पम्पका निजि टयाङकर चोरीमा संलग्न ! आयल निगम गण्डकी प्रदेश प्रमुख दास फरार

सराङकोट न्यूज
16 August, 2023 9:37 am
Advertisements

पोखरा

नागरिकले खाइ नखाइ तिरेको करमा राज्यका उपल्लो निकायलाइ होलि खेलाइ भएकोछ । भारतबाट खरिद गरिएको इन्धनमा चर्को कर थोपरेको पैसा निगम संचालक समिती र कर्मचारीलाई जुत्तादेखि छातासम्मका बिबिध सुबिधामा खर्चेर पालनपोषण हुदाँपनी नपुगेर भ्रष्टाचार गर्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । पानीको सट्टामा तेल पिउँदापनी नपुगेर चोरी गर्ने कार्य माथिल्लो तहबाट हुने तल्लो तहमा मौन रहने रोगका कारण चोरी मौलाएको भ्रष्टाचार सल्बलाएको पाइन्छ। यस्तै एउटा कान्ड बाहिर आएकोछ ।
नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको टयाङकर जिल्ला प्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिइ थप छानबिनका लागि अख्तियारको जिम्मा लगाएको छ । निगमको डिपोबाट डिजेल लोड गरी पश्चिमाञ्चल ट्रेडर्स (पेट्रोल पम्प) तालचोकमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको टयाङकरलाई विशेष सुराकिको आधारमा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक छानबिनले इन्धन चोरीमा संलग्न भएको भेटिएपछि कास्की प्रशासनले नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न अख्तियारलाई पत्राचारसमेत गरेको छ । बिहिवार आयल निगम गगनगौडा डिपोले पश्चिमाञ्चल पेट्रोल पम्पका लागि ग २ ख ८३६ नम्बरको टयाङकरमा १२ हजार लिटर डिजेलको बिल काटेर बाहिरिएको टयाङकरमा १५ हजार १ सय लिटर डिजेल भेटिएपछि कारबाही सिफारिस गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
कम परिमाणको बिल जारी गरेर धेरै इन्धन बिक्री गरेको सूचनापछि कारबाही अघि बढाइएको हो । डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीको जिम्मेवारी भएपनी डिपो प्रमुख दास डिप लिन, चलानी काट्न आफै खटिने गरेको कर्मचारी स्रोतले बताएकोछ । प्रमुख दासको व्यबहारप्रती कर्मचारीले शंका गरेपनी मौन रहने गरेका थिए । डिजेल चोरी काण्ड बाहिरिए पछि प्रमुख दास आफ्नो कार्यकक्षमा ताल्चा लागाइ फरार भएकाछन ।

चोरी काण्डमा पम्पका निजि ट्याङकर प्रयोग

निगमका डिपो प्रमुख दासले डिजेल चोरी काण्डमा पम्प सन्चालकसँग सेटिङ मिलाएको खुल्न आएकोछ । पम्पको आफ्नै निजि टयाङकर भएकाहरु मध्यबाट चोरी कान्डका मतियार बनेको बुझिएको छ । निजि पम्पले डिपोबाट तेल भर्ने डिपो प्रमुखसँको सेटिङमा बढि तेल लोड गर्ने त्यसको हिसाब नगदमा लेनदेन मिलाउने गरेको खुलेको छ । बिहिबार पक्राउ परेको टयाङकर पश्चिमाञ्चल ट्रेडर्सको आफ्नै रहेको खुलेको छ । १२ केल क्षमताको उक्त टयाङकरमा भेपर स्पेसमा (हावा खेल्ने ठाउँ) समेत कोचेर लोड गरिएको थियो । तीनहजार लिटर बढि कोचिएको थियो । प्राबिधिक रुपमा त्यो कार्य उच्च जोखिमपुर्ण हुने बिज्ञहरु बताउछन । जुनसुकै बेला बिस्फोट हुन सक्छ एक पेट्रोलियम पदार्थ ढुवानी ब्यबसायिले बताए । डिजेल चोरी काण्डमा संलग्न मतियार पम्पका मालिक बाबुराम जमरकटेल लेखनाथ उद्योग बाणिज्यमा दुई पटक अध्यक्ष बनेका ब्यक्ती हुन ।
आफ्नै टयाङकर भएका पम्प बाहेकले भारत( रक्सौल बरौनी)बाट ल्याइएका पम्पबाट सिधै किन्ने गरेका छ्न । त्यसरी ल्याइएको इन्धन पोखरा डिपोमा डिप चेक गरि बिल काटी पम्पलाई बिक्रि गरिने भएकोले चोरिको सम्भावना नहुने जानकारहरु बताउँछन् । भारतबाट आउने तेल चोरी हुने फेला परेपछि लकिङ सिस्टम राखिएको छ ।

१३ वटा पम्पका छन् निजि ढुवानी टयाङकर

१. न्यु धौलागिरी आयल स्टोर्स, बागलुङ, २० केल
२. कालीगण्डकी आएल, बेनि म्यादी, २० केल
३. कृष्ण गण्डकी ट्रेडर्स, पर्बत कुश्मा, १२ केल
४. थापा आयल स्टोर्स हेम्जा कास्की, २० केल
५. लान्द्रुक आयल हरिचोक पोखरा, १२ केल
६. उत्तम आयल स्टोर्स बिध्यबासिनी, १२ केल
७. नेपाल पेट्रोलियम स्याङ्जा, १२ केल
८. न्यु सिद्दार्थ आयल स्टोर्स, नाउडाडा स्याङ्जा, १२ केल
९. बि एस आयल डिस्टिब्युटर छोरेपाटन, १२ केल
१०. रानिपौवा आयल पोखरा कास्की, २० केल
११. पश्चिमान्चल ट्रेडर्स तालचोक पोखरा, १२ केल
१२. वेलकम ट्रेडर्स (पन्चरत्न आयल) पृथ्वीचोक, १२ केल
१३. बराल आयल डिस्टिब्युटर मासबार कास्की, २० केल

भर्खरै फेला परेको चोरी कान्ड यिनै मध्यको पश्चिमाञ्चल ट्रेडर्स तालचोकको रहेको पुष्टि भैसकेको छ । गगनगौडा डिपो प्रमुख दाशले कति हजार लिटर तेल चोरी गरि भ्रष्टाचार गरे ? कुन टयाङकर प्रयोग भै कुन पम्प मतियार बन्यो गहन छानबिन गरि कारबाहीको दायरामा ल्याउन सकियन भने जनताबाट ढाड सेक्ने गरि लिएको मूल्य ब्यर्थ साबित हुने निश्चित छ । कर्मचारीबाट चोरी हुने त्यस्को भार देश र जनताले बोक्नुपर्ने नियती अन्त्य हुनु जरुरी छ । यो छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबिले सक्रियतापुर्बक गर्न जनस्तरको माग रहेको छ ।
निजि पेट्रोल पम्पका ढुवानी टयाङकर राख्न अनुमती दिने क्रमबाटै बिबाद आएको थियो तर पेट्रोलियम डिलर्स एसोसिएसन गण्डकी धौलागिरीको पहलमा १३ वटा पम्पले टयाङकर राख्न सफल भएका थिए । निजि पम्पले आफ्नै टेन्करबाट ढुवानी गर्दा अनियमितताको गन्ध आउने आरोपलाई यो डिजेल चोरी कान्डले पुस्ट्याइमा बल पुर्याइदिएको छ । चोरी कार्यमा क कसको संलग्नता छ भन्ने बिषयमा छानविनले पुष्टि गर्ने अपेक्षा गरिएको छ । पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव मोहन सुवेदी चोरी कान्डको छानबिनमा सहयोग गर्ने बताउँछन् । उनको संस्थाको सहयोग कस्तो रहने हो त्यो भने खुल्दै जाने छ, चोरी मतियार आरोप लागेका पश्चिमाञ्चल ट्रेडर्सका मालिक बाबुराम जमरकट्टेलको पक्षमा वकालत गर्दै आफ्नो टयाङकरमा बढी डिजेल लोड गरेको कुरा पम्प सन्चालकलाइ के थाहा भन्ने हामीप्रती गरेको प्रतिप्रश्नले नै छानबिनमा निस्पक्ष सहयोगको अपेक्षा फगत हुने आशंका उब्जाएकोछ । राज्यको निकायले दरो खुट्टा टेकेर सत्य तथ्य छानबिन गरेर कति पानीमा छन् सबै छर्लङ हुनेछ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: