कलाकारदेखि नेतासम्मको जक्सन कम्प्लिट गार्डेन

सराङकोट न्यूज
17 October, 2022 5:57 pm

पोखरा

झण्डै २ वर्ष देखि भेट नभएका नेपाल प्रहरीका एसपि होविन्द्र वोगटीसँग पोखरा न्यूरोडको कम्प्लिट गार्डेन भित्र जम्का भेट भयो। त्यतिखेर उनि स्याङ्जा प्रहरी प्रमुखको जिम्मेवारीमा रहेछन्। आफन्तको विवाहमा जान सुट सिलाउन आएको उनले वताए । यस्तै केहि वर्ष अघि राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीसँग पनि सुट नाप्दै गर्दा कम्प्लिट गार्डेन भित्रै जम्का भेट भयो। सदावहार सुटका पराखी नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाललाई सुटको कपडा रोज्दै गर्दा त्यहि फेला परे ।
मादी–१ नम्वर वडाका अध्यक्ष देविजंग गुरुङलाई एक वर्ष पछि त्यहि भेटिए । त्यति मात्र हैन पोखरै वसेर पनि वर्षौ नभेट्ने साथीहरु इष्टमित्रहरु टुप्लुप्क भेटिने जक्सन नै रहेछ कम्प्लिट गार्डेन । साथीहरुसँग मेलमिलाप गराईदिएकोमा हामीले कम्प्लिट गार्डेनका संचालक पोषराज पौडेललाई धन्यवाद दियौं ।
पोखरा–१९, घार्मीका पोषराज पौडेलले डेढ दशक अघि न्युरोडमा खोलेको सामान्य टेलरिङ पसल आज देश भरकै निम्न, मध्यम देखि उच्च वर्ग सम्मका सुट देखि मयलपोस, लवेदा सुरुवाल सम्मका पारखीहरुको केन्द्र बन्न पुगेको छ । विवाह, व्रतवन्ध देखि नेता र उच्च सरकारी कर्मचारीहरु समेत कम्प्लिट गार्डेनका नियमित ग्राहक वनेको संचालक पोषराज पौडेल बताउँछन् । विवाहको सिजनमा भ्याइ नभ्याईको अवस्था वेहार्नमा दंग छन् ।

Advertisements


पोखरेली त उनका फ्यान भइहाले, राजधानी शहर काठमाडौंका स्थानीय वासी राष्ट्रिय तहका नेता र कलाकारहरु समेत कम्प्लिट गार्डेनका ग्राहक नै वनिसकेको संचालक पौडेल बताउँछन् । नेपाली कांग्रेसका युवा नेता, गगन थापा, काठमाडौंकै अर्का नेता प्रकाशमान सिंह, नेकपा एसका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका नेता भरतपुर महानगरपािलकाका मेयर रेणु दहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य लगायत दर्जनौं राजनीतिक नेताहरु आफ्नो टेलरिङमै आएर रोजी रोजी सुट, दौरा सुरुवाल, कुर्था सुरुवाल सिलाउने गरेका छन् । नेता, उच्च सरकारी कर्मचारी मात्र नभएर नेपालको चर्चित कलाकार श्रृंखला खतिवडा, प्रदिप खड्का, सन्दिप क्षेत्री, गायक कर्ण दाश लगायतका कलाकारहरुको लागि पनि कम्प्लिट गार्डेन छनोटमा पर्दै आएको रहेछ ।
शिक्षकको जागिर छोडेर सुट पेन्ट, दौरा सुरुवाल को व्यवसायमा छिरेका पोषराज पौडेल सन्तुष्ट देखिन्छन् । विदेश नै गएपनि दुःख गर्ने हो त्यहि दुःख यहाँ गरेपछि वाच्न सफल भएको बताउने पोषराज डेढ दशक अघि पोखरालाई सुट पाइन्टको गुणस्तर डिजाइन र नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल कोटलाई प्रवद्र्धन गर्ने सोच वोकेर कम्प्लिट गार्डेन खोलेको अनुभव सुनाउँछन् । व्यवसाय ले १०–१२ जनालाई प्रत्यक्ष रोजगारी दिनुका साथै देशभर परिचित बन्ने आधार यहि व्यवसाय वनेकोले यसको थप विस्तारमा लाग्ने सोच रहेको पौडेल बताउँछन् ।
कम्प्लिट गार्डेनमा देशभरका ग्राहकहरु नेतादेखि मन्त्री सम्म, वडा अध्यक्ष देखि मेयर सम्म कलाकार देखि पत्रकार सम्म किन आउँछन् ? के छ त्यस्तो राज ? हाम्रो जिज्ञाशा भुइमा खस्न नपाउँदै पौडेलले भने ग्राहकले भनेको समयमा गुणस्तरीय सेवा हाम्रो प्रतिवद्धता ।

घुम्न पोखरा आएका पर्यटकहरु हुन या हत्तारमा विवाह व्रतवन्ध आटेका हरुका लागि अर्डर गरेको १२ घण्टामा माग वमोजिमको समान डेलिभरी दिनु कम्प्लिट गार्डेनको अर्को विशेषता रहेछ । समय अनुसारको उपकरण, दक्ष र अनुभवी कालिगढ भएपछि समयमा गुणस्तरीय सेवा प्रदान गर्नु कुनै सम्झौता गरिदैन पौडेल निस्फिक्रि हुँदै भन्छन् हतारिएको काम फुकाउन पाउनु, ग्राहकले रोजेको सेवा दिन पाउनु नै हाम्रो सफलताको राज हो ।
यति खुसी युवा उद्यमीलाई कोभिडको तीन वर्ष र बजारमा आएको आर्थिक मन्दिले नराम्रोसँग असर पारेको बताउँछन् । कोभिड महामारीले झण्डै ३ वर्ष डाम्यो । विहेवारी, ब्रतबन्ध जस्ता पार्टी उत्सव ठप्प भए सामाजिक गतिविधि शून्य प्राय रहे । वितेका ३ वर्षलाई धान्न धौ धौ परेपनि अवका दिनमा आशावादी देखिन्छन् तर बजारमा व्याप्त आर्थिक चकमन्नताको शिकार पो बन्न पर्ने हो कि भन्ने चिन्ताले गांजेको छ । वैदेशिक रोजगारलाई वेवास्ता गरी आफ्नै देशमा दाजुभाई मिलेर पसिना बगाउन कस्सिएका पोष राजका दुई भाई गोपी पौडेल र शिव पौडेलले कम्प्लिट गार्डेन भित्रै आफ्नो जीवन देखेको बताउँछन् । जीवनको युवा वयलाई खर्चदा आउने उतारचढाव लाई सामान्य रुपमा लिएको तीन भाइकै एउटै आवाज रहेको छ ।
कर्मचारी देखि मन्त्री सम्म कलाकारदेखि पत्रकारसम्मका ग्राहकहरुलाई सेवा गर्न पाउँदा नाफा घाटालाई पाखा लगाएर आत्मासन्तृष्टिलाई काखी च्याप्दै अघि बढेका पौडेल दाजु भाइले कम्प्लिट गार्डेनलाई जिजिविषाको मन्दिर बनाएका छन् । त्यहि मन्दिर हामी लगायत कतिपयका लागि साथी संगी भेटिने गन्तव्य स्थल बन्न पुगेको छ ।
पर्यटकीय नगरी पोखराको न्यूरोडमा रहेको कम्प्लिट गार्डेन सवैको मन खुसी पार्ने गन्तव्य स्थल बन्न पुगेको छ । ग्राहकलाई चिटिक्क पारेर सन्तुष्टि बनाउन सक्ने सृजनशिल उद्यमी कर्मशील हातहरुलाई हाम्रो शुभकामना रुपि साथ छ । वर्षौदेखि हराएका मित्रहरुलाई जुटाइ दिने गन्तव्य स्थल कम्प्लिट गार्डेनलाई साधुवाद छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: