गण्डकी प्रदेस इन्चार्जमा हेरफेर , करण स्याङ्जा, दिपक गोर्खा , हिमाल कास्की

सराङकोट न्यूज
20 August, 2023 7:15 pm
Advertisements
सराङकोट :
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला इन्चार्जहरुको हेरफेर गरेको छ ।
पार्टी केन्द्रीय समितिको बैठकले भदौ १६ देखी सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई मध्यनजर गरी जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर तथा कार्यक्षेत्र परिर्वतन गरिएको हो ।
कास्कीको इन्चार्ज रहेका राजकाजी गुरुङ(करण)ले स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन । त्यसैगरी पोखरा महानगरपालिकाको इन्चार्ज रहनुभएका दीपक कोइरालालाई गोरखा जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।कास्कीमा नेत्रनाथ अधिकारी(हिमाल) इन्चार्ज तोकिएको छ । उनि गण्डकी प्रदेशको पूर्वसभामुख समेत हुन ।
यसैगरी माओवादीले तनहुँमा शैलेन्द्र घिमिरे, लमजुङमा आशा खनाल, पर्वतमा बलावती शर्मा, मनाङमा बुद्धिराम गुरुङ, नवलपुर अमर तमु, , म्याग्दीमा गुप्तबहादुर हमाल, र मुस्ताङमा कपिल लामालाई इन्चार्ज बनाएको छ ।
माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा भएको सातौँ पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडाहरुमा समेत नेताहरुको जिम्मेवारी तोकिएको जनाएको छ ।माओवादीले अन्तर प्रदेश जिल्ला इन्चार्जहरुको सरुवा गरेको हो ।
 विगतका बर्षहरुमा विभिन्न जिल्लामा लामो समय एउटै जिल्लामा इञ्चार्ज रहेर काम गर्दा उत्साहजनक परिणाम नआएकै कारण पनि पाटिले एक अर्को जिल्लामा इञ्चार्जमा हेरफेर गरेको अनुमान गर्न सकिन्छ ।
यसले पाटि थप शक्तिशाली बन्नुका साथै कार्यकर्तामा थप उर्जा प्रवाह हुने पाटिको विश्वास रहेको छ। अब भने आगामी दिनमा नेताले कार्यकर्ता र कार्यकर्ताले नेता नचिन्ने परम्पराको भने अन्त्य हुनु पर्ने आम पाटि पङ्तिको भनाइ रहेको छ। (माओवादी केन्द्र )  ले गरेको यो निर्णयले पक्कै पनि
नेता कार्यकर्ता र जनता बिच त्रिकोणात्मक सम्बन्ध स्थापित गर्न सक्ने विश्वास  लिन सकने भन्दै कार्यकर्ता  खुसी देखिएकाछन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: