आम नागरिकको जिज्ञाशाः शरणार्थी काण्डमा को–को डामिएलान् ?

यदुनाथ बन्जारा
10 May, 2023 12:20 pm
Advertisements

पोखरा

यतिखेर नेपालको राजनीति वृतमा भुटानी शरणार्थी काण्डले सर्वत्र चर्चा पाइरहेको छ । एक महिना अघिबाटै प्रहरीले अनुसन्धान गर्दै आएको नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पु¥याई मोटो रकम कमाउने गिरोहको सञ्जाल उच्च सरकारी कर्मचारीदेखि प्रधानमन्त्रीसम्म पुगेको पाइएपछि जारी नक्कली शरणार्थी छानविन नै अस्तित्वको संकटमा पर्न जाने पो हो कि भन्ने तर्फ चिन्ता व्यक्त गर्न थालिएको छ ।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पु¥याउने काण्डका बारेमा अधिकांस नेपाली जनताले बुझिसकेका छन्। नेपालबाट १ लाख २० हजार भुटानी शरणार्थी अमेरिका क्यानडा स्वीडेन लगायत तेस्रो मुलुकमा आश्रय पाइसकेका छन्। सन् १९९० मा भुटानबाट लखेटिएका नेपालीहरु पूर्वी नेपालको झापा र मोरङ आई शिविर बनाई आश्रय लिइ आएकोमा यूएनएचसिआरको विशेष पहलमा भुटानी शरणार्थीहरुलाई अमेरिका र यूरोप मुलुकहरुमा पुनर्वास गराइएको थियो ।
भुटानी शरणार्थीलाई विदेशमा गरिने पुनर्वास कार्यक्रम सकिएपनि केहि मानव तस्करहरुले भुटानी शरणार्थीको नाममा अमेरिका पठाएर कमाउ धन्दा गर्ने योजना बमोजिम कार्य अगाडि बढाइएको तथ्यांक विवरण प्रहरीको सुरुआती छानविनबाटै बाहिरिएको छ । स्वदेशी नेपाली नागरिकलाई विदेशी भुटानी शरणार्थी बनाई अमेरिका पु¥याउनु सामान्य अर्थात् गैह्रसरकारी गिरोहबाट सम्भावना नै थिएन अत वाहिरिया गिरोहको ग्राण्ड डिजाइनमा सरकारका मन्त्री, पूर्वप्रधानमन्त्री र उच्च सरकारी अधिकारीको प्रत्यक्ष संलग्नता गराइ अरवौं रुपैयाँको रेलो खेलो गरिएको भेटिएको छ ।
नक्कली शरणार्थी तस्करी काण्डमा यो समाचार पार्दा सम्म १० जना आरोपी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा तत्कालिन गृहसचिव हाल उप राष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीका छोरा सन्दिप रायमाझी पक्राउ परिसकेका छन् । यस्तै केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर थुलुङ राई, टेंक गुरुङ पक्राउ परिसकेका छन् । एमालेका सचिव पूर्व उपप्रधानमन्त्री अर्घाखाँचीबाट संसद जितेका टोप बहादुर रायमाझी, सुरक्षा सल्लाहकार ईन्द्रजित राइका छोरा नीरज राई, फरार छन् उनिहरु विरुद्ध पक्राउ पूर्जि जारी भएको छ । यसै क्रममा दुई आरोपी गोविन्द चौधरी र रामशरण केसी लाई पक्राउ गर्न प्रहरी निकट आरोपी द्धय चौधरी र केसीको निकट पुगेको स्रोतले दावी गरेको छ स्रोतले भन्यो बुधबारसम्म प्रहरीले पक्राउ गर्छ ।
नक्कली शरणार्थी बनाई अमेरिका पु¥याउने योजनामा भिआइपी पात्रहरु पनि जोडिनुले अनुसन्धान सफल हुनेमा शंका हुन थालेको छ । तेस्रो मुलुकमा पुनर्वास कार्यक्रम तत्काल सकिएपनि ६ हजार ५ सय ७७ जना आफूलाई शरणार्थी दावी गर्दै झापाको वेलडा·ी र मोरङको शनिश्चरे पत्थरी शिविरमा बसिरहेका छन् । उनिहरुले आफू विभिन्न कारणबस तेस्रो मुलुक जानबाट छुटेको दावी गर्दै आएका छन् ।
तत्कालिन सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले छुटेकालाई पठाउन कार्यविधि संसोधन गर्न सल्लाह गरेका थिए त्यहि सल्लाहका आधारमा तत्कालिन गृहमन्त्री राम बहादुर थापा बादलको मन्त्रीस्तरीय निर्णयका आधारमा २०७६ जेष्ठ ३० गते पूर्व सचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनाइएको थियो । पन्थी कार्यदलले दिएको प्रतिवेदनको अनुसूचि भरी निवेदन दिएकाहरु ८७५ जनाको आवेदन स्वीकृत गर्न नचाहे पछि गिरोहको वास्तविक खेल इन्ट्री भएको देखिन्छ । आवेदन भर्नेहरु गिरोहका सेटिङका पात्र थिए । उनिहरुबाट मोटो रकम समेत उठाइएको थियो ।
आवेदन अस्वीकृत भएपछि गिरोहले सरकारी संयन्त्र भित्र प्रवेश गरी प्रतिवेदनलाई नै किर्ते गरेर आफ्नो अनुकुलतामा ढाल्न गिरोह लागेको प्रहरीले पत्ता लगाएको छ ।
गिरोहले गृह सचिव टेक नारायण पाण्डे सुरक्षा सल्लाहकार इन्द्रजित राई, गृहमन्त्री बादलका छोरा प्रतिक थापा लगायतले प्रतिवेदन निकाल्न र किर्ते गर्न सहयोग पु¥याएको रहस्योद्घाटन भएको छ । पन्थी कार्यदलले अस्वीकृत गरेको ८७५ को ‘अ’ नै हटाइदिएको छ । गिरोहले आफ्नो ठग्ने सेटिङ मिसन अनुकुल सरकारी (पन्थी) प्रतिवेदन तोडमोड गरेका थिए । प्रति व्यक्ति १० देखि ५० लाख सम्म रकम उठाएका उनिहरुले सरकारी प्रतिवेदनका पानामा नाम समेत लेखेर पैसा उठाउन भ्याएका थिए।
मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाचथरका टेक गुरुङ पक्राउ परेपछि लहरो तान्दै जाँदा पहरो नै लड्ने अवस्थामा पुगेको छ । पैसा उठाउने, सेटिङ मिलाउने यि पात्रहरु उच्च सरकारी संयन्त्रसम्म पुगे पछि गोप्य प्रतिवेदन झिक्ने, सच्चाउने सम्मको काम भएको छ त्यो काममा, अख्तियारका प्रमुख आयूक्त प्रेम कुमार राई (तत्काल गृह सचिव) थिए । पीडितहरुले अख्तियारका उजुरी दिदाँ सुनुवाइ गरिएन त्यतिखेर प्रेम राई नै अख्तियारका प्रमुख आयुक्त थिए। पछि गृहमन्त्री बालकृष्ण खाँण थिए उनले आफ्ना प्रिय पात्र मानिने टेक नारायण पाण्डेलाई गृहसचिव बताए।
जव जव घटनामा उच्च राजनीतिक पात्र भेटिन्छन् वन मुद्दाका हात काम्न थालेको छ । संघ पनि अवस्था प्रतिकुल बन्ने आशंका रहेको छ । पूर्व मन्त्रीहरु थापा र रायमाझीसम्म आइपुग्दा भएको कसिलो अनुसन्धान बालकृष्ण खाँण पतर्फ सोझिएपछि ओली देउवा र प्रधानमन्त्री प्रचण्डको घाँटी जोडिएको पाइन्छ। सत्य, तथ्य अनुसन्धानलाई रोक्ने हो भने मुलुक भ्रष्टाचारको दलदलबाट निस्कन सक्दैन ।
पूर्व प्रधानमन्त्री केपी हुन या शेर बहादुर देउवाका नेता कार्यकर्ता मुछिदैमा अनुसन्धान तुहाउन हुँदैन । जनताले सिधा निगरानीमा राखेका छन् अझै पनि भ्रष्टाचार लुकाउन थालियो वा जोगाउन थालियो भने जनताले अव माफि दिने छैनन् । मञ्जु खाँण, आरजु देउवा, वालकृष्ण खाँण, केपी ओली जोसुकै भएपनि निस्पक्ष छानविनमा सघाउनु पर्छ। यो छानविन तरह लागेपछि एनसेल, वाइडवडी, टेलिकम फोरजी, क्यान्टोनमेन्ट घोटाला सवैको छानविन अघि बढाउन वल पुग्छ । यहाँ ठूला भनिनेका कारण दण्डहिनता मौलाउन दिनु हुन्न अझ नागरिकको आवाज पनि यहि हो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: