पृथ्वीचोक ट्राफिक कार्यालय सम्मको सडक कहिले चक्ल्याउने ?

सराङकोट न्यूज
8 February, 2023 1:40 pm
Advertisements

पोखरा

पोखराको मुख्य बजार क्षेत्रमै साँघुरा सडकले आम पैदल यात्रु र सडक प्रयोग कर्तालाई सास्ती दिएको छ । तत्कालिन नगरका शासकहरुले सरकारी जग्गा खुट्टे बाडे झै बाँडिएका कारण त्यसको नकारात्मक प्रभाव अहिले पर्न गएको छ ।
पृथ्वीचोक नयाँबजार तर्फको वैकल्पिक सडकको रुपमा रहेको सहारक्लव हङकङ बजार हुँदै ट्राफिक कार्यालय, माछापुच्छ«े बैंक नयाँ बजार तर्फको सडक एउटा कार पास हुन नसक्ने अवस्थामा छ । देब्रे तर्फ टहराले सडकै पेलेर बजार राखिएको छ दाहिने तर्फ सहारा क्लब देखि सामुदायिक प्रहरी सेवा केन्द्र, मजदुर संघ सठनका पक्का भवन बनेका छन् ।
तत्कालिन अवस्थामा नगर विकास समितिले दलको दवाव र प्रभावमा परेर पार्टीका मजदुर संगठन र सहारा क्लवलाई जग्गा उपलब्ध गराइ पक्कि संरचना निर्माण गर्दा बाटोको मापदण्ड समेत ख्याल गरिएन । सरकारी जग्गा पार्टीका संगठनलाई दिएर चर्को भाडा असुल गर्दै आएका छन् । अधिकांसले राज्यलाई भाडा कर समेत तिरेका छैनन् ।
यति हुँदा पनि महानगर प्रशासनले कानुन लागु गर्न सकेको छैन । वैकल्पिक निकासलाई खुलाउन समेत महानगरको ध्यान गएको छैन । नयाँबजार तर्फबाट ट्राफिक कार्यालय गेट सम्म मात्र सडक विस्तार गर्न थालिएको छ तर मुख्य अतिक्रमित भाग बसपार्क तर्फ भने कुनै योजना सारिएको पाइएको छैन एका तिरमात्र सडक चक्ल्याउँदा सर्पले मुखभन्दा ठूलो भ्यागुतो खाएर जस्तै देखिएको छ । यस तर्फ कहिले हुन्छ विधिको साशन ?
पोखरा उपत्यका नगर विकास समितिको नेतृत्वमहानगर प्रमुख नै हुने व्यवस्था छ । इच्छा शक्ति राखेका खण्डमा वैकल्पिक निकासको रुपमा रहेको उक्त मागमा अतिक्रमण हटाई सडक विस्तार। गर्न सकिन्छ । यस विषयमा महानगरले दह्रो खुट्टा टेक्न सके मात्र “रुल अफ ल” चल्छ नत्र “हुल अफ ल” हावी हुने निश्चित छ । लुकाइएको टुकुचा मेट्ने काठमाडौं महानगरबाट पोखराले केहि सिक्ने पो हो कि ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: