सरकारको नीति एकातिर काम अर्कातिर (फेवा सिटी हस्पिटल फलो अप)

सराङकोट न्यूज
19 July, 2023 9:18 am

पोखरा

निजि अस्पतालको सञ्चालन सरकारले दिने सर्त सहितको स्वीकृतिबाट मात्र हुनेगर्छ । आम नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी विशेष चासो राख्ने गरेको हुन्छ ।
अस्पताल सञ्चालन गर्नु सामान्य पसल, कारखाना चलाए जस्तो सहज र सामान्य विषय पनि होइन । तर कतिपय निजि अस्पतालहरुले सरकारीले तोकेको नीति, निर्देशनलाई कागजको खोस्टो समान मानेर मनमर्जी ढंगबाट अस्पताल सञ्चालन गर्दै आएको पाइन्छ । सराङकोटले गत हप्ता पोखराको पुरानो मानिने फेवासिटी हस्पिटलको चिरफार समाचार प्र्रकाशन गरेपछि उक्त हस्पिटलको बारेमा थप गुनासो र चासोहरुको पुलिन्दा खुल्न थालेका छन् । विभिन्न व्यक्तिहरुले तितो अनुभव सुनाएका छन् । तर्सिएका र विच्किएका विरामीहरु र तिनका आफन्तहरुले सुनाएका तिता अनुभवहरु नै हस्पिटलमा सेवाग्राहीहरु पातालिदै गएको कारण बन्दै गएको बुझ्न सकिन्छ ।
गतहप्ता हामीले नर्सिङ कार्यक्रम चलाउँदै आएको फेवा सिटी ईन्स्टिच्यूट अफ मेडिकल साइन्सको विद्यार्थीहरुले क्लिनिकल अभ्यास गर्ने फेवा सिटी हस्पिटलको बारेमा चिरफार ग¥याँै । सय वेडको अस्पताल हुनै पर्ने र त्यसमा पनि ६० प्रतिशत शैयामा विरामी भर्ना भइ उपचार भएकै हुनपर्ने कानूनी प्रावधान र फेवा सिटी हस्पिटलको वर्तमान अवस्थाको बारेमा केलाउने प्रयास ग¥याँै । लिखित सूचना माग गर्दा प्राप्त भएको लिखित जवाफ नै हाम्रो समाचारको प्रमाण बनेका छन् । कलेज नविकरणका लागि झुटा विवरण तयार पारेर रचिएको पुलिन्दा परस्पर विरोधी संस्था विवरणबाट पटाक्षेप भएकोछ । नियामक निकाय सिटिइभिटिले कस्तो कदम चाल्दछ त्यो भने हाम्रो लागि प्रतिक्षाको विषय बनेको छ ।

Advertisements

१० प्रतिशत छुट देखावटी मात्र

निजि स्वास्थ्य संस्था दर्ताको पहिलो सर्त नै हो १० प्रतिशत विरामीलाई निःशुल्क उपचार प्रदान गर्नु तर अधिकांश निजि अस्पतालहरुले यो सर्तको ठाडो अवज्ञा गर्दै आएका छन् । संघिय सरकारले जारी गरेको १० प्रतिशत विरामीलाई निःशुल्क उपचार सेवा लागु गर्न निति निर्देशन र अस्पताल दर्ता सञ्चालनको मुख्य सर्त अवज्ञा गर्दै आएको पाइन्छ ।
फेवा सिटी हस्पिटलसँग निःशुल्क उपचार सेवा बारे माग गरिएको सूचनामा हामीलाई प्राप्त लिखित जानकारी विवरणमा जम्मा १ सय जनालाई मात्र निःशुल्क स्वास्थ्य सेवा दिइएको उल्लेख छ । जवकी सो अवधिमा हामीलाई उपलब्ध उपचार विरामी चाप (अकुपेन्सी) विवरण ४१८८३ जना रहेका छन् त्यसको १० प्रतिशत ४१८८ जना हुन आउँछ तर जम्मा १ सय जनाको नामावली विवरण हामीलाई दिएको छ उक्त आधारमा निःशुल्क सेवा अनुपात ०.००२३ प्रतिशत मात्र हुन आउँछ ।
स्वास्थ्य कार्यालय कास्कीलाई दिएको विवरणलाई आधार मान्ने हो भने ४१२८ जनाको उपचार गर्दा त्यसको १० प्रतिशत वरावर ४१२.८ जना हुन आउँछ तर फेवासिटी हस्पिटलले त्यो पनि लागू गरेको छैन । यसबाट बुझ्न सकिन्छ की फेवा सिटी हस्पिटल सामाजिक उत्तरदायित्व बहन गर्न र सरकारको नियम पालना गर्न चाहिँदैन । सरकारले विरामी उपचारको दररेट बढाउन अनुमती दिँदा तत्काल लागू गर्ने तर सरकारी सर्त निति निर्देशन पालना गर्नबाट भाग्ने प्रवृति कहिले सम्म ? राज्यले गर्ने अनुगमन नियमन र कारबाहीमा कुनै मोलाहिजा नगरे मात्र आम सर्वसाधारणले न्याय पाउलान नत्र सरकारी निरिहता नै निजि अस्पतालको कमाउ धन्दा बन्दै जाने स्पष्ट देखिन्छ । हाकाहाकी किर्ते विवरण बनाउन उपर कसरी विस्वास गर्ने ?

सर्त र मापदण्ड कागजी खोस्टा

स्वास्थ्य संस्था सञ्चालन गर्न सामान्य उद्योग व्यापार गरे जस्तो होइन । जनतालाई सेवा दिने उद्देश्य राखेर दर्ता स्वीकृति लिएका हस्पिटलहरुलाई राज्यले जारी गरेका कानून र विभिन्न मितिमा ल्याइएका निति, निर्देशिका र मापदण्ड कार्यान्वयन गर्नु स्वास्थ्य संस्थाको मुल दायित्व हो तर संस्था दर्ता स्वीकृति पाएपछि कानूनी सर्त र मापदण्डलाई लत्याउने परिपाटी नेपालको रोग नै बनेको छ त्यसो हुनुमा राज्यको नियमनकारी निकायको मुख्य कारक तत्वका रुपमा रहेको स्पष्ट हुन्छ । पोखराको पुरानो नाम चलेको मध्यको फेवासिटी हस्पिटलले २०८१ असार मसान्तसम्मका लागि नविकरण पाएको छ । मिति २०७८ मंसिर २० गते गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पोखराले दिएको पत्रमा ८ वटा सर्त सुझावको रुपमा उल्लेख गरेको छ । तर अधिकांस सुझावहरु अस्पतालले लत्याएको छ ।
महिला पुरुष विरामीलाई एउटै वार्ड कक्षमा राखिएको छ । निति फलो गर्ने हो भने एकै कक्षमा राख्न मिल्दैन । शैया–शैया विचको दुरी ४ फिट हुनु पर्नेमा साढे दुइ देखि ३ फिटको दुरी राखिएको छन्, शव गृह छ तर प्रविधि जडित र व्यवस्थित छैन चिस्यानको व्यवस्था नहँुदा सव सड्ने गल्ने अवस्थाको शव राख्ने सामान्य कोठा छ । एम्बुलेन्र्र्स ख’ वर्गको स्वास्थ्य कर्मी सहितको हुनपर्छ तर फेवासिटीर्र्मा ग’ वर्गको एम्बुलेन्स छ । हस्पिटलका सूचना अधिकारी नारायण प्रसाद शर्मा नयाँ मापदण्डको एम्बुलेन्स खरिद गर्ने तयारी भइरहेको बताउँछन् ।
निःशुल्क उपचारको लागि वर्षभरिमा संकलित गरिएका विरामीको नाम जम्मा सय जना छन त्यसमा पनि कतिपय हस्पिटलकै चिकित्सक कर्मचारी र तिनका आफन्त हरुको नाम राखिएको भेटिएको छ ।
हस्पिटल व्यवस्थापन वृद्धि भएको उपचार शुल्क तत्काल लागू गर्छ तर आफुले पालना गर्न पर्ने निति नियम र मापदण्ड लागू गर्न आलटाल गर्छ अन्य अस्पतालको तुलनामा फेवासिटी हस्पिटलको अप्रेसन दर पनि महंगो रहेको छ । उदाहरणका लागि अन्य अस्पतालमा नर्मल प्रसुती गराएको १० देखि १५ हजार छ भने फेवासिटी हस्पिटलमा २५ हजारसम्म लिने गरिएको छ । यसतर्फ नियमन कसले गर्ने ? सरकारी संयन्त्र निरिह र निकम्ब भएका कारण सर्वसाधारण नागरिकले ठगिनु परेको छ । काठमाण्डौं महानगरपालिका मेयर वालेन्द्र शाहले निजि स्वास्थ्य संस्थालाई जनउत्तरदायी र सेवा मुखि बनाउन अनुगमन र नियमनलाई तिव्रता दिएका छन् तर पोखरामा कहिले हुन्छ सकृय अनुगमन र नियमन ? स्वास्थ्य महाशाखा पोखराका सूचना अधिकारी फुलदेव तिमिल्सिना १५ वेड भन्दा माथिका अस्पतालको अनुगमन गर्ने, सेवा प्रवाह कानून सम्मान भए नभएको हेर्ने अधिकार नभएको बताउँछन् । उनले भने हामीसँग त्यो भन्दा बढि अधिकार छैन । जनताको गुनासो सुन्ने, सेवा प्रवाह गर्ने, अनुगमन गर्ने कार्य समेत भएका भन्दै स्थानीय सरकार तर्किएपछि १५ वेड भन्दामाथिका ठूला अस्पतालहरुलाई हाइसञ्चो भएको छ भने सर्वसाधारण नागरिक महंगीको ढाड सेकाइमा मुच्र्छा परेकाछन् ।
सरकारी अस्पतालमा स्थायी जागिर खाने चिकित्सकहरु समेत फेवा सिटी हस्पिटलमा लगानीकर्ता र प्राक्टिस गर्दै आइरहेको पाइएको छ । २८ जना चिकित्सक रहेको फेवासिटी हस्पिटलमा १० जना भन्दा वढी सरकारी चिकित्सकको लगानी र प्राक्टिस गर्दै आएका छन् । उनीहरुले निजि स्वास्थ्य संस्थामा लगानी गर्न र प्राक्टिस गर्ने विभागीए अनुमति लिएका हुन कि होइनन् भन्ने विषयमा सम्बन्धीत निकाय समक्ष सूचना माग गर्ने तयारी भइरहेको छ । सूचना विवरण प्राप्त भए लगतै हाम्रा पाठकहरुलाई सत्य तथ्य समाचार पस्कने जमर्को गर्ने नै छौं ।

Advertisements
प्रतिक्रिया दिनुहोस्: