कुश्मा–१३ का वडा सचिव मोहलालको आर्थिक मोह, सरुवा गराइएपनि असुली अझै बाँकी

सराङकोट न्यूज
6 January, 2023 8:17 pm

कुश्मा

कुश्मा नगरपालिका वडा नं. १३ का तत्कालिन वडा सचिव मोहलाल लामिछाने अहिले कुश्मा १२ नं. वडा मा सरुवा भएका छन् । अघिल्लो जनप्रतिनिधि अर्थात् जंग बहादुर के.सी. १३ को वडा अध्यक्ष भएका वेला उनले कुश्मा नगरपालिका बाट लाखौं रुपैयाँ पेश्की लिए । वडा वासिहरुलाई वितरण मुखि अनुदान कार्यक्रमका लागि भनेर लिइएको पैसा २ वर्ष सम्म सचिव लामिछानेको मुठ्ठीमा रह्यो । व्यक्तिगत रुपमा प्रयोग गरियो । सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई पोशाक अनुदान, जेष्ठ नागरिक सहायता, बाख्रा पालन अनुदान, लगायतमा सचिव मोहलालले आफै पेश्की लिएका थिए ।
पेश्की लिएको करिव डेढ वर्षसम्म काम देखिएन। उक्त प्रकरण सराङकोट साप्ताहिकलाई अघिल्लो वर्ष आयो । हामीले खोज खन्तर गरेर समाचार प्रकाशन ग¥यौं। समाचार प्रकाशन पछि उक्त प्रकरण सतहमै आयो । नगरपालिका प्रशासन देखि आख्तियार सम्म तत्कालिन सचिव मोहलाल तानिए । यसै वीचमा ४ लाख रुपैयाँ नगरपालिकाको खातामा फिर्ता गराइयो । लेखापाल धनपति पौडेल भन्छन् एक लाख साठी हजारको पेश्की पछ्र्यौट हुन वाँकी छ । वाख्रा पालन अनुदानको विल भरपाई मिलाउने खेल भइरहेको स्रोतको दावी रहेको छ तर लक्षित समूहले वाख्रा पाए पाएनन् त्यो भने पुष्टि हुन वाँकी छ । गरिव विद्यार्थीले पोशाक पाए पाएनन्, जेस्ठ नागरिकले सहयोग पाए पाएनन् त्यसको तथ्यपूर्ण लेखा जोखा हुन जरुरी देखिन्छ । पेश्की पछ्र्यौटका लागि विल भरपाई पेश गर्नु मात्र दायित्व हैन विल भरपाई सत्य हो होइन परीक्षण गरिनु आवश्यक हुन्छ ।
वडा नं. १३ का सचिव मोहलाललाई वडा नं. १२ मा सहायक सचिवका रुपमा सरुवा गरिएको छ । १ लाख ६० हजार हिसाव तिर्नै वाँकी छ । यता कारवाहीमा परेका सचिव मोहलाल आफूले पेश्की लिएको तर काम गर्न नदिएको वताउँछन् । उनले भने मैले त्यो रकम पालिकाको खातामा जम्मा गरेर भौचर अख्तियारमा बुझाइसके सचिव मोहलालका अनुसार अव केहि तिर्न बुझाउन बाँकी छैन तर नपाका लेखापाल भन्छन् अव १ लाख ६० हजारको पे.फ. वाँकी छ ।
अख्तियारको तथ्यांकमा सवैभन्दा बढी अनियमितताको उजुरी स्थानिय तहको रहेको छ । ति मध्य कहि जनप्रतिनिधिहरुले नासे मासेका छन् भने कतिपय पालिकाहरुमा जनप्रतिनिधिहरु समेतलाई गुम्राहामा पारी कर्मचारीहरुले वजेट हिना मिना गरेको पाइन्छ । सिंहदरवारको अधिकार गाउँ गाउँमा भनेर भित्र्याइएको स्थानिय तह भ्रष्टाचारमा लुप्त हुँदै गएको छ । नागरिकलाई दिइने अनुदान देखि योजनाका रकमहरु समेत व्यक्तिको खल्तीमा पुग्ने गरेका हुन् । कुश्मा नपा वडा नं. १३ का तत्कालिन सचिव मोहलाल लामिछाने एक पात्र मात्र हुन् । त्यस वडाका जन प्रतिनिधि, नगरपािलकाका प्रशासकीय अधिकृत लेखा शाखा सबैको कमजोरीको परिणाम हो यो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: