पत्रकार कृष्ण अञ्जान ज्ञवालीको निधन

सराङकोट न्यूज
5 August, 2023 8:15 pm
Advertisements

पोखरा ।।
पत्रकार कृष्ण अञ्जान ज्ञवालीको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार बुटवलमा उपचरका क्रममा निधन भएको हो ।

२ दिनअघि उपचारार्थ गुल्मीदेखि बुटवल आएका थिए तर उनलाई शुक्रबार अस्पताल नपुग्दै हृदयघात भएको थियो । पोखरा र बुटवलमा रहेर पत्रकारिता गर्दै आएका उनी आमा यमकलाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए ।

उनका बाबु भोजराज ज्ञवालीको २०६० सालमा सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीको गोली लागेर हत्या भएको थियो । रुरु क्षेत्र गाउँपालिका–१ का अञ्जानलाई यसअघि सहिद परिवारका रुपमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरेका थिए । विभिन्न संघसंस्थामा आबद्ध रहेका उनी प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य हुन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: