पोखरा
नेपालमा संघियता कार्यान्वयन पछिको दोस्रो प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन संघारमा छ। २०७४ को निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले आफ्नो ५ वर्षे अवधि पुरा गरेका छन् । संघियता पछिको पहिलो कार्यकाल कति उपलब्धिपूर्ण बन्यो कति बनेन् त्यसको समिक्षा भइरहेको छ ।
निर्वाचित जन प्रतिनिधिहरुले देश र जनताको हितमा के काम गरे, कस्तो विकास गरे भन्ने खोज्नु भन्दा कानून कति प्रभावकारी बनाए भन्ने खोजी हुनु पर्ने थियो तर अधिकांस सांसद र मन्त्रीहरुले मैले यो पुल बनाए, यो बाटो खनाए, यति बटा बाख्रा बाडे भन्ने जस्ता विकासका पुलिन्दाहरु खोलेर चुनावमा होमिएको देखिन्छ ।
संसदले कानून बनाउनु मुख्य कार्य हुन्छ । देश र जनता केन्द्रीत कानूनले मात्र समग्र जनता र देशको हित हुन्छ । भ्रष्टाचार निवारण गरेर सुशासन प्रवाह गर्नका लागि पहिलो कदम भनेको कानून हो । दलहरुले नेता प्रभावी कानून बनाउने गरेका कारण देशले विकास पाउन सकेको छैन । भएका ऐन कानूनहरु पनि कमजोर बनाइएका कारण दण्डहिनता मौलाएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ भ्रष्टाचार ऐन २०५९ जस्तो प्रभावकारी बनाउनु पर्ने कानूनलाई कमजोर पार्ने खेल भयो । यसको तात्पर्य नेता कमजोर कानूनको फाइदा लिएर आफू जोगिएको महसुस गरेका छन् । अनुचित कार्यमा ढाडस मिलेको छ । जव सम्म कडा कानूनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा आउँदैन तव सम्म नेपालले सुसशान र विकासमा छलाङ मार्न नसक्नेमा समाजशास्त्रीहरु बताउँछन् ।
गण्डकी प्रदेशको यस्तो छ अवस्था
गण्डकी प्रदेशका ११ जिल्ला छन् जसमा १८ जना जनप्रतिनिधि सभाको लागि निर्वाचन हुँदैछ । १८ निर्वाचन क्षेत्रबाट प्रदेश सभा तर्फ ३६ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने २४ समानुपातिक समेत गरी ६० सदस्यीय प्रदेश सभा गठन हुनेछ । २०७४ को चुनावमा नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा ठूलो दलको मान्यता पाएको थियो । वाम गठवन्धनका कारण एमाले ठूलो दल बन्न पुगेको थियो। वाम एकता कै कारण पाएको दुई तिहाइ निकटको बहुमत ३ वर्ष भन्दा टिक्न सकेन । वाम गठवन्धनको विग्रह पछि लोकतान्त्रिक गठवन्धनको संघ देखि प्रदेश सम्मका सवै सरकार परिवर्तन गराई आफ्नो वर्चस्व स्थापित गर्न पुग्यो। लोकतान्त्रिक गठवन्धन सरकारले गत वैशाखमा स्थानिय चुनाव सफलतापूर्वक सम्पन्न गराएको छ । निर्वाचन परिणाम पल्टिएको पासा जस्तै बन्न पुग्यो । ठूलो दल नेपाली कांग्रेस बन्न पुग्दा एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ ।
कसको अवस्था के ?
गोरखामा एमालेका रामशरण बस्नेत र नेपाली कांग्रेस वीच प्रतिस्पर्धा हुने देखिन्छ । ६० वर्षिय रामशरण बस्नेत यस अघि प्रदेश सभामा विजयी भई आकर्षक मन्त्रालयका मन्त्री बनेका थिए । रोड नै नभएको भिर मुनिको खोलामा पुल हालेको भन्दै विवादमा आएका थिए भने ४९ वर्षिय राजेन्द्र वजगाई उनको मुख्य प्रतिस्पर्धी रहेका छन् । चर्चामा रहेको गोरखा २ मा माओवादीका अध्यक्ष प्रचण्ड र एमालेबाट अव्दुस सलाम मियाँ उम्मेद्वार वनेका छन् । १० पालिका रहेको गोरखामा ९ मा माओवादी र एकमा नेपाली कांग्रेसले जितेको थियो । विवकेसिलबाट डेरा सरी एमालेमा आएका अव्दुस मियाँ वीच भारी मतान्तर हुने विश्लेषण गरिएको छ । उमेरका हिसावले मियाँ २९ वर्षका छन् भने प्रचण्ड ६६ वर्षका हुन् ।
मनाङमा एमालेका पाल्टेन छोपाङ र नेकाका टेक बहादुर गुरुङ वीच मुख्य प्रतिस्पर्धा हुनेछ । कार्तिक २५ गते राती सुतेको ठाउँमा आक्रमण भएपछि पाल्तेन छोपाङ भन्दा टेक बहादुरको पल्ला भारी भएको छ । मनाङमा राप्रपाका मुख्या गुरुङ समेत जम्मा ३ जनाको उम्मेद्वारी परेको छ । मनाङबाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेद्वार राजिव गुरुङ (दिपक मना·े) निर्विरोध निर्वाचित भईसकेका छन् ।
वहुचर्चित निर्वाचन क्षेत्रको रुपमा लमजुङलाई लिइएको छ । केन्द्रीय तहका दुई ठूला नेताहरु वीच तिव्र प्रतिस्पर्धा लमजुङमा हुनेछ । केन्द्रीय तहका दुई ठूला नेताहरु वीच तिव्र प्रतिस्पर्धा लमजुङमा हुनेछ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ र माओवादी केन्द्रका महासचिव देव गुरुङ बीच त्यहाँ प्रतिस्पर्धा हुदैछ । गठबन्धनको साथ देव गुरुङलाई प्राप्त छ भने एमालेका पृथ्वी सुव्वा गुरुङलाई पूर्व मुख्यमन्त्रीको व्याजमा चुनाव लड्दै छन् । प्रदेशमा लड्ने इच्छा हुँदा हुँदै पार्टीले खगराजलाई प्रदेशमा झारेर मुख्यमन्त्रीको दावेदारी सुम्पिएर पिएसलाई केन्द्र तानेको छ । यि दुई प्रतिस्पर्धाको मिलेको उमेर हो उनिहरु दुवै ६४ वर्षका हुन् ।
कास्कीको प्रतिनिधि सभा चुनावमा खासै आकर्षण देखिदैन । १ नम्वर क्षेत्रमा एमाले र कांग्रेसका जिल्ला अध्यक्ष लडेका छन् । कांग्रेसका ५७ वर्षिय किशोर दत्त बराल र एमालेका ५६ वर्षिय मन बहादुर गुरुङ वीच झिनो मतान्तरले जित हारेका सम्भावना छ ।
कास्की २ मा निवर्तमान संसद विद्या भट्टराई र गठबन्धनका तर्फबाट श्रीनाथ बराल वीच मुख्य प्रतिस्पर्धा हुनेछ । महादेव गुरुङ (स्वतन्त्र) ले नेकाको मत तान्ने बताइएको छ भने अर्का स्वतन्त्र उम्मेद्वार ऋगेन्द्र नेपाली गिरिले एमालेको मत तान्ने विश्लेषण गरिएको छ । यो क्षेत्रमा १७ जना उम्मेद्वार मैदानमा छन् । कास्की ३ नम्वर क्षेत्रमा एमालेका ५६ वर्षका दामोदर वैरागी र गठबन्धनका तर्फबाट माओवादीका ५६ वर्षकै रामजी बराल मुख्य प्रतिस्पर्धी बनेका छन् । यस क्षेत्रमा स्वतन्त्र उम्मेद्वार दुर्गा कोइराला, अनिता भूत्र्याल र निस्ठावान कहलिएका पूर्व कर्मचारी कमल जंग कुँवर सहित १४ जनाले उम्मेद्वारी दिएका छन् । भूत्र्याल, कोइराला र कुँवरले काट्ने भोटका कारण नतिजा तरल अवस्थामा छ ।
तनहुँ पनि चर्चामा छ । प्रधानमन्त्रीको चुनावमा १७ पटक हारेका नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेल अग्नि परीक्षामा उभिएका छन् । ७८ वर्षिय पौडेलको प्रतिस्पर्धा एमालेका ६३ वर्षिय एक बहादुर राना मगर सँग छ । गत चुनावमा वागी शक्ति गोविन्दराज जोशीका कारण एमालेका किसान श्रेष्ठसँग हारेका पौडेललाई यस पटक पनि गोविन्दराज जोशी तगारो जस्तै वनेर उम्मेद्वार वनेका छन् । रामचन्द्रलाई एमाले उम्मेद्वार रानाको भन्दा जोशीको चिन्ता बढी छ । उक्त क्षेत्रमा १५ जनाको उम्मेद्वारी छ ।
तनहुँ २ मा पनि रोचक प्रतिस्पर्धा हुनेछ । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री एमालेका नेता ६१ वर्षिय किरण गुरुङ र युवा समुदाय वीच लोकप्रिय कांग्रेसका नेता ५४ वर्षिय शंकर भण्डारी वीचको चुनाव रोमाञ्चक बन्ने छ । विपिका पुस्पराज पराजुली सहित उक्त क्षेत्रमा १० जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।
स्याङ्जा १ र २ दुवै क्षेत्रमा पनि रोचक प्रतिस्पर्धा छ । आलो पालो वाजी मार्दै आएका नेकाका ४३ वर्षिय राजु थापा र ५४ वर्षिय एमालेका उम्मेद्वार नारायण मरासिनी वीच उस्तै टक्कर छ ।
स्याङ्जा २ नम्वर क्षेत्रमा एमाले सचिव तथा पूर्व मन्त्री पद्या अर्याल र नेपाली कांग्रेसका प्रखर नेता, उपसभापति धनराज गुरुङ वीचको प्रतिस्पर्धामा कसले वाजी मार्छ भन्नै गाह्रो छ । स्वतन्त्र पार्टीले पनि सम्मान जनक भोट ल्याउने अवस्थाले त्यहाँको परिणाम निक्र्योल गर्छ यस्तै नवलपुर सुस्ता पूर्व क्षेत्र नम्वर १ मा कांग्रेसका प्रभावशाली केन्द्रीय नेता ६४ वर्षिय शंशाक कोइराला र एमालेका ५८ वर्षिय कृष्ण प्रसाद पौडेल वीच मुख्य प्रतिस्पर्धा रहेको छ ।
५ दलिय गठबन्धन र राप्रपा सँग गठबन्धन गरेको एमाले वीच हुने निर्वाचनले कस्तो नतिजा दिन्छ त्यो भने अवको हप्ता भित्र आकार आइसक्नेछ ।