पोखरा महानगरमा स्वास्थ्यका ४४ जना कर्मचारीको काजफिर्ता, पत्र बुझ्नै सकस, ७ जना बिदामा, कर्मचारीको काज खटाउने बिषय विवादित बन्दै

यदुनाथ बन्जारा
16 August, 2023 9:32 am
Advertisements

पोखरा

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा कार्यरत मध्यबाहिरी जिल्ला र पालिकामा दरबन्दी रहि काजमा आएका ४४ जना कर्मचारीको काजफिर्ता भएको छ । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयले मिति २०८० असार १७ गते मन्त्रीस्तरको निर्णय गराई दरबन्दी रहेको स्थानमै फिर्ता हुन उर्दी जारी गरेको थियो । विभिन्न शक्ति प्रयोग गरि काजको निर्णय गराई सुगम र आकर्षक कार्यालयमा वषौं देखि अल्झिरहेका कर्मचारीहरुका कारण दुर्गम पालिकाहरुको सेवा प्रवाहमा समस्या परेको भन्दै गुनासो छताछुल्ल भएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखि काजफिर्ता गराई दरबन्दी रहेको ठाउँमा काम लगाउन निर्देशन दिएको थियो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन बमोजिम स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले असार १७ र २५ गते दुई पटक निर्णय गराई देशभरका काजका कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्कन निर्देशन गरेका थिए ।
मन्त्रीको निर्णय कार्यान्वयन गर्दै स्वास्थ्य सेवा विभागले काजमा बसेका कर्मचारीहरुलाई हाजिर नगराउन, पेश्की रकम र इन्धनसमेत नदिन देशभर रहेका मातहतका कार्यालयलाई परिपत्र गरेको थियो । स्वास्थ्य सेवा विभागको निर्णय र परिपत्रलाई कार्यान्वयन गर्न पोखरा महानगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराई काजका कर्मचारीलाई साउन १६ गतेदेखि महाशाखा र अन्तरगतमा हाजिर नगराउन स्वास्थ्य महाशाखालाई च.नं. ९५० मिति २०८०/०४/१४ गते पत्र थमाएको थियो ।
केन्द्रदेखि पालिकासम्मको नीतिगत निर्णय भई परिपत्र हुँदा समेत पोखरा महानगरमा काजमा आएका कतिपय कर्मचारीहरु अझै दरबन्दीमा फिर्ता हुन अटेर गरिरहेको पाइएको छ । तालुक अड्डाले हाजिरसमेत नगराउनु भनि दिएको आदेश अवज्ञा गर्नेमा कृष्णप्रसाद अर्यालसहित रहेका छन्। विभिन्न पालिकाको स्वास्थ्य चौकी र कार्यालयमा दरवन्दी भई पोखरा महानगरको स्वास्थ्य महाशाखा र अन्तरगतका कार्यालयमा ४४ जना काजमा कार्यरत रहि आएका थिए ।
स्वास्थ्य महाशाखामा प्रमुखको पदमा कार्यरत कृष्णप्रसाद अर्यालको दरबन्दी स्वास्थ्य तालिम केन्द्र रामघाटमा रहेको छ । उनी बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत आठौं तहका कर्मचारी हुन । तालुक अड्डाको नीतिगत निर्णय विपरीत अर्यालले स्वास्थ्य महाशाखामै हाजिर गरि प्रमुखकै हैसियतमा काम गरिरहेको बुझिएको छ । हाजिर नगराउनु भनेको १५ दिन वितिसक्दा पनि उनी डेक चलेका छैनन् । उनले गरेको काम बैध हुने की अबैध भन्ने बारेमा कर्मचारीबृतमा चर्चा चलेको छ । यसबारेमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापासंगै प्रतिकृया लिंदा काजमा आएका कर्मचारी फिर्ता नभई सुख्खै छैन पुराना कर्मचारीलाई अपमानजनकशैली नअपनाएको मात्र हो केहीदिनभित्र नगएमा महानगर एक्सनमा जान बाध्य हुने बताउँछन् । प्रमुख पदका व्यक्ति स्वयमले अटेर गरि बसेपछि अरु कर्मचारीले पनि काजफिर्ता पत्र बुझ्न अटेर गरेका छन् ।

क–कसले बुझेनन् फिर्ती पत्र ?

स्वास्थ्य महाशाखाका प्रमुख आठौं तहका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद अर्याल (स्वास्थ्य तालिम केन्द्र पोखरा), गिताकुमारी शर्मा तिवारी शुक्लागण्डकी न.पा. तनहुँ, शारदा सुवेदी मादी, बेलशोमा गुरुङ शुक्लागण्डकी तनहुँ, निर्मला कोइराला बराल अन्नपूर्ण गा.पा. कास्की, विनिता अर्याल पण्डित पाल्पा, मायादेवि गौतम रुपा गा.पा., सिता पौडेल अन्नपूर्ण र अभिलाषा मिश्र अन्नपूर्ण गा.पा. मा दरबन्दी रहेका तर काजफिर्ता पत्र बुझ्न मानेका छैनन् । उनीहरु विभिन्न कारण देखाएर पोखरामै काज गर्ने चलखेल गरिरहेको बुझिएको छ ।
पोखरा महानगरको स्वास्थ्य महाशाखा प्रमुख बन्न विभिन्न व्यक्तिहरु चलखेल गरिरहेको चर्चा भुसको आगो झै धुवाइरहेको छ । काज फिर्ता गर्ने प्रक्रिया अगि बढेपनी महाशाखा प्रमुख मुकरर नगरिएका कारण कर्मचारीबिचमा लिगलिगे दौड सुरु भएकोछ । करोडौं बजेट चल्ने कार्यालय भएका कारण स्वास्थ्य महाशाखा राम्रै आकर्षक अड्डा मानिन्छ । नबौ वा दशौ तहको कर्मचारी प्रमुख हुनुपर्ने महाशाखामा कर्मचारी माग गर्न आलटाल गरिनुले विभिन्न स्वार्थको द्वन्द्व हुँदै आएको छ । महाशाखा प्रमुखलाई हाजिर नगराउन लिखित निर्देशन महानगरले गरेपनी गम्भीर रोगका बिपन्न उपचार सिफारिस पत्रमा उनै महाशाखा प्रमुख अर्यालको हस्ताक्षरलाई बैधता दिदै मेयर र प्रमुख प्रसाशकिय अधिकृतले सयुक्त हस्ताक्षर गरि सिफारिस गर्दै आएको पाइएकोछ भने ससर्त अनुदानबाट प्राप्त कार्यक्रमहरु अलपत्र रहेको तर्फ महानगरको ध्यान गएको छैन ।
पोखरा महानगरपालिका मात्र होइन कास्कीका विभिन्न पालिकाका स्वास्थ्य शाखा र इकाईहरुका सेवा प्रभावित बन्न पुगेको छ । पुम्दिभुम्दिमा सरुवा भएकी शिशुवा अस्पतालकी फाजिलकी कर्मचारी गिताकुमारी पौडेलले पनि पत्र बुझ्न मानेकी छैनन । लामोसमयदेखि स्टोरमा बसेकी पौडेलको वर बुझारथ गर्न चुनौती रहेको बुझिन्छ । महानगरमा कार्यरत स्वास्थ्यका कर्मचारीमध्ये अर्जुन क्षेत्री हरिलाल आचार्य र राजेन्द्र रेग्मि लगाएत ९ जनाको पनि काज सरुवा भएको बुझिन आएको छ ।
सरकारले कर्मचारीको मनोमानिलाइ तोडेर तितर बितर बनाउन खोजेकोछ । सहर केन्द्रित कर्मचारीलाई ग्रामिण भेगमा खटाउन तल्लिन देखिएको छ । काठमाडौ उपत्यकामा बर्षौ देखि जरो किलो गाडेर अधिपत्य जमाएकाहरुलाइ स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको एक्सनले कतिपय कर्मचारीलाई जागिर खाउ भने दिनभरको सिकार नखाउ भने कान्छा बाउको अनुहार भने जस्तै भएको गुनासोको बर्षा हुन थालेको छ ।

काज खटाउने निर्णय बिबादको घेरामा

पोखरा महानगरले थप ९ जना कर्मचारीलाई महानगरको विभिन्न स्वास्थ सस्थामा काम काजमा खटाउने तयारी गरेको छ । माथिको आदेश बमोजिम अन्य पालिकामा दरबन्दी भएका स्वास्थका कर्मचारीको काज फिर्ता कार्य सङै बाकी रहेका कर्मचारीको काज सरुवा गर्ने काम आगि बढाएको भन्दै कर्मचारीले बिरोध जनाएकाछन । कार्यपालिकाको निर्णयको हवाला दिदै कामकाजमा खटाउन खोजिएको तर कार्यपालिकाले काजफिर्ता बाहेक नबोलेको स्रोतले बताएकोछ ।
महानगरपालिकाका कप्र शाखाको मनोमानी ढङले गरिएको षड्यन्त्रपुर्ण कामकाज सरुवाको बिरुद्दमा आन्दोलनमा जान बाध्य हुने पोखरा महानगर स्थानीय तह कर्मचारी सङठनका अध्यक्ष हरिलाल आचार्यले बताएकाछन । उता कप्र शाखाको लगाम मेयरको दल निकट रहेको एकीकृत कर्मचारी संगठनका अध्यक्ष इस्वरी प्रसाद पोखरेलको हातमा रहेकोछ । एउटा सङठन प्रमुखले फरक आस्थाको संगठनका कर्मचारीलाई नियोजित ढंगबाट दुख दिन खोजिएको आरोप लागाएकाछन । यो शैली नसचिएमा आन्दोलनको बिकल्प नरहेको आचार्यले बताए । महानगर कार्यपालिकाले बेलैमा निकाश दिन पहल गर्न जरुरी महशुस गराएकोछ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: