोरामा लेवल थिएन । लेवल नहुँदा उत्पादक, मूल्य, कम्पनी दर्ता नम्वर, खाद्य अनुज्ञा नम्वर केहि थिएन।
खाद्य पदार्थमा त्यस्तो चरम लापरवाही भेटिएपछि हामीले अनुगमनका लागि प्रशासन र उपभोक्ता अधिकारकर्मीलाई खवर गरियो समाचार पनि प्रकाशन भयो । समाचार आएको दुई दिन पछिमात्र उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण प्रसाद आचार्यको नेतृत्वमा, जिल्ला प्रशासनका नासु शिव गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बराल, उपभोक्ता मञ्चका कपिलनाथ कोइराला, सहितको टोलीले २०७९ भाद्र ८ गते अनुगमन ग¥यो । अनुगमनले कुहिएको चामल जाँच्ने र लेवल नभएकालाई नस्ट कारवाही गर्ने कार्य समेत नगरी उक्त चामल फिर्ता गर्ने अवसर प्रदान गरेको थियो ।
२ सय बोरा मध्य ३६ वोरा विक्री भइसकेको र वााकी रहेको १६४ वोरा चामल भाद्र २९ गते फिर्ता पठाएको छ । ग १ क ५७६७ नम्वरको ट्रकमा उक्त चामल लोड गरेको वास्तोला ट्रेडर्सले चामल कहाँ पठायो त्यो भने हामीलाई जानकारी भएन तर वास्तोला ट्रेडर्सका संचालक कृष्ण वास्तोलाले चामल मनोज खाद्य उद्योगमा फिर्ता पठाइने वताएका थिए ।
यो कस्तो वजार अनुगमन होला कैफियत गर्नेलाई उन्मुक्ति । सडेको, लेवल नभएको चामल फिर्ता । वहा क्या सजिलो कानून जे गरेपनि छुटै छुट । यस्तो अनुगमन हुनु भन्दा सरकारी स्रोत सामग्री खर्च नगर्नु नै वेश होला । अवको बजार अनुगमन कति प्रभावकारी होला ? प्रजिअ सरुवा भइ नयाँ प्रजिअ टेक बहादुर केसी आएाक छन् । नारायण आचार्यको अवकास भइसकेको छ । नयाँ हाकिमले के गर्लान् हेर्न वाँकी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: