पोखरामा शैक्षिक बेथिति, सरकारी विद्यालयका कक्षा वृज कोर्ष पढाउन भाडामा !

यदुनाथ बन्जारा
23 May, 2023 11:46 pm
Advertisements

पोखरा

केहि हप्ता मात्र अगाडि पोखरा महानगरपालिकाले एसइई दिएर बसेका विद्यार्थीहरुलाई ११ कक्षामा भर्ना गर्ने प्रयोजनका लागि वृज कोर्ष कक्षा पढाउन नपाउने उर्दी जारी ग¥यो । महानगरले त्यस्तो निर्णय त ग¥यो तर त्यसको कार्यान्वयन तर्फ चासोपूर्वक अनुगमन र नियमन नगर्दा सरकारी विद्यालयहरु भित्रै वृज कोर्ष पढाई हुँदै आएको पाएको छ । त्यो पनि प्राइभेट इन्स्टिच्युटहरुले सरकारी विद्यालयका कोठा भाडामा लिएर।


पोखरा महानगरपालिका वडा नं. ४ मा रहेको नविन मा.वि. यस्तै एउटा उदाहरण बनेको छ । पोखरा ४ सिद्धार्थ चोकमा रहेको लिड्स एजुकेशनल एकेडेमीले नविन मा.वि.को कक्षाकोठा भाडामा लिएर लिड्स वृजकोर्ष एण्ड इन्ट्रान्स टेस्ट प्रिपेरेसन कक्षा चलाइरहेको पाइएको छ । एसइई दिएर नतिजा पखाईमा रहेका विद्यार्थीहरुका लागि स्टार्फ नर्स, होटल मेनेजमेन्ट, हेल्थ एलाइड विषयमा भर्ना हुनका लागि इन्ट्रान्स परीक्षाको तयारी कक्षा भन्दै सरकारी विद्यालयको कक्षा कोठा प्रयोग गर्दै आएको भेटिएको छ । प्रति विद्यार्थी १० हजार लिएर भर्ना गराएका २ सय जना विद्यार्थीहरुका लागि नविन मा.वि. प्रयोग गरिएको छ ।
लिड्स एजुकेशन एकेडेमीका अध्यक्ष राकेस जोशी रहेका छन्। जोशी पालिखे चोकमा रहेको प्रतिभा मा.वि. वोडिङमा आवद्ध रहेका छन् । पोखरा महानगरले व्रिज कोर्ष पढाउन निषेध गरे पनि उनले सरकारी स्कुलमै व्रिज कोर्ष कक्षा चलाएर चुनौती दिएका छन्।
यस बारेमा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले भने “हामीसँग नविन मा.वि.मा वृज कोर्ष कक्षा चलाउन अनुमति मागेका थिए तर हामीले मिल्दैन हुँदैन भनेका छौं ।” पोखरा महानगरका मेयर धनराज आचार्यसँग लिड्स एकेडेमीले सरकारी विद्यालय नविन मा.वि. भित्र वृजकोर्ष चलाइएरहेको बारे ध्यानाकर्षण गराउँदा आचार्यले भने “त्यसो गर्न कुनै हालतमा मिल्दैन महानगरले नियमन गर्छ।”
यता सिमित बजेटमा चल्नु चलाउनु पर्ने सामुदायिक विद्यालयको आफ्नै पिडा रहेको छ । निजि संस्थालाई सामुदायिक विद्यालयको कक्षा कोठा भाडामा लगाउनु आफ्नो रहर नभएर वाध्यता रहेको नविन मा.वि. वि.व्य.स. का अध्यक्ष सिरोज विजय कोइराला बताउँछन् । विद्यालयको आन्तरिक समस्या टार्न लिड्स एजुकेशन एकेडेमी नामक प्राइभेट संस्थालाई विहान ३ घण्टाको लागि कक्षा कोठा भाडामा दिइएको अध्यक्ष कोइरालाले बताए । विद्यालयका प्र.अ. शिरोमणी लामिछानेले पनि विद्यालय भित्रको पुस्तकालय बढाउन भाडामा दिएको स्वीकार्छन् । सामुदायिक विद्यालय चलाउनु राज्यको दायित्व हो विद्यार्थी संख्या र शैक्षिक गुणस्तरका आधारमा स्रोत साधनको उचित प्रबन्ध गर्नु महानगरकै (राज्यको) कर्तव्य हो । विद्यार्थीलाई किताव किन्न निजि संस्थालाई विद्यालय भाडामा दिएर अवैध व्रिज कोर्ष कहिले सम्म चलाउने ?
लिड्स एकेडेमीले मात्र वृज कोष पढाइरहेको छैन । कक्षा ११ को भर्नाको लागि भन्दै पोखरा बजारका ठाउँ ठाउँमा वृजकोर्ष कक्षा चलिरहेका छन् । महानगरले किन गरेन अनुगमन र नियमन ? अनुगमन र नियमन नै नगर्ने हो भने किन सूचना प्रकाशन गरेर तरंग ल्याउने? आम नागरिकको प्रश्नको आँखामा छारो हाल्ने काम मात्र नहो् महानगरको सूचना । कहाँ कहाँ चलेका छन् वृजकोर्ष ? कति वटामा भयो अनुगमन र नियमन ? नागरिकले जवाफको अपेक्षा राखेका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: