बाल बाल बचेछ कास्की ! डि.एस.पी. ठगबहादुरको धन्दा पर्दाफास

यदुनाथ बन्जारा
27 December, 2022 5:54 pm
Advertisements
Advertisements

पोखरा

नाम : ठगबहादुर केसी
घर : स्याङ्जा
पेशा:  प्रहरी
दर्जाः नायव उपरीक्षक (डि.स.पी.)

यो परिचय भएका व्यक्ति गण्डकी प्रदेशको राजधानी शहर पोखरामा सरुवा हुने निर्णय गत हप्ता मात्र भएको थियो । हाल इलाका प्रहरी कार्यालय वुटवलका प्रमुख समेत रहेका डि.एस.पी. ठगबहादुर केसी कास्कीका डिएसपी सुन्दर तिवारीलाई प्रतिस्थापन गर्न आउँदै थिए । पुष ११ गते सोमबार कास्कीका लागि रमाना लिने तयारी थियो उनको ।
पुष १० गते आइतबार उनले राम्रो शुभलाभको पोको मिलाएर पोखरा आउने सुरसार गरि रहँदा उनको गुह्य धन्दाको सुइको प्रहरीको तालुक निकायको कानमा पुग्यो । कानमा परेको कुरा अनुसन्धान गर्न विशेष टोली आइतबारै वुटवल पुग्यो। डिएसपी ठग बहादुर केसीको कोठामा छापा हानियो । छापा हान्दा कोठाबाट सांढे आठ लाख रुपैयाँ नगर्दै बरामद भयो । रातो पिरो भएका केसीले अरु भेद खोले । उनका हिस्सेदार विचौलिया खिलेन्द्र जि.सी. भन्ने व्यक्तिलाई खोजियो । जि.सी. साढे नौ लाखको चेक र ३५ तोला सुन सहित रंगेहात पक्राउ परे । चेक र नगद गरि १८ लाख र ३५ तोला सुन समेत बरामद भएपछि अनुसन्धानका लागि वुटवल पुगेको विशेष टोली बुटवलमै वसेर थप अनुसन्धान गर्दै रहेको छ । डि.एस.पी. ठगबहादुर केसी सहित उनि सँग सम्बद्ध गिरो ह प्रहरी नियन्त्रणमा रहेको विस्वस्त समाचार स्रोतले दावी गरेको छ ।
२०७८ असोजसम्म प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडामा ट्वाइसीको रुपमा करिव १५ महिना बसेका थिए ठग बहादुर केसी । ट्राफिकमा रहँदा पनि विवादमा आइरहने पात्र केसी त्यस अघि पनि कारवाहकिो मुखमा पुगेका थिए र पनि शक्ति केन्द्रको वरिपरि घुम्ने (पावर एक्सरसाइज गर्ने) दम्भि स्वभावका पात्र भएका कारण उनलाई जोगिएका थिए ।
आइतबार मात्र सत्ताच्यूत भएका गृहमन्त्री बालकृष्ण खाँणका आशिर्वाद प्राप्त व्यक्ति रहेको जानकारी प्रहरी स्रोत बताउँछ । निवर्तमान गृहमन्त्री खाँण कै बलमा उनि प्रदेश ट्राफिक कार्यालय पोखराबाट गृहमन्त्री खाँणको गृह जिल्ला रुपन्देहीको महत्वपूर्ण मानिने ईलाका प्रहरी कार्यालय वुटवलको प्रमुख पदमा काज सरुवा भएका थिए ।
घटना विवरण अनुसार वुटवलका एक सुन व्यापारीले ल्याएको ३५ तोला सुन सहित पक्राउ परेका व्यापारीलाई छुटाउन २५ लाख रुपैयाँ माग गरेका थिए । माग मध्य ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक लिइसकेका थिए भने ७ लाखमा वार्गेनिङ भईरहेका बेला केन्द्रीय प्रहरी अनुसन्धान टोलीको फन्दामा परेका थिए । जवकी पुष ११ गते सोमबार रमाना बुझ्ने तयारीमा थिए ठग बहादुर केसी (डि.एस.पी.)
मुद्दा झिकिदिने र गुह्य कारोबार मिलाइदिने कार्यमा बुटवल बस्ने खिलेन्द्र जिसी प्रमुख विचौलियाको भूमिकामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी दावी रहेको छ । खिलेन्द्र जिसी र डिएसपी वीच धेरै सम्वाद भएको सिडिआरले पुष्टि गरेपछि फोन टे«सिङ गर्दै जाँदा दुवैको मिलेमतोमा धन्दा भएको कुरा रंगेहात वरामद भएको सुन, चेक र नगदले पुष्टि गर्दछ स्रोतले भन्यो ।
प्रहरीको केन्द्रीय अनुसन्धान टोली (सिआइवी) का प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले वुटवल घुष काण्डमा डिएसपी केसी र विचौलिया जिसीलाई पक्राउ गरेको पुष्टि गरे । उनले भने जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवामा बुझाईएको र थप अनुसन्धान जारी रहेको छ ।
कास्की आउन रमाना लिनु १ दिन अघि पक्राउ परेका कारण कास्की जोगिएको छ । भ्रष्टाचारमा लिप्त डिएसपी ठग बहादुर केसी कास्की आएका थिए भने यहाँका ठगी, गिरोह, तस्कर, माफिया लगायतका मुद्दामा रिसवत लिई कारवाही बाट जोगाइ कास्कीलाई अपराधीका लागि स्वर्ग बनाउन सक्ने सम्भावनाबाट बाल बाल बेचेको छ कास्की ।
एउटा गृहमन्त्री ढलेर अर्को जन्मेकै दिन घटेको यो घटना दवाव र प्रभावमा नफसिकन अनुसन्धान गरिनु आवश्यक छ । गृहमन्त्री रवि लामिछानेले यस्ता भ्रष्टलाई कारवाही गर्न कस्तो कदम उठाउँछन् त्यो भने हेर्न बाँकी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: