कास्कीमा एकै पटक तीन प्रहरी निरिक्षको अवधि नपुग्दै सरुवा

सराङकोट न्यूज
17 August, 2023 9:44 pm
Advertisements
  कास्की जिलामा एकै पटक तीन प्रनि प्रमुख को फिर्ति सरुवा भएको छ। प्रहरी स्रोतका अनुसार
 जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रनि कृष्ण वहादुर चन्द यसभन्दा पहिला कार्यरत  कार्यालय मै फिर्ति सरुवा भएका छन् । प्रनि प्रमुख लाई आज एक फेरि भेटौला कार्यक्रमका विच राजमार्ग ट्राफिक प्रहरि गण्डकी प्रदेस प्रमुखले विदाइ गरेका छन् भने
प्रमुख प्रनि चन्दको स्थानमा प्रनि भानु शर्मा कास्कीको प्रमुखको जिम्मेवारी सम्हाल्न यहि श्रावण ३२ गते आइतबार आइ पुगेका छन्।
 उनी यस भन्दा पहिला जिल्ला प्रहरी कार्यालय तनहुमा कार्यरत थिए।
 यसैगरी वप्रका राम बजार प्रहरी प्रमुख प्रनि माधब केसी मानव बेचबिखन व्यूरो  कार्यालयमा  सरुवा भएका छन्। उनको स्थानमा प्रनि विधान श्रेष्ठ  प्रमुख भएर आएका छन्।
प्रमुख प्रनि श्रेष्ठ यसभन्दा पहिला प्रदेस कार्यालय बाग्मतिमा कार्यरत थिए।
वप्रका बगर प्रहरी कार्यालय प्रमुख शालिकराम तिमल्सिना ट्राफिक कार्यालय सादोबाटो प्रमुखमा सरुवा भएका छन् भने उनको स्थानमा प्रमुख भै प्रनि  बोधराज रेग्मी आएका छन्।   प्रमुख प्रनि रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौ बाट सरुवा भै आएका हुन्। कास्कीमा एकै पटक तीन प्रनिको  कार्य अवधि पूरा नहुदै सरुवा हुनुले सुरक्षा कार्य सम्पादनले पुर्णता नपाउने निश्चित छ।  यसभन्दा पहिला कुनैपनि प्रहरी प्रमुख कमसेकम एक बर्ष कार्य अवधिमा सरुवा हुने गरेकोमा यसपटक भने जिल्ला ट्राफिक प्रहरी प्रमुख सहित अबधि नपुग्दै फिर्ति सरुवा भएका छन्। प्रहरी मुख्यालयले देश भरका ९५८ जना इन्सपेक्टरहरूको एकैपटक सरूवा भएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: