बगर मुल सडकबाट नगर बस पार्किङ आजबाट हट्यो

सराङकोट न्यूज
25 February, 2023 9:06 pm
Advertisements

पोखराको बगर मुल सडक पृथ्वीनारायण क्याम्पस लाइनमा रहेको नगर बस क्यु पार्किङ शनिबारदेखि हटाइएकोछ । २०३३ सालबाट नगर बसको क्यु पार्किङ जारी रहँदा सडक जाम हुँदै ट्राफिक समस्या हुँदै आएको थियो । पटक पटक सडक पार्किङ हटाउन उजुरी पर्दै आएपनी हटाउन सकेको थिएन ।


पछिल्लो समयमा पोखरा महानगरपालिकाको समन्वय र ट्राफिक प्रहरी कार्यालय कास्कीको अग्रसरतामा पोखरा बसको क्युपार्किङ हटाइ केआइ सिङ पुल छेउको चौतारो नजिक राजु गुरुङको जग्गा भाडामा लिइ क्युपार्किङ सुरु गरिएकोछ । शनिबार एक कार्यक्रमको आयोजना गरी कास्की ट्राफिक कार्यालयका प्रनानि प्रबिन आचार्य, वडा नम्बर १ का वार्ड अधक्ष सहारा प्रधान, १६ का अध्यक्ष अमृत तिमल्सिना, पोखरा यातायात प्रा.लि.का संचालक सदस्य देबि प्रसाद कुइकेल, महानगरका अधिकृत हर्क गायकको उपस्थितिमा क्यु सन्चालन सुरुआत गरिएको थियो । 
नयाँ क्यु पार्किङमा करिब डेढ दर्जन बस पार्किङ गर्ने मिल्ने बताइन्छ । त्यहाँबाट लेकसाइड र छोरेपाटन सम्मको बस सन्चालन हुनेछ । त्यस स्थानमा पार्किङ सारियपछी पृथ्वीनारायण क्याम्पस अगाडिको सडकमा रहेको लामो पार्किङ हटेर जामको समस्या समाधान हुने कास्की ट्राफिक प्रमुख प्रहरी इन्सपेक्टर प्रकाश शाहले बताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: