मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण, केहि घाइते

सराङकोट न्यूज
12 November, 2022 1:12 pm
Advertisements
Advertisements
आक्रमण स्थल
आक्रमण स्थल

चुनाव प्रचार प्रसारका लागि घरदैलोमा खटिएका प्रतिनिधि सभाका लागि नेपाली कांग्रेस मनाङका उम्मेद्वार टेकबहादुर गुरुङ माथि आक्रमण भएको छ । कार्तिक २५ गते शुक्रबार नार्पाभूमी गाउँपालिकाको नार गाउँमा घरदैलो कार्यक्रम सकेर नार गेस्ट हाउसमा बास वसिरहेका उम्मेद्वार गुरुङ माथि शुक्रबार मध्यरातमा होटल कम्पाउण्ड भित्रै पसि ढुंगा मुढा व

नेपाली कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ
नेपाली कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ

र्साउँदै आक्रमण भएको मनाङका नेपाली कांग्रेस सचिव सुरेन्द्र गुरुङले बताएका छन् ।
आक्रमणमा नार्पाभूमि गाउँपालिका उपाध्यक्ष मिङमार फुञ्जु लामा सहित १८–२० जना ढुंगा र लठ्ठी लिएर आएका व्यक्तिहरुले होटल कम्पाउण्ड भित्र प्रवेश गरी नेपाली कांग्रेसका उम्मेद्वार टेक बहादुुर गुरुङ बसेको कोठालाई लक्षित गरी ढुंगा, मुढा वर्साएको र वडा नं. १ का अध्यक्ष समेत रहेका होटल सञ्चालक फुर्पा ठेले लामा सम्झाउन जाँदा ढुंगा लागि लामा सख्त घाइते भएका छन् । उनको टाउकोमा २२ टाँका लगाइएको र थप उपचारको लागि हेलिकप्टर मार्फत् काठमाडौं लाने तयारी भईरहेको खबर प्राप्त भएको छ । उनीसहित ३ जना घाइते भएका र उनिहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

मनाङमा नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ र नेकाका टेक बहादुर गुरुङ वीच प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा हुने बताइएको छ । अघिल्लो चुनावमा एमालेले जितेको उक्त क्षेत्रमा यस पटक मतदानको पूर्व सन्ध्यामा छापामार सैलीमा कांग्रेस उम्मेद्वार माथि मध्यरातमा भएको आक्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए अनुसार आक्रमणको नेतृत्व गरेका मिङमा फुञ्जु गुरुङ एमालेबाट नार्पाभूमी गाउँपालिकाका उपाध्यक्ष निर्वाचित भएका थिए ।
उम्मेद्वार माथि भएको आक्रमणमा संलग्न दोषी उपर कारवाही गर्न स्थानिय प्रशासन र निर्वाचन आयोग समक्ष २६ गते शनिबार नै जाहेरी दिने तयारी भइरहेकोको गुरुङका प्रेश सहयोगी विकास बजगाइले बताएका छन् । हामी आक्रमणको प्रतिकार होइन कानूनी उपचार खोज्छौं बजगाइले भने ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: