लाइसेन्स सर्भरको पासवर्ड दुरुपयोग ! यातायातका कर्मचारीबाटै चलखेल

सराङकोट न्यूज
4 April, 2023 6:29 pm
Advertisements

पोखरा

पोखरामा रहेको सवारी चालक अनुमतिपत्र कार्यालयमा बिचौलियाको चलखेलको पारो रहस्यमय ढंगबाट बढेकोछ । लाइसेन्स परीक्षाको आबेदन फर्म इडिट गर्दै आफ्नो ब्यक्तिको नाम प्रबिस्ट गराउने कार्य भएकोबारे सवारी चालक अनुमतिपत्र कार्यालयका कर्मचारी स्वयम्ले आश्चर्य मानेकाछन् ।
लाइसेन्स फर्म इडिट गर्न कम्प्युटर सफ्टवेयर लग– इन गर्नुपर्ने हुन्छ । लग–इन पासवर्ड यातायात ब्यबस्था बिभागका तोकिएका बिशेष कर्मचारी वा सवारी चालक अनुमति कार्यालय पोखराकाका अधिकृत संग मात्र रहने ब्यबस्था रहेकोछ । तर पोखराको सवारी चालक अनुमतिपत्र कार्यालयमा चोरबाटोबाट धमाधम लाइसेन्स आबेदन फारम एडिट गरिदै आएको पाइएको छ । पासवर्ड कसले दुरुपयोग गर्यो भन्ने बारेमा कार्यालयका कर्मचारी अनभिज्ञता व्यक्त गर्दछन ।
फर्म भरेको १६ दिनपछिमात्रै सम्पर्क मिति तोकिने सफ्टवेयरको प्रबन्ध भएपनी बिचौलियाले सर्बसाधारण जनताले भरेर कार्यालयको सर्भरमा पठाएको फाराम सर्भरबाटै हटाइ उक्त स्थानमा अर्कै ब्यक्तिको फर्म प्रबिस्ट गर्ने गरिएकोछ । यसरी इडिट गरिएका फर्महरु एक हप्ता भित्रै सम्पर्क मिति (भिजिट् डेट) मिलाइएको पाइएको छ जबकी पासवर्ड नहानी सर्भर नै खोलिदैन, सर्भर नखोली फर्म इडिट गर्नु सम्भब छैन । कार्यालयको गोप्य रहनु सर्भर प्रयोग गरी दर्जनौं कम्प्युटरबाट लाइसेन्स आवेदन फाराम दर्ता लगायतका कार्यहरु भईरहेको पाइएको छ । र पनि कुनै छानविन र कारवाही नहुनुलाई सरकारी कर्मचारीको मिलेमतो मानिएको छ ।
बिचौलियाको हातमा कसले दियो यातायातको सर्भर लगिन पासवर्ड भन्ने बारेमा कर्मचारीनै अनभिज्ञ रहेको बताउछन । बिभागका सम्बन्धित अधिकृत र लाइसेन्स कार्यालयका कर्मचारी बाहेक पासवर्ड चुहावट हुन सम्भावना नरहने बताइएकोछ। बिभागका कर्मचारीले लाइसेन्सको धन्दा गर्न बिचौलिया लाइसेन्स गिरोहलाइ पासवर्ड दिएर मिलेमतो गरेको आशंका ब्यक्त भएकोछ । चोरबाटोबाट भएको फेक डाटा इन्ट्रीका सम्बन्धमा छानबिन तथा अनुसन्धान गर्न कार्यालयले प्रमाण सहित मन्त्रालयमा उजुरी दियो तर आजसम्म कुनै छानबिन सुरु नगरिएको र गोप्य ठाउँमा बसेर अबैध फर्म पेस गरि डाटा इन्ट्री भैरहेको पाइएको छ ।
लाइसेन्समा ठुलै गिरोह लागेको र महंगो मुल्यमा लाइसेन्सको धन्दा चलिरहेको प्रस्ट हुन आएकोछ । बिभागका कर्मचारीले सर्भरको पासवोर्ड दुरुपयोग गरो बिचौलियासङ मिलेर भ्रष्टाचारजन्य कार्य गरेको हुन सक्ने प्रबल सम्भावना रहेको खुल्न आएकोछ । यसबारेमा अख्तियारले गम्भीर छानबिन गरि पास्वोर्ड दुरुपयोग गर्ने उपर कारबाही हुनुपर्ने माग उठेको छ ।
सरकारी डाटा सच्याउँदै आफ्नो सेटिङ मिलाउने पात्रलाइ कानुनि कठघरामा ल्याउन र सर्भर सेक्युरिटी मजबुत बनाउन सरकारको ध्यान जान जरुरी देखिन्छ तर कार्यालयले दिएको सुचना जानकारीलाई समेत बेवास्ता गरि मौन बस्नु यातायात मन्त्रालयको रहस्यमय मौनतालाइ गैरजिम्मेवार कार्यसैलिको रुपमा टिप्पणी हुँदै आएकोछ । बिभागले कुन दलाल बिचौलियालाइ पासवोर्ड दियो र त्यसबापत कति भ्रष्टाचार गर्यो भन्ने बारेमा तत्काल छानबिन गरि सत्य तथ्य बाहिर ल्याउन आवस्यक छ होइन भने लाइसेन्सको सुरक्षणतर्फ तत्काल नयाँ कदम उठाउन पर्ने माग भएकोछ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: