वि.सं. २०८० सालको वार्षिक राशिफल

सराङकोट न्यूज
28 April, 2023 10:02 am
Advertisements

मेष (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)

मेष राशिका जातकको लागि २०८० साल अनुकुलको रहने छ । सूर्यको गति संगै चतुरग्रहै योगको योगफल वैशाख महिनामै हुनेछ । नेतृत्व गर्ने क्षमताको वृद्धि हुनेछ । आत्मबल आत्मविश्वासको वृद्धि हुनेछ । राशिको मालिक मंगल पराक्रम स्थानमा रहेका छन । वार्षिक कारक ग्रह देव गुरु वृहस्पति वैशाख ६ गते नै मेष राशिमै प्रवेश गर्ने छन् र सबै राशिहरुलाई शुभाशुभ दृष्टि दिने छन् । कर्म र आयस्थानमा पनि भावकारक ग्रहहरु रहेका छन् । राजनीति एवं व्यापार व्यवसाय अपेक्षीत सफलता मिल्ने छ । पढाई लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ । उच्चस्तरीय व्यक्तिसंग संकेत बढ्ने छ । तर ग्रहहरुको ग्रहण योगको प्रभावले गर्दा दाम्पत्य जीवनमा मतभेद हुनसक्छ । आफ्नो मान्छे एवं आफ्ना काम व्यवहार भन्दा अरुका काम व्यवहारमा सरोकार राख्दा शंका उपशंका बढ्न सक्छ । तनमनलाई विचलीत नगरी आफ्नो कुलीय संस्कार अनुसार काम व्यवहार गरेमा यो वर्ष उपलब्धीमुलक नै रहनेछ । पराक्रमको हिसाबले वैशाख, असार, भाद्र, कार्तिक, पौष, माघ, फाल्गुण आर्थिक, सामाजिक र बौद्धिक क्षेत्रमा प्रगति हुने छ ।

वृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)

जगलग्न कुण्डली अनुसार राशि मालिक शुक्र स्वगृही भइ भाग्य स्थानमा रहेका छन् । कर्म सन्तान, दाम्पत्य, धर्म, भाग्य स्थान सप्रिएको छ, सामाजिक, बौद्धिक, व्यापार, व्यवसायबाट धन, मान, इज्जत प्रतिष्ठा बढ्ने छ । नयाँ मित्रहरु बन्ने छन् । सहयोग, सद्भावको आदान प्रदान ज्यादा हुने छ । देश देशान्तरका काम व्यवहारबाट अपेक्षीत उपलब्धी हुने छ । धार्मिक तिर्थस्थान पनि हुने छन् । शुभ मांगलीक कार्यमा सहभागी हुन पाउने सौभाग्यले मन रमाउने छ । प्रतिभा, कलाकृति एवं कानूनी कार्यमा सफलता मिल्ने छ । उपहार कोशेली, पुरस्कार प्राप्तीको योग रहेको छ । सकरात्मक सोचाईको प्रभावले दयामायाका कार्यमा पनि सहभागिता भइने छ । धार्मिक र ऐतिहासीक यात्राहरु पनि हुनेछन् । तर मर्किश मंगल व्यायस सूर्य राहुको प्रभावले दुर्घटना एवं आर्थिक विचलन हुन सक्छ, सावधानी अपनाउँदा वार्षिक उपलब्धी राम्रै हुने छ ।

मिथुन (क, की, कु, घ, ङ, छ, के, को, ह)

वार्षिक कुण्डली अनुसार तपाईँको लागि यो वर्ष प्रभावशाली रहेको छ । जगलग्न अनुसार कर्मस्थानमा राशिको मालिकको प्रभाव रहेको छ । आत्मवल आत्मविश्वास बढ्ने छ । गहकिला र महत्वपूर्ण कार्यको शुरुवात गर्दा उच्चस्तरीय व्यक्तिको सहयोग सद्भाव मिल्ने छ । दुरदर्शी कार्य योजनाको रचना गरिने छ । आकस्मिक लाभको योग रहेको छ । आत्मोन्नतिको लागि परिस्थिति बन्ने छ । धेरै व्यक्तिको सहयोग सद्भाव पाइने छ । पढाई लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ । वार्षिक कार्य योजनाहरु फलदाई रहेको छ । तर आफ्ना छोरा, छोरी एवं कर्मचारी वर्गको काम व्यवहारहरु असन्तोष बन्न सक्छ । अर्थात अनावश्यक झण्झट दुःख र खर्च हुन सक्छ । दाम्पत्य सम्बन्धमा पनि आफ्नै एकोहोरो पनले गर्दा चित्त बुझाउन नसकिएला खान पिन आनिवानीमा विचार पु¥याएमा २०८० साल प्रभावशाली रहने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो)
कर्कट राशिका जातकको लागि सुखस्थानमा वक्रिग्रहको प्रभाव रहेको छ । साथै अष्टम अढैया शनिग्रहको प्रभावले स्वास्थ्य समस्या बढ्ने छ । काम व्यवहारमा विलम्बता दुःख परेशानी आइपर्ने छ । घर व्यवहारमा अदृष्य बाधा उत्पन्न हुन सक्छ । मातापिताको स्वास्थ्य चिन्ताले सताउने छ । कर्मचारी वर्गको लागि ग्रहण योगको कारणले गर्दा झमेला पर्न सक्छ । नयाँ काम व्यवहारहरु र मित्रहरुको खोजि गरिने छ । अनर्थको यात्रामा सहभागीता हुन सक्छ । चोटपटक झै झगडा मोचन हुन सक्छ सावधानी अपनाउनको साथै ईश्वरीय श्रद्धाभक्ति गर्दा कल्याण हुने छ । तर आश्विन मसान्तपछि वक्रिग्रहको गतिले राशि परिवर्तन गर्ने हुनाले केही राहत र सहज बन्नेछ । धैर्यताले काममा सफलता मिल्ने छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)

सिंह राशिका जातकको लागि २०८० साल मिश्रीत फलदायक रहेको छ । वार्षिक कारक ग्रहको पूर्ण दृष्ट्री रहेको छ । आत्मबल आत्मविश्वास बढ्ने छ । महत्वपूर्ण काम व्यवहार पनि सम्पन्न गर्न सकिने छ । व्यापार व्यवसाय पेशामा अपेक्षीत उपलब्धी गरीने छ । आर्थिक सामाजिक एवं राजनितिक कार्यमा सफलता मिल्ने छ । स्वास्थ्य स्फूर्ति हुने छ । देश देशान्तरसम्म जनसम्पर्क गर्ने क्षमता हुने छ । टाढा टाढाका व्यक्तिहरु नातो जोड्दै सम्पर्क गर्दै आउनेछन् पराक्रमको गति बढ्ने छ । धन, मान पराक्रम बढेर पन सहोदर एवं आफन्तैहरुलाई मतलव नगर्दा र महत्वकाक्षा बढ्दा दाजु भई साथिभाई साथै सधंै सहयोग र सरोकार गर्ने मित्रहरुले सराप्ने छन् । ग्रह योगको प्रभाव र बक्रिग्रहको कुदृष्टिको प्रभावले कलझगडा, दुर्घटना जस्ता अप्रिय घटनाहरु पनि घट्न सक्छन । सहोदरका व्यक्ति र सरोकारवाला आफन्तजनलाई मान्यता दिएमा यो वर्ष पराक्रमको हिसावले उपलब्धी दायक छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

तपाईँहरुको लागि यो २०८० सालले जगलग्न योग रहेको छ । शुभग्रहको वाहुल्यता निकै राम्रो रहेको छ भने पापीग्रहको प्रतिकुलता पनि त्यत्तिकै रहेको छ स्वगृही गुरु वृहस्पति र शुक्र ग्रहले मूलत्रिकोणको भूमिका खेलेका छन सकरात्मक सोचाईको वृद्धि हुनेछ । धर्मकर्म एवं सहयोग सद्भावका काम व्यवहारमा तल्लिन भइने छ । धार्मिक यात्रा अनुष्टानका कार्यमा सहभागिता भइने छ । नयाँ मित्रहरु बन्ने छन । सहयोग सद्भावको आदान प्रदान गरिने छ । विवाह व्रतबन्ध एवं शुभ माङ्गलीक कार्यमा सहभागी हुन पाउँदा सकारात्मक उर्जा बढ्ने छ । पुरस्कार उपहार पनि प्राप्तीको योग परेको छ । रमाइलो यात्रा हुने सौभाग्य मिल्ने छ । मान प्रतिष्ठा पनि बढ्ने छ । तर राशिबाट अष्ठम स्थानमा ग्रहण योग परेकोले रोग व्याधी, चोटपटक, चोरी समस्या आरोप प्रत्यारोप पनि लाग्न सक्ने सम्भावना रहेकोले सावधानी हुन पनि आवश्यक छ ।

तुला (रा, रा, रु, र, रा, ता, ता, तु, त)

वर्ष लग्न कुण्डली र जगल्लग्न कुण्डलीको काम राम्रो अनुपात मिलेको छ । राशिको मालीकको पूर्ण दृष्टी पुगेको छ । काम व्यवहार गर्दा आत्मवल आत्मविश्वास बढ्ने छ । सकरात्मक सोचाइको उदयले ऐतिहासीक कार्यको थालनी गरिने छ । अधिकांश कार्यहरुमा सफलता मिल्नेछ । व्यापार व्यवसाय एवं व्यवहारिक कार्यमा सफलता मिल्ने छ । पशुचौपाय मेशीनरी एवं बहानका कार्यबाट आकस्मिक लाभ हुने छ । शुभ यात्राको योग पनि परेको छ । आत्मसन्तुष्टिका कार्यमा सफलता मिल्नेछ । न्यायीक कार्यमा विजयता प्राप्त हुनेछ । आर्थिक उपलब्धी राम्रै भएर पनि दाम्पत्य जीवनमा प्रतिकुलता रहेको छ । पापी ग्रहको दृष्टि रहेको र पारिवारीक स्वास्थ्य समस्या पर्न सक्छ ।
वृृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
२०८० साल तपाईको लागि सामान्य रहेको छ । मातृस्थानमा पापीग्रहको बासस्थानले गर्दा स्वास्थ्य बाधा गृहकलह मिथ्यापवाद काम व्यवहारमा विलम्बता दुःख परेशानी आइपर्ने मुद्धा मामिलाको प्रभाव दैनिक विपत्ति आइपर्ने जस्ता अप्रिय अवस्था हुन सक्छ । तर छोरा छोरीका काम व्यवहार एवं कर्मचारी वर्गको सहयोगले काम व्यवहारमा केही सहयोग हुन सक्छ । विद्या बुद्धि क्षमता र प्रतिभा भएर पनि चतुर्थ अढैया शनिको प्रभाव अदृष्य बाधाको रुपमा खडा भएको छ तर जगल्लग्न कुण्डली अनुसार त देव गुरु वृहस्पति र दैव्य गुरु शुक्रको पूर्ण दृष्टिले गर्दा जति दुःख कष्ट आपत विपत परेपनि मनले हरेश खाने छैन् । दुःख कष्टलाई अनुभवको रुपमा लिन सकिने छ । नयाँ कार्य योजना रचिने छ ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढा, भे)

राशि कुण्डली अनुसार २०८० साल ज्यादै प्रभावशाली रहेको छ अन्तरदृष्टि स्वभाव भएको ग्रह एकादश स्थानमा राशिमालिकको पूर्ण दृष्टि पराक्रम स्थानमा शनि बुद्धि स्थानमा देव गुरु र अदृष्य रुपमा राहु ग्रहको सकरात्मक प्रभाव परेको हुनाले ऐतिहासिक कार्यको शुरुवात गर्न सकिने छ । कार्य योजनाहरु महत्वपूर्ण बन्ने छन् । रोकिएका काम व्यवहारहरु बन्नेछन । नयाँ कामका अवसर मिल्ने छन् । आफ्नै पराक्रमको गति बढ्ने छ । समझदारीको आधारमा महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिने छ । आर्थिक सामाजिक एवं राजनीति कार्यमा सफलता मिल्ने छ । कला, गला प्रतिभाका कार्यमा लगाएत अनुसन्धान मूलक कार्यमा सफलता मिल्ने छ । देश दोशान्तरका कार्यमा सफलता मिल्ने छ । पढाइ लेखाइ एवं शैक्षिक कृयाकलापबाट पुरस्कृत हुने सौभाग्य प्राप्त हुनेछ । तर आफ्नो चरित्रमा दाग लाग्न हुदैन् । दैनिक प्रभाव परेको छ । नैतिकतामा ध्यान नपु¥याएमा आफ्नो काम व्यवहारले आफैलाई पोल्ने छ । बाह्य हस्तक्षेपले केही गर्न सक्ने छैन । ज्यादै प्रभावशाली चल्ने छ ।

मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)

यो वर्ष राशिको मालिक नै छायाँमा परेका छन् । अन्त्य साढेसातीको प्रभाव आफ्नो काम व्यवहार बोलिवचनबाट आफैलाई पोल्न सक्छ । चोटपटकको प्रभाव ऋणभार बढ्न सक्छ । समयमा निर्णय लिन ¬(नसकिदा अरुले आफ्नो काम व्यवहारमा अरुले हस्तक्षेप गर्न सक्छन् । कुटुम्वीया योगको प्रभाव परेको छ । जसलाई विश्वास ग¥यो त्यसैले सताउन सक्छ । शत्रुभेद रहेको छ । मुद्धा मामिला चोरी चोटपटक लाग्ने सम्भावना रहेको हुनाले धनमालको संरक्षण काम व्यवहार एवं यात्रामा सावधानी अपनाउदा कल्याण हुनेछ । तर विद्यार्थी एवं सन्तान छोरा छोरीको काम व्यवहारबाट सन्तोष मिल्ने छ । होसियारीका साथ काम व्यवहार गर्दा वार्षिक कारक ग्रह शुखस्थानमा रहने हुनाले खुट्टामा लक्षीन छ । व्यापार व्यवसाय एवं गृहकार्यमा सफलता मिल्नेछ । हातमा र मुखमा अलक्षीन भएकोले बोलीबचनमा विशेष सावधानी रहनु पर्ने छ । आफन्त नै बैरी हुन सक्छन कुल कुटुम्बका व्यक्तिसंग काम व्यवहार गर्दा विशेष सावधानी रहन आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, द)

कुम्भ राशिलाई यो २०८० साल बर्षैभरी मध्य साढेसातिको कुप्रभाव परे पनि वार्षिक कारक ग्रह देव गुरुको अनुकुलता सकरात्मक रहने छ । वौद्धिक शक्ति बढ्ने छ । पढाइ लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ । शनिको प्रभावले अदृष्य बाधा रहे पनि बार्षिक कारक ग्रहको प्रभावले अदृष्य शक्ति पनि मिल्ने छ । परिस्थिति बुझ्न सकिने छ । “केन्द्रकोणे जीव आये रवै वा लग्ने चन्द्रे वारपि वर्गोत्तमे वा सर्वदोषा नाशमा यन्ति चन्द्रे लाभे तद्धद् मुहुर्ताशदोषा ।” भने जस्ता पढाई लेखाइ एवं शैक्षिक कार्य कुशलतामा यो वर्ष ज्यादै प्रभावशाली रहेको छ । कानुनी न्यायीक एवं प्रतियोगीताका कार्यमा विशेष उपलब्धी हुनेछ । देश देशान्तर सम्म जनसम्पर्क स्थापित गर्न सकिने छ । नयाँ प्रविधिको कार्यमा विशेष उपलब्धी गर्न सकिने छ । तर साथको शनि ग्रहको प्रभावले गर्दा स्वास्थ्य र यात्रामा विशेष ख्याल गर्नु पर्ने छ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची)

तपाईको लागि यो वर्ष राशिको मालिक नै छायाँमा परेका छन् साथै आद्य साढेसातीको प्रभाव चोटपटक ऋण भार बढ्ने छ । मिथ्य अपवादले गर्दा आफ्नै मनभित्र शंका उपशंका उब्जने छ । समयमा काम व्यवहारको निर्णय गर्न नसकिदा अरुले आफ्नो अधिकारमा हस्तक्षेप गर्ने छन् । शत्रुभेद चोरी चोटपटक लाग्ने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउन आवश्यक छ । तर सहोदर र आयस्थान प्रभावकारी रहेको हुनाले परिस्थितिलाई बुझ्न सक्ने क्षमतामा कमी हुने छैन । एउटा काम व्यवहार विग्रीए पनि अको काम गर्न पछाडी परीने छैन । समस्यासंग एउटा काम व्यवहार विग्रीए पनि अर्को काम गर्न पछाडी परिने छैन । समस्यासंग जुध्ने क्षमता हुने छ । खर्च दुःख भएर पनि ईमान्दारीताको कारणले शिर उच्चै हुनेछ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: