सरकारको उदाशिनताको शिकार, मुस्ताङतर्फको वेहाल सडक

यदुनाथ बन्जारा
4 December, 2022 8:00 pm
Advertisements

पोखरा

सरकारले राष्ट्रिय गौरवको आयोजना भनी सञ्चालनमा आएको वेनी–जोमसोम सडक वेहाल अवस्थामा छ । वेनि–जोमसोम ७० किलोमिटर सडक म्याग्दी र मुस्ताङ जिल्लामा रहेको छ । दुई जिल्लाको सडक निर्माण कार्यको टेण्डर एकैपटक भएता पनि म्याग्दी तर्फको सडकको अवस्था अझै विकराल रहेको कारण सवारी सञ्चालनमा सास्ती मात्र हैन ठुलो जोखिम मोल्नु पर्ने अवस्था रहेको छ ।
म्याग्दीको वेनी देखि मुस्ताङको सिमानासम्म सडक निमार्ण कार्य यात्रु मार्ने पासो थापे जस्तै रहेको छ । रुप्से झर्ना आउनु भन्दा एक किलोमिटर अगाडि देखि काभ्रे भिर हुदै मुस्ताङको सिमानासम्मको सडक खहरे खोला जस्तै अस्तव्यस्त रहेको छ । वर्खायाममा बहाना बनाएपनि हिउँदयाममा समेत त्यस स्थानमा काम गर्ने मजदुर, ठेकेदार र प्राविधिक कोही पनि भेट्न देख्न सकिदैन । यसले पनि बुझ्न सकिन्छ कि सरकारको उदासिनता र वेवास्ताको फाइदा उठाएर निर्माण कम्पनी कुम्भ–कर्ण जस्तै निदाएको अवस्थामा छ ।
आयेजनाका कर्मचारी के गरेर बसेका छन् ? स्थानिय सरकार अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि, प्रदेश सांसद, संघिय सांसदको किन आँखा खुल्न सकेको छैन् भन्ने विषयका कुनै जानकारी प्राप्त हुन नसकेको अवस्था छ । जनताको दुःख, सास्ती प्रतिउत्तरदायी हुन नसक्ने सरकार र सरकारले दिएको ठेक्का सम्झौताको कार्यान्वयनमा असफल निर्माण व्यवसायीलाई लगाम कस्ने कसले ?
भारत र चिनलाई जोड्ने उच्च महत्वको यो सडक निर्माणमा भईरहेको ढिला सुस्तीमा सरकार लज्जित हुनृुपर्ने हो । आयोजानका नाममा तलब सुविधा, भत्ता कुम्ल्याएर पद ओगट्ने कर्मचारी, प्राविधिकले तोकिएको समयमा ठेक्का सम्पन्न गर्न नसक्नृुलाई असफल पुष्टी गरेर कारवाही गर्न किन असक्षम छ सरकार ?
ठेक्का लिने तर विभिन्न वहानावाजी गरेर काम गर्न ढिलाई गर्ने कार्यबाट सडकको विकल्प दिन नसक्नु र भएको सडक मान्छे मार्ने पासो बनाएर छोड्ने कार्य कहिले सम्म होला ? यो प्रश्नको जवाफ खोज्न र खवरदारी गर्न हामी सूचना औजार प्रयोग गरेर आमजनता सामू ल्याउने अभियानमा जुट्ने प्रण गर्दछौ । काम नगर्ने निर्माण कम्पनी, मूल्याङकन नगर्ने सरकारी प्राविधिक र ठेक्का लगाउने सरकार मध्य को दोषी छ, हामी निकाल्ने छौ यसको जवाफ । प्रतिक्षा गर्नुृहोस् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: