कहिले पाउँछ मातृशिशु अस्पतालले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी ?

सराङकोट न्यूज
16 June, 2023 1:40 pm
Advertisements

पोखरा

पोखरा–१६, बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल प्रदेश अन्तरगतको जिल्ला अस्पताल हो उक्त अस्पतालमा चिकित्सकदेखि कार्यालय सहयोगी समेत गरि ३७ जनाको दरबन्दी छ । तर विडम्बना १७ जनाको दरबन्दी रिक्त रहेको पाइएको छ । मेडिकल अधिकृतको ४ जनाको दरवन्दी रहेकोमा १ जना मात्र चिकित्सक कार्यरत छन् ३ जनाको पद रिक्त छ ।
प्रायजसो यस अस्पतालमा दरवन्दीका डाक्टर खाली हुन्छ । दरबन्दी अनुसार पोष्टिङ हुने अनि कोही पढ्न जाने कोही विदेश भासिने तर दरबन्दी चाही खाली राखिरहने मातृशिशु अस्पतालको परम्परागत खानदानी रोग नै बनेको छ भने कसरी पाउँछन विरामीले भने जस्तो सेवा ? प्रदेश सरकारले लोकसेवा संग समन्वय गरेर तत्काल चिकित्सक पठाउन सक्छ तर इच्छा शक्ति नै कोमामा रहेको ठाउँमा आय सर्वसाधारणले के अपेक्षा राख्न्े राज्यबाट ।
मातृशिशु अस्पतालमा विरामीको चाप बढेको छ । तर चिकित्सक छैन, फार्मेसी अस्पतालकै छ तर दरबन्दीको कर्मचारी (फार्मेसीष्ट) छैन ल्याव छ उपकरण छ तर ल्याव टेक्निसियनको दरबन्दी खाली छ, नर्सिङ अधिकृत रिक्त छ । त्यतिमात्र हैन ३ बर्षअघि तत्कालिन सामाजिक विकास (स्वास्थ्य मन्त्री) मन्त्री नरदेवी पुनले मिति २०७६ पौष २४ गते सघन उपचार (क्ष्ऋग्) उद्घाटन गरिन् २ वटा डिप्रिसिलेटर लगायतका महंगा आइसियु उपकरण किनीयो तर ति समान सहितको सघन उपचार कक्ष १ दिनपनि चल्न सकेको छैन, प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्न नसक्दा उपकरण सड्ने अवस्थामा पुग्दै छन भने विरामी सेवा नपाएर महंगा प्राइभेट अस्पतालमा जान बाध्य पारिएका छन् । समान किन्न हतारो गर्ने तर चलाउन चासो नदिने राज्यको गैह्रजिम्मेवारी कार्यशैलीबाट आम सर्वसाधारण नागरिक आजित छन् । यो कहिले सम्म ? यस प्रश्न उनुत्तरित रहेको रह्यैछ ।
अस्पतालको दरवन्दी अनुसारको पदपूर्ति गर्ने काम लोकसेवाको हो तर दरबन्दी रिक्त रहेको जनाकारी अस्पतालले मन्त्रालयलाई दिने र मन्त्रालयले विज्ञापनका लागि लोक सेवालाई बेलैमा उपलब्ध गराउनुपर्छ। प्रदेश लोकसेवा आयोगका प्रवक्ता कृष्ण प्रसाद आचार्य भन्छन् “स्वास्थ्य मन्त्रालयले दरबन्दी खाली भएको जानकारी गराएको खण्डमा प्राथमिकता दिएर विज्ञापन निकाल्छौं ।”
यस विषयमा स्वास्थ्य मन्त्रालयका सचिव विनोद विन्दु शर्माको ध्यानाकर्षण गराउँदा दरबन्दी पदपूर्ति दिइरहेको बताए। प्रदेश तहमा पदस्थापन भएका मे.अ. चिकित्सकहरु मास्टर अध्ययनका लागि जाने गरिदा पद खाली हुने गरेको सचिव शर्माले स्वीकार गरे । मातृशिशु हस्पिटलको आइसियु कहिले चल्छ त भन्ने हाम्रो जिज्ञासामा एनेस्थियोका लागि चिकित्सक माग गरेको तर आवेदन नपरेकोले समस्या परेको बताए । सरकारी तलव स्केल न्युन भएकोले आवेदन नपर्ने गरेको सचिव शर्माले बताए मन्त्रालयले यस बारेमा थप पहल गर्ने र जनशक्ति उपलब्ध गराएर आइसियु सेवा प्रवाह गरिने बताए तर कहिले त्यो भने एकिन भएको छैन । हाल १ जना एनेस्थिसियका चिकित्सक कार्यरत छन तर आइ.सि.यु सेवा सञ्चालन अझै असम्भव रहेको बताइन्छ। अस्पताल विकास समितिका अध्यक्ष धर्मराज थापाका अनुसार आइसियु सञ्चालनका लागि कार्यविधिबाट समस्या रहेको बताएका छन् । यद्दपि खरिद भएको झण्डै पौने २ करोडको सम्पति उपयोग गर्दै आम जनतालाई सेवा दिन कानुनका कार्यविधि सच्चायी अघि बढ्न आवश्यक ठानी पहल जरुरी रहेको अध्यक्ष थापाले बताए ।
दरबन्दीका चिकित्सक खाली भए पनि छात्रवृति करारका विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका नवौं तहका स्त्रीरोग विशेषज्ञ डा. धर्मदेव ढकाल मेसु रहेका छन भने ९ औं तहकी बालरोग विशेषज्ञ डा. रोजीना पौडेल, बालरोग विशेषज्ञ डा. कुशल बराल, दन्त चिकित्सक डा. गरिमा देवकोटा लगायतले मातृशिुुसु मितेरी अस्पतालका सेवालाई सूचारु गरिरहेका छन् । अघिल्लो वर्षको तुलनामा रिफरलाई शुन्यमा झार्ने गरि काम भइरहेको अध्यक्ष थापाले बताएका छन् ।
सरकारले सरकारी अस्पताललाई सक्षम जनमुखि र सेवामैत्री बनाउन विशेष योजना लागु गर्नु पर्छ । स्रोत साधन मात्र थुपार्नु भन्दा जनशक्ति व्यवस्थापन गरि सेवा प्रवाहमा केन्द्रीत रहने तर्फ प्रदेश सरकारको ध्यान जान जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: