आठौ पेक टेक एक्स्पो २०२२ को तयारी पुरा

सराङकोट न्यूज
22 December, 2022 10:09 pm

पोखरा

पोखरा ईञ्जिनियरिङ कलेज फिर्केले हरेक २–२ वर्षमा गर्दै आएको पेक एक्स्पो आठौं स्संस्करणको तयारी पुरा भएको विहिबार आयोजित पत्रकार सम्मेमलनमा बताएका छन् । पुष ८ र ९ गते दुई दिन सम्म आयोजना गरिने एक्स्पो २०२२ को उद्घाटन गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले गर्ने कार्यक्रम तय गरिएको पोखरा ईञ्जिनियरिङ कलेजका प्रिन्सिपल रोजना जोशीले बताइन् ।
इञ्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानलाई डेमा बनाई दुरुस्त देखाउने कार्यलाई टेक्निकल एक्स्पोको रुपमा प्रस्तुत गरिने र त्यसबाट विद्यार्थीहरुमा ज्ञान र सिप दुवै हासिल गर्न सेतुको भूमिका खेल्ने भएकोले हरेक २–२ वर्षमा टेक्निकल एक्स्पो गरिदै आएको सिभिल इञ्जिनियरिङ विषयका शिक्षक यम थापाले बताए ।

Advertisements


कलेज परिसरमा हुने टेक एक्स्पोमा पोखरा इञ्जिनियरिङ कलेज सहित बाहिरका २ वटा इञ्जिनियरिङ कलेजको सहभागिता रहने बताइएको छ । एक्स्पोमा उत्कृष्ट डेमो प्रस्तुत गर्ने समूह र कलेजलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । एक्स्पोमा प्राविधिक प्रदर्शन, भुकम्प प्रतिरोधी डिजाइन, आइटि अवार्नेअन, आर्किटेक डिजाइन र मोडल प्रदर्शन, कम्प्युटर गेम कम्पिटिसन, लगायतका इभेन्ट तय गरिएका छन् । साथै एक्स्पोमा, चोर्न नमिल्ने प्रणाली, सडक सुरक्षा प्रविधि, रोवोटिक आर्म, इन्टरनेश्नल घर, विद्युतीय सडक, पानी आपूर्ती प्रणाली रहने बताइएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: