नेपालका सरकारी विद्यालयको यथार्थ चित्रमा गण्डकी प्रदेश र कास्कीको के छ अवस्था ?

यदुनाथ बन्जारा
22 October, 2022 11:52 pm
Advertisements

पोखरा

नेपालको बजेट मध्य ठूलो हिस्सा शिक्षा क्षेत्रमा लगानी गरेको छ । कुल बजेटको ११ प्रतिशत भन्दा बढी खर्च शिक्षा क्षेत्रमा हुँदै आएको छ । सरकारले सामुदायिक विद्यालय शिक्षामा गरेको लगानीको अपेक्षाकृत प्रतिफल पाउन सकेको छैन भन्ने कुरा तथ्यांकले पुष्टि गरेको छ । सरकारले शिक्षा क्षेत्रमा नीतिगत सुधार ल्याउन नसक्नु लज्जाको विषय बनेको छ। सरकारी लगानीका अधिकांस विद्यालयहरु जागिर खाने अखडाको रुपमा लिइने गरिएको छ ।शिक्षक, तालिम, कक्षा कोठा, सवै भएर पनि सामुदायिक विद्यालयहरुको शैक्षिक नतिजामा अपेक्षाकृत सुधार हुन सकेको पाइदैन । सरकारी विद्यालयका शिक्षक कर्मचारीहरु स्वयम् सरकारी विद्यालयप्रति पूर्ण विश्वस्त हुन नसकेको अवस्था छ। आफूले सरकारी विद्यालयमा जागिर खाइरहेका शिक्षकहरु आफ्नो छोराछोरीहरुलाई निजि वोर्डिङ स्कुलमा महंगो शुल्क तिरेर पढाउन लालयित देखिन्छन् तर आफूले पढाउने स्कूललाई सुधार्न तर्फ खासै ध्यान दिएको पाइदैन । राष्ट्रियस्तरमा लिइने परीक्षाको नतिजाले स्पष्ट यसलाई चित्रण गर्दछ । उपलब्धिको आधार मापन नै नतिजा हो ।
सरकारी लगानीमा चलेका नेपालका ६८८५ वटा माध्यमिक तहका विद्यालयहरु मध्य ३ वर्ष लगाएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ५०९८ वटा विद्यालयको कार्यसम्पादन परीक्षण कार्य गरेको छ । परीक्षण गरिएका मध्य ४८६७ वटा विद्यालयको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका नतिजा मध्य पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.वि. ९४.५९ प्रतिशत अंक ल्याई सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ । वि.सं. २०७५ सालको एसईई परीक्षामा गण्डकी प्रदेशमा तेस्रो र कास्की जिल्लामा दोस्रो स्थान हासिल गर्न सफल भएको विन्ध्यवासिनी मा.वि. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तीन वर्ष लगाएर गरेको सर्वेक्षणमा देशकै प्रथम वन्न सफल भएको हो । परीक्षणमा विभिन्न ६९ सूचकहरु तय गरिएको थियो ।

विन्ध्यवासिनी मा.वि.
विन्ध्यवासिनी मा.वि.

परीक्षण केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाको नेतृत्वमा विभिन्न विषयमा विज्ञ व्यक्तिहरु सम्मिलित कार्यदलले तयार पारेको “विद्यालयहरुको कार्यसम्पादन परीक्षण” को ३७० पेज लामो प्रतिवेदन संश्लेषण २०७९ प्रकाशन गरी सार्वजनिक गरेको छ । प्रतिवेदनले सामुदायिक विद्यालयहरुको यथार्थ चित्र प्रक्षेपण गरेको छ ।
देशभरका विद्यालयहरुको नतिजामा गण्डकी प्रदेश कुन स्थानमा छ ? त्यसमा पनि कास्की जिल्लाका विद्यालयहरु जिल्ला भित्र कुन अवस्थामा छन् भन्ने वारेमा यस विशेष रिपोर्टमा खोतल्ने प्रयास गरेका छौं । गण्डकी प्रदेशकाका १ सय विद्यालय भित्र कुन कुन परेका छन् र कास्कीका ११३ वटा सामुदायिक मा.वि.हरुको जिल्लाको वरियता र देशभरको अवस्थालाई चित्रण गरिएको छ । कास्कीका ११३ सामुदायिक मा.वि.हरुमा कास्कीका दोस्रोमा शितलादेवी मा.वि., तेस्रोमा इन्द्रराज्य मा.वि. लामाचौर, चौथोमा महेन्द्र मा.वि. भलाम परेको छ भने अन्तिममा पृथ्वीरुपा लेखनाथ ४४.२५% ल्याएर ११३ नम्वरमा परेको छ ।

 

 

 

 

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: