![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/03/viber_image_2023-02-28_02-11-27-083.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
पोखरा
खेलको नीति नियमविरुद्ध गई बाहिरी खेलाडी मिसाएर प्रतियोगितामा सामेल गराउने बागलुङको फ्युचर ब्राइटर स्कुल खेलबाटै ‘किक आउट’ हुन पुगेको छ । हिसानले आयोजना गरेको प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा फाइनलमा पुगेको फ्युचर ब्राइटर स्कुल बागलुङ फाइनल खेल्नबाट बञ्चित हुन पुगेको हो । फ्युचर ब्राइटरले आफ्नो स्कुल बाहिरका २ जना विद्यार्थीलाई टिममा मिसाएर पोखरामा भएको प्रतियोगितामा सहभागी गराएको थियो ।
फ्युचर ब्राइटरले प्रतियोगिताको नीति विपरित गई झेल गर्न खोजेको कुरा सेमिफाइनलमा पुगेपछि सेमिफाइनलका प्रतिस्पर्धी विद्यालय जुनियर सेकेण्डरी एकेडेमी (जेसिए)ले चाल पाएको थियो । फागुन ९ गते भएको खेल फ्युचर ब्राइटर र जेसिएवीच भएको थियो । आफ्नो प्रतिस्पर्धी फ्युचर ब्राइटरले खेलाएका २ खेलाडी विद्यालय बाहिरका रहेको थाहा पाएपछि जेसिएले खेल रद्द गर्न र कारवाही गर्ने आयोजकले अनुशासन समिति समक्ष प्रोटेस्ट (उजुरी) हाल्न खोज्दा आयोजकले उजुरी लिन मानेन । सेमिफाइनलमा पुगेपछि उजुरी दावी नलाग्ने जवाफ पाएपछि जेसिए निरास वनेको थियो ।
नक्कली विद्यार्थीलाई मिसाएको आरोप लागेको फ्युचर ब्राइटर स्कुलका संचालक वालकृष्ण शर्मा स्वयम् हिसान बागलुङका अध्यक्ष रहेकाछन्। आफै अध्यक्ष भएर पनि खेल परीक्षाको मर्यादा विपरित गई जसरी हुन्छ जित्ने योजनामा खेलाडी मिसाएर सेमिफाइनलमा जेसिएलाई ३–० ले हराएको थियो । फाइनल १० गते बुधबार हुने खेल तालिका रहेको थियो ।
यस विषयमा सराङकोटले हिसान केन्द्रीय उपाध्यक्ष वावुराम पन्तसँग सम्पर्क गरी नक्कली विद्यार्थी मिसाई खेल खेलाउने विरुद्ध के कारवाही हुन्छ भन्ने जिज्ञाशा राखेका थियौ । खेलाडी मिसाइएको बारे जानकारी भएको भएपनि सेमिफाइनल तहसम्म पुगेपछि पोटेस्ट (उजुरी) नलाग्ने पन्तले बताएका थिए। त्यसबारेमा कानुनी व्यवस्था लिखितम् केहि नभएको हामीले जानकारी पाएपछि खेल जस्तो अनुशासित परीक्षामा वेथिति भित्रिन सक्ने तर्फ सजग गराएपछि उपाध्यक्ष पन्तले हामीले यो खेलबाट लेसन लर्न ग¥यौ अव त्यस्तो हुँदैन भन्ने विश्वास दिलाएका थिए ।
तर आयोजकले १० गतेको फाइनल खेलमा जेसिएलाई नै सहभागी हुने अवसर दिएर न्याय गर्यो । फाइनल जेसिए र कास्की मोडनाइज्ड वीच भयो। कास्की मोडनाइज विजेता भई १ लाख नगद पुरस्कारसहित ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्न सफल भयो भने जेसिए उपविजेता भई ५० हजार नगद पुरस्कारसहित ट्रफि मेडल र प्रमाण पत्र पाउन सफल भयो। फुत्किएको शाख जोगियो जेसिएको ।
सेमी फाइनल जितेको फ्युचर ब्राइटर फाइनल खेल खेल्नै नपाई घर फर्किन बाध्य भयो । फ्युचर ब्राइटर स्कुल बागलुङका प्रिन्सिपल वालकृष्ण शर्मालाई हामीले सोध्यौं खेल जस्तो मर्यादित परीक्षामा किन झेल गर्न खोज्नुभएको? शर्माले भने गल्ती भयो । जिम्मेवार पदाधिकारी रहेकै विद्यालयले नक्कली काम गर्छन् भने अन्य विद्यालयलाई कसरी अनुशासित र मर्यादित बनाउने? अनुशासन सिकाउने, नैतिक र कानूनी शिक्षा दिने विद्यालय र तिनका संगठित संस्थाहरुबाटै अनियमितता गरिन्छ भने विद्यार्थीले के सिक्लान् ? एक लाखको पुुरस्कार जित्ने सपना बोकेर दुषित योजना बनाउँदा भएको परिणामको जिम्मेवार को ? झेल गर्ने विद्यालय संचालक लाई के हुन्छ कारवाही ? यस्ता अनियमित मार्ग अपनाउने विद्यालय संचालकलाई कारवाहीको सवक सिकाउन सकिएन भने यस्ता प्रकरण दोहोरिहन सक्छन् आयोजकले कस्तो कदम चाल्छ त आगामी सुद्धिकरणका लागि ? हामी निरन्तर खवरदारीमा छौं ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)