गण्डकी प्रदेश प्रमुखनै डिजेल चोरीमा संलग्न

सराङकोट न्यूज
11 August, 2023 8:30 pm
Advertisements

नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको ट्यांकर जिल्ला प्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

निगमको डिपोबाट डिजेल लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिएको हो ।

इन्धन चोरीमा संलग्न भएको भेटिएपछि कास्की प्रशासनले नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न अख्तियारलाई पत्राचार समेत गरेको छ ।

डिपोबाट १२ हजार लिटर डिजेलको बिल काटेर बाहिरिएको ट्यांकरमा १५ हजार लिटर डिजेल भेटिएपछि कारबाही सिफारिस गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

शुक्रबार डिपोले पश्चिमाञ्चल पेट्रोल पम्पका लागि ग२ख ८३६ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल बिक्री गरेको थियो । तर, डाँडाकोनाक प्रहरी चौकीमा डिपोबाट गएको ट्यांकरको नापजाँच गर्दा ट्यांकरमा १५ हजार लिटर डिजेल भेटिएको प्रजिअ घिमिरेले बताए ।

कम परिमाणको बिल जारी गरेर धेरै इन्धन बिक्री गरेको सूचनापछि कारबाही अघि बढाइएको हो ।

डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफै गर्ने गरेका थिए ।

बिहीबार नियन्त्रण गरिएको ट्यांकरको चलान, बिल र गेटपास समेत दासले आफै सही गरेर पठाएका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: