वाटुलेचौरमा श्रीकृष्ण जन्मास्ठमी महामेलाको भब्य तयारी, उत्कृष्ट भजन चुट्का पुरस्कार एक लाख रुपैयाँ प्रदान गरिने ।

सराङकोट न्यूज
23 August, 2023 8:11 am
Advertisements
यदुनाथ बन्जारा / पोखरा
सनातन हिन्दु धर्मावलम्बिहरुको महान पर्व श्रीकृष्ण जन्मास्ठमिको २४ औ शृङ्खला पोखरा  १६ बाटुलेचौर मैदानमा एक भब्य  समारोहका बीच आयोजनाको तयारी भैरहेको छ । आगामी भाद्र २० गते आयोजना हुने २४ औ सस्करणमा भजन प्रतियोगिता मुख्य रहेकोछ ।प्रतियोगितामा सहभागी समुहहरुको नाम दर्ता कार्य भैरहेको आयोजक श्री शुक्ला साहित्य प्रतिस्ठान पोखरा १६ बाटुलेचौरका अध्यक्ष हरी बहादुर बरुवालले बताएका छन । प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख दोस्रो ७५ हजार , तेस्रो  ५० हजार  र  चौथो   सान्त्वना पुरस्कार स्वरुप २५ हजार नगद पुरस्कार सहित सम्मान गरिने निर्णय गरिएको छ ।
    श्रीकृष्ण जन्मास्ठमी मेला राष्ट्रिय सहभागिता जनाउने प्रयास भैरहेको र त्यसमा सबै तहका सरकारी तथा गैरसरकारी निकाय उध्योग प्रतिस्ठान र सामाजिक ब्यक्ति  ब्याक्तित्वहरुबाट सहयोग जुटाउइने मेला आयोजक सस्था श्री सुक्ला साहित्य प्रतिस्ठानले बताएको छ । विभिन्न जिल्लाबाट सहभागीता जुट्ने कार्य भैरहेको  जनाइएको छ । मेलामा  स्रद्दालु ,सस्कृतिप्रेमी सबैलाइ निमन्त्रणा  गरिएको र हजारौं अबलोकनकर्ताहरुको उपस्थिति रहने अपेक्षा गरिएको प्रतिस्ठानका अध्यक्ष समेत रहेका भजन टोलि समन्वय  समितिका सयोजक हरिबहादुर  बरुवालले बताए ।
 पोखरा महानगरपालिका वार्ड नम्बर १६ लाई सास्कृतिक ,साहित्यिक, धार्मिक र ऐतिहासिक स्थलको रुपमा लिइन्छ । जनकवी केशरी  धर्मराज थापा , बरिस्ठ  संगीत साधक झलकमान गन्धर्व , साहित्यकार कुल बहादुर केसी , शिक्षा सेवि मुक्तिनाथ शर्मा लगाएतको जन्म र कर्म स्थानको रुपमा परिचित बाटुलेचौरले आफ्नो इतिहासको गाथालाइ गोडमेल गर्दै आएकोमा अग्रज सामाजिक  अभियनता एबम सास्कृतिककर्मिहरुले खुसी ब्यक्त गर्दै आएकाछन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: