पोखरा मलमा बस्ने ४३ विरुद्ध नेपाल बैंकको १५ दिने उर्दी जारी

सराङकोट न्यूज
27 June, 2023 1:23 pm
Advertisements

पोखरा

नेपाल बैंक लिमिटेडको स्वामित्वमा पोखरा–९, पृथ्वीचोकमा रहेको पोखरा मल भाडामा बस्दै आएका ४३ जना विरुद्ध वैंकले नाम विवरण सार्वजनिक गर्दै १५ दिनभित्र भाडा तिर्न आउन उर्दी जारी गरेको छ। बैंकले असार १० गते राष्ट्रिय पत्रिकामा भाडा नतिर्ने ४३ जना व्यवसायिक फर्मका नाममा वक्यौता रहेको भाडा रकम सहितका विवरण सार्वजनिक गरेको छ ।
बैंकले जारी गरेको सूचना बमोजिम २०८० असार २४ गतेभित्र तोकिएको रकम चुक्ता भुक्तानी गर्न नआएमा २५ असारबाट कानूनी प्रकृयामा जाने बताएको छ । बैंकले सटर कवलको समान हटाई खाली गराउने समेत सूचनामा उल्लेख गरेको छ । बैंकले असार १० गते दावी गरेको सूचना अनुसार ४३ वटा फर्म तथा व्यक्तिहरुबाट ४ करोड २९ लाख १२ हजार ८३९ रुपैयाँ भाडा वक्यौता उठ्न वाँकी रहेको छ । निमध्य यातायात टुर्स एण्ड ट्राभल्सको १७ लाख बढि वक्यौता रहेको छ। यस्तै बाबा फलफूल सेन्टरका संचालक सन्तोष जैसवालको १५ लाख बढी वक्यौता रहेको छ । यस्तै तेजरत्न ज्वेलर्सका संचालक किसान सुनारको १४ लाख वढि वक्यौता रहेको खुलेको छ ।
किसान सुनारको नाममा रहेको चेम्वसका नामाम रहेको सहित विभिन्न ४ वटा फर्ममा गरी २४ लाख भाडा वक्यौता रहेको खुलेको छ ।
सरकारी कम्प्लेक्समा सम्झौता गरी बसेका व्यवसायी फमृहरुले भाडा घटाउने माग गर्दै आएको छन् । कोरोना अवधिको भाडामा छुट हुनुपर्ने लगायतका माग राखी फर्म संचालकहरुले भाडा तिरेका थिएनन् । सरकारी निकायले सम्झौताभन्दा घटी भाडा असुल्दा कानूनी समस्यामा पर्ने भएका कारण भाडा छुट दिने विषयमा कानूनी समस्या पर्न जान्छ।
पोखरा मलको भाडा टेण्डर लगाउँदा यस अघि एउटै फर्मलाई जिम्मा लगाइएको थियो पछि उक्त ठेक्का रद्द गरी व्यक्तिगत करार गरी भाडामा लगाएको छ । भाडा कम गराउने अभियानमा लागे पनि त्यसले सार्थकता दिन समस्या रहेको जानकारहरु बताउँछन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: