मानवअधिकारवादी टेकनाथ बरालको निधन

सराङकोट न्यूज
29 August, 2023 9:46 pm
Advertisements

पोखरा, १२ भदौ/ वामपन्थी नेता एवं मानवअधिकारवादी नेता टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष समेत हुन् । सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाएको राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनील पाण्डेले बताए ।

उनको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । उनको परिवारमा श्रीमती, छोरा, ३ छोरी र नीतिनातिना छन् । उनको शव मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि घरमा राखिने र त्यसपछि दाह संस्कारका लागि शव यात्रा सहित अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: