मध्यपहाडी लोकमागको टेण्डर रोक्न पीडितको माग

यदुनाथ बन्जारा
11 November, 2022 6:16 pm
Advertisements

पोखरा

पुष्पलाल मध्यपहाडी लोकमार्गको निकास पोखरा–१६ महेन्द्रगुफा हुँदै पानी टंकी तर्फ प्रवेश गर्ने गरी सरकारले टेण्डर गरेपछि स्थानिय पीडित संघर्ष समितिले टेण्डर प्रकृया रोकिदिन विभिन्न निकायसँग हार गुहार गरेका छन् । राष्ट्रिय गौरवको आयोजनामा रहेको पुष्पलाल मध्य पहाडी लोकमार्ग निर्माण कार्य अगाडि बढाउन २०७९ भाद्र १४ गर्ने सरकारले टेण्डर निकालेको थियो ।
सरकारले टेण्डर निकालेपछि मात्र बल्ल आफ्नो घर जग्गा बाटोमा पर्न गई भूमिहिन बन्न पुग्ने अवस्था बारे जानकारी पाएको पीडित संघर्ष समितिका अध्यक्ष गोविन्द बहादुर बस्नेतले बताए । वडा कार्यालयले सूचना प्रकाशन गरेको दावी गरे पनि पीडित घर जग्गा धनीहरुले जानकारी नभएको बताए । वडाले स्थानिय सरोकारवालाहरुलाई भेला समेत नगराई वस्तीको वीचबाट लोकमार्ग लैजाने गरी कार्य अगाडि बढाउन भित्तामा टाँस गरेर जनतालाई झुक्याएको भन्दै पीडितहरुले आक्रोस व्यक्त गरेका छन् । संघर्ष समितिका अध्यक्ष बस्नेतका अनुसार पोखरा साविक १६ को गलैंचा कारखाना देखि जौ बारी पुलसम्म करिव ३ सय घर तथा जग्गा धनीहरु प्रत्यक्ष मारमा पर्न जाने छन् । त्यस्तै कमजोर भु–गोल भएको महेन्द्र गुफा, चमेरी गुफा माथिबाट लोकमार्ग बन्ने हो भने गुफा भासिन सक्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन् । पोखरा वडा नं. १६ अन्तरगत कार्य अनुभव लिएका ई. आशिष मल्ल भन्छन् “पोखराको भूगोल यसै पनि कमजोर छ, १६ नम्वर वडा भुवान प्रभावित क्षेत्र त्यसमा पनि गुफा भएकोले अन्य भुभागको तुलनामा कमजोर हुन सक्छ ।”
पोखरा–१६ का तत्कालिन वडा अध्यक्ष जीवन प्रसाद आचार्यसँग स्थानिय भेला नगरिकन लोकमार्ग योजना अगाडि बढाउन सिफारिस दिएको स्थानीयको गुनासोबारे प्रतिकृया लिंदा उनले भेला आयोजना सम्बन्धि कार्य आयोजनाबाट भयो भन्ने लागेर सूचना प्रकाशन गरेर सिफारिस पत्र दिएको बताए । पोखरा–१६ मा राष्ट्रिय गौरवको योजनाले हुनु गर्वको विषय हो तर क्षतिको आधारमा राज्यले राहत दिएर भए पनि यस्ता योजना रद्द गर्न नहुने उनले बताए ।
कालिखोला भित्तेबजार हुँदै महेन्द्रगुफा मैदान हुँदै पानी टंकीबाट पनि सडक लाने विकल्प खोजेर भए पनि योजना रोक्न नहुने पूर्व वडाअध्यक्ष आचार्यले बताए ।
स्थानिय पीडित नागरिक, संघ संस्था समेतको घर जग्गा, चमेरी गुफा महेन्द्र गुफा जस्ता राष्ट्रिय सम्पदाहरुमा दुरगामी असर पर्ने तर्फ विचार गरी २०७९/०७/१६ गते वडाका सर्वदलीय वैठकबाट कालिखोला महेन्द्रगुफा हुँदै याम्दी सम्मको रेखांकन परिवर्तन गरी वैकल्पिक मार्गको खोजी गर्न अनुरोध गर्दै पोखरा वडा नम्वर १६ ले पुष्पलाल मध्यपहाडी राजमार्ग (लोक मार्ग) आयोजना कार्यालय कुश्मा लाई पत्राचार गरेको छ ।
संघर्ष समितिले वातावरणीय प्रभाव मूल्यांकन (EIA) समेत नगरी टेण्डर आव्हान भएको भन्दै टेण्डर प्रकृया रोकिदिन गरेको मागका सम्बन्धमा राजनीतिक दल, सरकार र स्थानिय सरोकारवाला वसेर धनि भूत र छलफल गरी सर्वजनहिताय निर्णयको पहल गर्न जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: