पोखरामा फस्टाउँदो कौसी खेती, अर्गानिक तरकारी, काम पनि दाम पनि

सराङकोट न्यूज
10 May, 2023 9:37 am
Advertisements

पोखरा

पोखरामा बढ्दो सहरीकरणका कारण हरिया उर्वर फाँटहरु कंक्रिट बगैंचामा रुपान्तरण भएका छन् । टुपुक्क घर मात्र बनाएर जिविका चलाउनु पोखरेलीहरुको बाध्यता बनिसकेको छ । दाल चामल फलफूल सबै किनेर खानु पर्ने अवस्था झन् पछि झन् पेचिलो बन्दै गएको छ । व्यवसायी खेती पातिका नाममा उत्पादित बजारिया किनेर खाँदा रोग पनि सँग किनेर खानु आम सहरवासी नागरिकहरुको नियति नै बनेको छ ।
पछिल्लो समयमा नागरिकहरुको सचेतना दर बढेको पाइएको छ । दैनिक विहान बेलुका खानु पर्ने तिहुन तरकारीहरु आफ्नै कौसीमा उत्पादन गर्ने रुचि देखाएका छन्। नागरिकले देखाएको कौंसी तरकारी खेती अभियानलाई स्थानिय सरकार अर्थात् पोखरा महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको हुँदा थप टेवा मिलेको छ । महानगरको साथ सहयोगले पोखरेली नागरिकहरु आफ्नै कौसीमा हुर्काएको विषादी रहित ताजा तरकारी खान पाएकोमा यतिकै मख्ख र दंग छन् ।

कसरी लगाइन्छ कौंसी तरकारी खेती

घरको खाली भाग अर्थात् कौंसीमा घरमा काम नलाग्ने डेक्ची, ताउलो, पानीका फुटेका जार, वाल्टी र गमलाहरुमा माटो भर्ने घरमै कुहिने फोहोरबाट बनाएको कम्पोस्ट मल र गडयौला प्रयोग गरेर माटोलाई मलिलो बनाई सिजन अनुसारको तरकारीको बेर्ना उमार्ने । उम्रिएको बेर्नालाई भाडोमा भरिएको माटोमा तरकारीको विरुवा सार्ने । साँझ विाहन पानी हाल्ने, गोडमेल गर्ने, किरालाई किरा लागेको भएपनि विसादी नराख्ने, खरानी, गाइ गोरुको पिसाव प्रयोग गरेर किरा हटाउने । कौंसी खेतीमा मौसमी मात्र नभई वेमौसमी तरकारी तथा फलफूल खेती गर्न सकिने कौंसी तरकारी खेतीको अभियन्ता समेत रहेकि कान्ती पौडेल अधिकारी बताउँछिन् । अधिकारी वडा स्तरीय कृषि संजाल पोखरा–८ को संयोजक समेत रहेकिछिन् । वडा कार्यालय र कृषि पशुपक्षि विकास महाशाखा पोखरा महानगरको समन्वयमा कौसी खेती प्रवद्र्धन व्यवस्थापन र तालिम दिदै आएको संयोजक कान्ति अधिकारी बताउँछिन् महानगरले कौंसी खेतीका लागि तालिम, परामर्शका अलावा विउ, मल र कम्पोस्ट मल बनाउने विन खरिदलमा ५० प्रशित अनुदान सहयोग प्रदान गर्दै आएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउँछन् । कुन मौसममा कुन फलफूल तरकारी लगाउन सकिन्छ भन्ने बारेमा प्राविधिक सहयोग पनि महानगरले उपलब्ध गराउँदै आएको कौसी खेतीका अभियन्ताहरुले बताउँदै आएका छन् ।
कौंसी खेतीमा लोकल गोलभेडा, सिमी, काउली, बन्दा, ब्रोकाउली, जुकेनी फर्सी, आलु, प्याज धनियाँ, पुदिना र राय तोरी चालिसे मुलाका सागहरु हुर्काउन सकिने छ । कतिपयले कौसीमै सुन्तला, स्ट्रवरी, कागती समेत फलाएका छन् । मेहनती र जांगरिला व्यक्तिहरु लागि कौसी खेती सुनको फूल पार्ने कुखुरा जस्तै हो ।

कौसी खेतीका फाइदा

आफ्नै घरको छत कौसीमा आफ्नै हातले रोपेर लहलह हुर्काएका विषादीरहित तरकारी खान पाउनु रोगबाट टाडा वस्नु र आयू बढाउनु हो सवैभन्दा मुख्य फाइदा यहि हो जसले स्वस्थ जीवन जिउन पाइन्छ । दोस्रो फाइदा भनेको बजारका महंंगो विसालु तरकारी किन्नु नपर्दा घर खर्चको बचत हुने पक्का छ र वासी तासी सडे गलेका गन्धित तरकारी खाने वाध्यताबाट पार पाइन्छ ।
घरबाट मिल्काउन पर्ने पुराना, टुटे फुटेका भाडाहरु, पानीका फुटेका जार, डेक्ची, ताउला, बाल्टीहरुको प्रयोग गर्न पाइन्छ । घरबाट निस्कने कुहिने फोहोरलाई कम्पोस्ट मल बनाएर प्रयोग गरिँदा घरमै फोहोर व्यवस्थापन गर्न सकिन्छ त्यसले महानगरको फोहोरमैला उठाउने, ओसार्ने र थुपार्ने समस्या समाधानमा टेवा दिन्छ । फोहोर महिलाका विसर्जन हुनुका साथै छत कौंसीमा हरित वातावरणको सिर्जना हुन गई स्वच्छ वातावरणको निर्माण हुन जान्छ ।
अझ अर्को महत्वपूर्ण फाइदा गृहणीहरुलाई छ । सामाजिक सञ्जालमा खर्च हुने व्यर्थ समय कौसी खेतीको गोडमेल, काटछाँट र सरसफाइमा वित्ने हुँदा त्यसले सकारात्मक उर्जा प्राप्त हुन्छ । बेकामे भएर अरुका कुरा काट्ने, कल गर्ने, मोबाइलको दुरुपयोग गरी भुलेर दिन गुजार्नेहरुका लागि कौसी खेती एउटा स्वस्थ्य र स्वच्छन्द्ध अवसर हो जसले व्यस्तता, स्वच्छन्दता र आत्मनिर्भर बताउँछन । कौसी खेतीकी अभियन्ता कान्ती पौडेल अधिकारी भन्छिन् कौसी खेतीमा व्यस्त हुने महिलाहरु डिप्रेसनको समस्याबाट मुक्त रहन्छन् । हरियाली बातावरण सिर्जना गर्नु त्यसैमा भुल्नु र अगार्निक तरकारी आफू र आफ्नो परिवारलाई खुवाउन पाउँदा दिमागले नकारात्मक कुरा सोच्नै भ्याउँदैन अधिकारीले निर्धक्क सँग बताँइन् ।
तरकारी आयात प्रतिस्थापन गर्न सकिएमा चुलिएको व्यापार घाटामा कमि ल्याउन सकिन्छ। विषालु तरकारीबाट टाडा रहने हो र जीवनलाई स्वास्थ्य तुल्याउने हो भने आफ्नै घरको छत, र बचेखुचेका जग्गाहरुलाई तरकारी तथा फलफूल खेतीमा प्रयोग गर्नु सवै दृष्टिबाट अब्बल मान्न सकिन्छ । कौसी तरकारी खेतीमा समर्पित कृषक गृहणीलाई सम्मान तथा पुरस्कृत गरेर पनि कौसी खेतीलाई बृहत् बनाउन सकिन्छ । त्यसतर्फ स्थानिय सरकारको ध्यान जान जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: