नदी दोहनले पुल संकटमा

सराङकोट न्यूज
11 April, 2023 4:42 pm
Advertisements

पोखरा

पोखरा महानगरपालिका वडा नं. १९ स्थित मर्दी खोलामाथिको यो पुल उच्च जोखिममा परेको छ। पुलको जिपसम्म पुगेर नदीजन्य पदार्थहरु ढुंगा, गिट्टी बालुवा उत्खनन गरी ओसार पसार गर्ने कार्य गरेका कारण पुल झर्ने अवस्थामा पुगेको छ भने पोखरा १९ कै ढावाघाट पुलका दुवैतर्फ भत्किइसकेको छ ।
खोला तथा नदीजन्य सामग्रीहरु उत्खनन् गर्दा सरकारको अनुमति लिनुपर्छ । तर केही माफियाहरुले जनप्रतिनिधिसँग सेटिङ मिलाई नदीजन्य सामाग्रीको दोहन गरेका कारण भौतिक निर्माण संरचना पुल कुलेसा र सडक भत्कने अवस्थामा पुगेका छन् । दोहन रोक्न पटक पटक आग्रह गर्दा पनि नसकेपछि स्थानीय बासिन्दाहरु न्यायका लागि अदालतका शरणमा पर्नुपरेको थियो ।
गत वर्ष भारती भवन मा.वि. पोखरा १९ ले तत्कालिन जनप्रतिनिधिको सेटिङमा असार श्रावणमा खोलाबाट बालुवा ओसार पसार कार्य भएको थियो । प्रहरीले एकै दिन ५५ वटा ट्रक तथा ट्याक्टरहरु प्रहरी नियन्त्रणमा लिई कारबाही गरेको थियो । जवकी असारदेखि भाद्रसम्म खोलाजन्य सामाग्री उत्खनन् ओसार पसार केही पनि गर्न मिल्दैन । तत्कालिन वडा अध्यक्षका अग्रसरतामा विद्यालयले आफ्नो विल प्रयोजन गरिरहेको अवस्थासम्म प्रहरीले फेला पारेको थियो । स्थानीय ठेकेदारलाई १२ लाख रुपैयामा ठेक्का दिइएको तथ्य पछि खुलेको थियो । हाल उक्त मुद्धा विचाराधिन रही आएको छ ।
पोखरा १९ का घटनाहरु कानून वमोजिम ठेक्कामा नजाने तर उत्खनन भने भइरहँदा खोलामा बनेका पुलहरु जोखिममा परेका छन् । कतिपय पुलहरुका दायाँ बाँयाका फाउण्डेशनहरु खसेर करोेडौं रुपैयाँमा निर्मित पुलहरु काम नलाग्ने अवस्थामा पुगेका छन् । ढावाघाटको पुल कामै नलाग्ने अवस्थामा पुगेका छन भने मर्दि दोविल्लाका पुलको जिप फाउण्डेसन उच्च जोखिममा परेको छ ।
स्थानीयले व्यापक विरोध जनाएपछि समेत बालुवा गिटी तस्करहरुले उत्खनन् ओसार पसार नरोकेपछि उच्च अदालतमा रिट जारी गराइए पनि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । उच्च अदालतमा पोखराले मितिः २०७९ चैत्र ६ गते जारी आदेशमा पोखरा–१९ नम्बर वडा अन्तर्गत रहेका घाट खानीहरुमा उत्खनन् नगर्न नगराउनु भन्ने स्पष्ट उल्लेख भएपनि पोखरा महानगरले आदेशको अवज्ञा गर्दै आफ्नै कर्मचारी र जनप्रतिनिधि समेत पठाई राजस्व असुल गर्दै प्राकृतिक स्रोतहरु धमाधम उठाउँदै आइएको छ । यस्तै पोखरा–१९ कै दशखेत घाटमा उत्खनन् र ओसार पसार कार्य चलिरहेको छ उच्च अदालतले गरेको आदेश उल्लघन भएको प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । अदालतको आदेश उल्लघन भएको प्रति स्थानीयले अदालतमा निवेदन दिएर फैसला कार्यान्वयन गर्न आग्रह गर्ने बताएका छन् ।
अनावश्यक उत्खनन्का कारण मर्दिवाट पोखरा ल्याइएको खानेपानी तार्ने मर्दी दोविल्ला ढोडिनी घाटको पुल समेत लड्ने अवस्थामा पुगेको स्थानीय संंरक्षण अभियन्ता तारानाथ पौडेलले बताए उपती भन्दा खपती बढाउने त्यस्ता उत्खनन कार्य रोक्न आवश्यक रहेको तर्फ महानगरपालिका जि. स.स. गंभिर रहनुपर्ने अवस्था छ । प्राकृतिक स्रोत उत्खनन् गर्दा भौतिक क्षति हुन बाट जोगिने गरि वातावरणीय प्रभाव मूल्याङकन गर्नु अपरिहार्य रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: