एन आर एन ए साउदी अरबमा महिला अध्यक्षको नेतृत्व सर्बसम्मत चयन । राजदुत सुवेदी द्वारा सम्मेलन उद्घाटन

सराङकोट न्यूज
8 August, 2023 10:31 am
Advertisements
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको २०२३-२०२५ महाधिवेशन गत शुक्रबार साउदी अरबको रियादमा भब्यताकासाथ सम्पन्न भएकोछ, नव निर्वाचित अध्यक्ष रबिना अर्यालको नेतृत्वमा बनेको नया कार्यसमितीमा वरिष्ठ  उपाध्यक्ष उमेश भट्टराई ,उपाध्यक्षमा राज कुमार गिरि,कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी,महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटुवाल , कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत ,महिला संयोजकमा लक्ष्मी थापा मगर, चयन भएका छन् ।
यस्तै सदस्यहरूमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना ,अमृत बहादुर तामाङ ,धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले चयन भएका छन् । यसैगरी आईसीसी सदस्यहरूमा  राम बहादुर क्षेत्री,दि

पक रेग्मी र बिशाल कुमार श्रेस्ठलाई निर्विरोध घोषणा गरिएको छ ।
रियादको एक्जिट ९ स्थित एक भब्य सभाहलमा गैर-आवासिय नेपाली संघ क्षेत्रिय समिती रियादको आयोजनामा सम्पम्न उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाली राजदुतावास साउदी अरबका  राजदुत महामहिम नवराज सुवेदी एवं महाबाणिज्य दुतावासका का.बा महाबाणिज्य दुत शत्रुधन पोख्रेल ,एवं निमन्त्रणा स्विकार गरी बिभिन्न मुलुकबाट आएका अतिथीगण,साउदी अरबमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधी हरु,यहास्थित बिभिन्न शहरबाट आएका एन आर एन ए पन्जिकृत सदस्यहरु,एवं कार्यक्रममा उपस्थितसम्पूर्ण आगन्तुक ज्युहरुमा आयोजकका तर्फबाट धन्यबाद ज्ञापन सहित कार्यक्रम संचालन गरिएको थियो!  कार्यक्रम स्थलको सम्पूर्ण जिम्मा रियाद क्षेत्रिय समितीले गरेको र रियाद क्षेत्रका बिभिन्न शहरहरुबाट यातायातको व्यवस्था सहित  कार्यक्रममा सहजताको लागी १०० जना जति स्वयंसेवक परिचालन गरि कार्यक्रम भब्य र सब्य रहेको थियो कार्यक्रममा १००० जना जति  उपस्थित पाहुनाहरुको लागी खानाको राम्रो प्रबन्ध गरिएको थियो । स्थानिय कलाकारहरुको बिभिन्न बिधाका प्रस्तुतीहरुले अझ रौनक देखिएको थियो, कार्यक्रममा बिभिन्न बक्ताहरुले आ-आफ्नो मन्तब्य राख्नुभएको थियो, नवनिर्वाचित अध्यक्ष अर्यालले आफूलाई निर्विरोध निर्वाचित गरेकोमा धन्यवाद व्यक्तगर्दै  । साउदी अरबमा रहेका सबै संघसंस्थासँग सामाजिक कार्यमा सहकार्य गर्दै  संस्थाको हकहितको लागि काम गर्ने बताइन्।  अन्त्यमा महामहिम राजदुत नवराज सुवेदीले साउदी अरबमा रहेका बिभिन्न संघ संस्थाहरुले चालेका र गरेका श्रमिकहितका कार्यमा राजदुतावास सदैब सहयोगीको रुपमा उभिने जानकारी दिएकाछन । कार्यक्रममा आयोजकका तर्फबाट रियाद क्षेत्रिय अध्यक्ष महेश घिमिरे एवं सचिव जितेन्द्र थप
लिया ज्युबाट रियाद क्षेत्रले गरेका कार्यहरुको बिवरण प्रस्तुत गरेको एन आर एन ए रियादका प्रबक्ता अभिषेक खरेलले बताएका छन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: