आँबुखैरेनी गा.पा.को दाबीः १० महिनामा ३२ जनप्रिय कार्य

सराङकोट न्यूज
21 April, 2023 12:26 pm
Advertisements

पोखरा

नेपालको मध्य भुगोल क्षेत्र आसपासमा रहेको आँबुखैरेनी गाउँपालिका नेपालका ७५३ पालिका मध्य एक हो । तनहुँको १ पालिका मध्यको आँबुैखैरेनी तनहुँको क्षेत्र नं. १ को प्रदेश क भित्र रहेको छ । साविकको आँबुखैरेनी नगरपालिकालाई पुरानो गा. वि. स. छिम्केश्वरी र देउराली मिसाएर आँबुखैरेनी गाउँपालिका बनाइएको छ । चितवन र गोरखा जिल्लासंग सिमा जोडिएको यो पालिकाको कुल क्षेत्रफल १२८ वर्ग कि. मी. रहेको छ । २०७३ फागुन २७ गतेबाट गाउँपालिका बनेको आँबुखैरेनीले नेकपा माओवादीका युवा नेता सुक्र चुमानलाई प्रमुखको रुपमा पाएको हो । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहका चुनावबाट निर्वाचित अध्यक्ष सुक्र चुुमान नेतृत्वको पालिका सरकारले आफ्नो १० महिने कार्य समिक्षा सार्वजनिक गरेको छ । वितेका १० महिनामा आम नागरिकले देखिएनेगरि ३२ वटा जनप्रिय कार्य गरेको दावी प्रस्तुत गरिएको छ ।
के के छन ३२ कार्य ?
१. १५ शैयाको आँबु खैरेनी अस्पाताल निर्माण तथा सञ्चालन
२. घरघरै स्वास्थ्य परीक्षण गरि सवै प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण
३. नागरिक सेवा केन्द्र स्थापना ।
४. जेष्ठ नागरिक, सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा
५. विशेषज्ञ सहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
६. हाटबजार सञ्चालन
७. निःशुल्क नक्सा निर्माण
८. जग्गा वर्गिकरण
९. आँखा उपचार केन्द्र स्थापना
१०. ई–लर्निङ सेन्टर स्थापना
११. क्यान्सर लगायत जटिल रोगीलाई ५० हजार आर्थिक सहयोग
१२. लालिगुराँस पार्क निर्माण
१३. कृषि उत्पादन प्रवद्धन केन्द्र स्थापना
१४. मासिक जिवन निर्वाह भत्ता वितरण (शहिद परिवार घाईते अपाङ्ग व्यक्ति)
१५. मुख्यमन्त्री नवप्रवद्र्धन साझेदारी (उद्यम विकास केन्द्र) सञ्चालन
१६. एक वडा एक सडक कालापत्रे
१७. जल पर्यटन प्रवद्र्धन अध्यन
१८. सामुदायिक विद्यालयमा बस व्यवस्थापन ।
१९. पोसाक, झोला वितरण (कक्षा ५ सम्म)
२०. उच्च शिक्षामा जेहेन्दार छात्रवृत्ति प्रदान ।
२१. एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन ।
२२. एक वडा एक नर्सरी (फुल, अकवरे खुर्सानी नर्सरी) स्थापना र सञ्चालन
२३. बहुप्राविधिक शिक्षालय स्थापनाको तयारी
२४. जनप्रतिनिधिको भत्ताबाट स्वयमसेवक शिक्षक व्यवस्था
२५. जनप्रतिनिधिहरुको छोरा छोरी सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम लागु ।
२६. भूमिहिन तथा सुकुम्बासीहरुलाई निस्सा वितरण, पूर्जा वितरणको अन्तिम तयारी ।
२७. फुट ट्रयाक निर्माण ।
२८. स्थानीय समाजसेवीलाई सम्मान
२९. महिला, दलित अपाङ्गले गर्ने व्यवसाय दर्तामा ५० प्रतिशत छुट
३०. सतप्रतिशत नागरिकमा कोभिड भ्याक्सिन लगाउन सफल
३१. ऐना पहरामा पर्यटकीय हव, शिक्षा पुलको डिपिआर तयार
३२. जेष्ठ नागरिक नागरिक तीर्थयात्रा कार्यक्रम
१० महिनामा आँवुखैरेनी गाउँपालिकाले गरेका यि कार्यहरु नागरिकसंग प्रतक्ष्य जोडिएका विषय हुन् तर पनि सुशासन प्रवद्धन, भ्रष्टाचार नियन्त्रणतर्फ के कस्ता कार्य गरियो भन्ने वारेमा र वाटो निमार्ण, स्तरोन्नती, पुलपुलेसा ,सिंचाई लगाएतका भौतिक पूर्वधार निमार्ण कार्यहरु प्रगतिका वारेमा चालु आवको अन्तिममा सार्वजानिक गरिने पालिकाका अध्यक्ष सुक्र चुमानले वताएका छन् । १० महिनाको अवधिमा जे जति कार्य भएका छन ति सकारत्मक मान्न सकिन्छ । वाकि ५० महिनामा आवुखैरेनी गाउँपालिकाले ७५३ पालिका मध्य अव्वल सावित गर्न सक्छ भन्ने अपेक्षा गर्न सकिने भन्दै स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: