अचम्मको पुल ! कहाँबाट चढ्ला त गाडी ?

सराङकोट न्यूज
22 December, 2022 12:20 am
Advertisements

ललितपुर

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका चन्दनपुर र काभ्रे जोड्ने खोलामा बनेको यो पुल अचम्मको छ । चन्दनपुर गाउको पश्चिम तर्फ खोला रहेको छ । खोलाले चर्चेको जग्गा माथि बनिरहेको यो पुलमा गाडी चढाउन भने मुस्किलै पर्ला जस्तो देखिन्छ । बाटोको तहभन्दा झण्डै १५ फिट अल्को गरि बनाइएको पुलमा गाडी पढ्न कुन प्रविधि प्रयोग गर्नु पर्ने हो त्यो भने छुट्टै खोजीको विषय वनेको छ ।
गाउँको शिरमा पुल बन्दै छ । पुलभन्दा मुनिको चन्दनपुर गाउँ उसै पनि ओरालोमा छ । करिव २ सय मिटरको उकालो सडक रहेको स्थानको टुप्पामा बनाइएको पुल प्रयोगमा ल्याउन योग्य बनाउन पुल बनाउन भएको भन्दा बढी खर्च हुने जानकारहरु बताउँछन् ।
त्यस खोलामा पुल जरुरी छ । ललितपुरको दक्षिण र काभ्रेको पश्चिमलाई जोड्ने त्यो पुलको डिपिआर र डिजाइन ड्रोइ· ठीक छ कि छैन ? भन्ने बारेमा प्रयोगमा ल्याएपछि मात्र थाहा हुने भएको छ । डिजाइन नै गलत भएको छ भने त्यसबाट राज्यलाई हानी नोक्सानी पुग्न सक्छ त्यसको जिम्मा कसले लिने ? पुलको डिजाइनर इञ्जिनियर कि योजना छनौट गर्ने कर्मचारी ।
उक्त पुलको उचाई, गाउँ वस्तीको भाग होचाई वीच कसरी मिल्ला पुलको औचित्य पुस्ट्याई । उक्त बाटो प्रयोग गर्ने र स्थानिय प्रत्यक्षदर्शी जनता कसैलाई विश्वास छैन कि त्यो पुलले पुलकै काम गर्छ भनेर ।
बागमती सरकारले निर्माण गरेको पुलको डिजाइन, ड्रोइ· र भौगोलिक यथार्थताको वारेमा सरकारले पुष्टि गर्नु आवश्यक छ । हामीले बागमती प्रदेश सरकार भौतिक पूर्वाधारण मन्त्रालयका सूचना अधिकारीसँग जान्न खोज्यौ तर जवाफ पाइएन । सूचना माग गरेरै भएपनि सार्वजनिक चासोको रुपमा देखिएको पुलको निर्माण बारे आम जनतालाई सुसुचित गराउने हाम्रो पहल जारी छ ।
कसले ग¥यो डिजाइन, ड्राइ· ? कति लाग्ने छ खर्च ? कसरी हुन्छ प्रयोगमा सहज भन्ने बारेमा लुकेको भेद हामी उतार्ने जमर्कोमा छौं पाठकहरु प्रतिक्षा गर्नुहोस्।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: