समाजसेवी नै मिच्छन् मौजुदा कानून, लायन थापाले थपेको भवनले मापदण्ड अतिक्रमणमा जोड बल

सराङकोट न्यूज
19 October, 2022 8:37 am
Advertisements

पोखरा

नेपालका ६ वटा महानगरपालिका मध्य पोखरा भुगोलका रुपले ठूलो महानगरपालिका हो । ठूलै भएर होला महानगरपालिकाले कानून बमोजिम ततर्ने सकेको देखिदैन । तत्कालिन नगर विकास समितिका अध्यक्ष विष्णु वास्तोलाले एउटै सडकको दायाँ बायाँ दुई थरी मापदण्ड तोकेका मात्र हैन न्यूरोडमा आफ्नै घर मापदण्ड मिचेर बनाए । कानूनलाई उनले चुनौती दिए तर कानून कार्यान्वयन गर्ने नियामक निकाय महानगर प्रशासनले केहि गर्न सकेन । काठमाडौंका मेयर वालेन शाहले डोजर लगाएर नक्सा पास नभई बनेका मापदण्ड मिचेर बनाएका जुनसुकै शक्तिकेन्द्रका अगाडि वालेन पछि हटेका छैनन् । कानून विपरित निर्मित संरचना सवैलाई भत्काएरै छोड्ने अठोट लिएर युद्धस्तरमा काम गरी रहेका छन् ।
उता काठमाडौंमा अवैध संरचना हटाइरहंदा पोखरामा भने अवैध संरचना थपिएका थपियै छन् । निम्छरा मान्छेहरुको भवन निर्माण कार्य रोकिएपनि पावरफूल र समाजसेवी भनिने व्यक्तिहरुले गरेको मापदण्ड विपरितको निर्माण कार्य चलिरहेको छ । महानगर प्रशासन अवैध संरचनालाई वैधता दिन अभिलेखिकरणको नाम दिएर वेथितिलाई प्रश्रय दिन उद्दत देखिएको छ । अभिलेखिकरण यस अघिका मेयर मान बहादुर जिसी प्रशासनले पहिलो र एक पटकलाई अभिलेखिकरण गर्न मौका दिने बताएको थियो । मेयर फेरिए । धनराज आचार्यले फेरि अभिलेखि कारणको आव्हान गराएका छन् । यो निर्णयले नियमन गर्न खोजिएको हो कि राजस्य संकलन ? गंभिर प्रश्न उठेको छ । पटक पटक अभिलेखिकरणको मौका दिने विषयलाई ठूला वडाहरुले कमजोरीको रुपमा लिएर मापदण्ड विपरित संरचना निर्माण गरिरहेको पाइएको छ ।

घरको लाइन मिलाउन मापदण्ड मिचियो

पोखरा महानगरपालिका वडा नं. ८ नयाँ बजार मुलसडकमा धुर्व थापाले आफ्नो पुरानो घरलाई प्रवलिकरण (रेट्रोफिट) गरे । पुरानो घर प्रवलिकरण गर्ने क्रममा दक्षिण तर्फको बाँकी जग्गामा फलामको विम राखेर नयाँ घरको संरचना थप गरेका छन् । पुरानो घरको लाइन मिलाउने गरी थापाले थपेको नयाँ घर निर्माणको नक्सा पास समेत नगरी बनाइएको महानगर स्रोतले वताएको छ । नक्सा पास गरी बनाउँदा मापदण्डको अलावा ५ फिट सेड व्याक छोड्नु पर्ने भवन संहिताको नियम रहेको छ । जवकी नक्सा पास गरी बनाउँदा थपेको घर साँढे ६ फिट सम्म पर पुग्न सक्ने भएपछि रेट्रोफिट (प्रवलिकरण) गर्ने क्रममा थापाले कानून विपरित भवन निर्माण गरेको बुझिएछ ।
धुर्व थापा सामाजिक व्यक्तिको रुपमा गनिन्छन् । उनि अन्तर्राष्ट्रिय तहको सामाजिक संस्था लायन्स क्लव इन्टरनेश्नल डिस्ट्रिक ३२५ वी १ का डिस्ट्रिक गर्भनर भइसकेका व्यक्ति हुन् । नेपाल अटोमोवाइल डिलर एसोसिएसन नाडाका वर्तमान केन्द्रीय अध्यक्ष समेत हुन् । वर्तमान सत्ता गठवन्धन दलका आस्थावान व्यक्तिको रुपमा चिनिन्छन् । उनले पुरानो घरको लाइन मिलाउन नक्सा स्वीकृत नगराइ बनाएको घर वर्तमान कानून संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु थापाको दक्षिण तर्फ जोडिएको छ धुर्व थापा विन्दु थापाका सहोदर भाई समेत हुन् ।
महानगर प्रशासनलाई चुनौती दिनेगरी वनेको घर धु्रव थापाको मात्र होइन संयौ वनेका छन् वनिरहेका छन् तर अरु सामान्य नागरिकहरुले गर्ने कार्य र अग्रज सामाजिक व्यक्तित्वले गर्ने कार्य एउटै र उस्तै हुनुलाई राम्रो मान्न सकिन्न । रोल मोडेल बनेर समाजलाई कानूनी वाटोमा डो¥याउनुपर्ने पात्र नै गैह्रकानूनी बाटोमा हिडेर नेतृत्व दिन्छन् भने सर्वसाधारण जनताले त्यसलाई उदाहरण बनाएर अटेर गर्न सक्छन् त्यसतर्फ अधिकार सम्पन्न महानगरको भूमिका के हुने ? यस बारेमा महानगरका उपमेयर मञ्जु देवि गुरुङ सँग प्रतिकृया लिदां छानविन गरिने र गलत गरेको पाइएमा कानून वमोजिम कारवाही हुने बताइन् तर कारवाही के हुने भन्ने वारेमा भने वुझेर बताउने वताइकिछिन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: