आफ्ना साढुभाई जोगाउँदा विवादमा मुछिए ‘छिन्तु’, घर जग्गा नै गुमेपछि कार्की परिवार इन्तु न चिन्तु

सराङकोट न्यूज
31 August, 2023 2:17 am
Advertisements

सराङकोट व्यूरो

सत्तामा पुगेका ब्यक्तिहरु नागरिकप्रती कति जवाफदेही हुन्छन्, नागरिकको लगानीमा किन होलि खेल्छन् भन्ने कुरा बहसको बिषय बन्न पुगेको छ । १० बर्ष लामो छापामार युद्द लडेर राजनितिको मुलधारमा आएपनी माओबादिका कतिपय नेताहरुको द्रब्यमोहले पार्टीलाई नै धराशायी बनाउने तर्फ डोर्‍याइरहेको बुझ्न थालिएको छ । यो प्रवृत्तिको रोग स्थानीय तहदेखी केन्द्रसम्म सल्बलाइरहेको पाइन्छ ।
यस्तै आर्थिक मुद्दामा डोबिएका छन् नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेमबहादुर पुलामी, छिन्तु नामले चिनिने पुलामी मकवानपुर १(क) बाट बिजयी भएका सासद हुन । कुन आर्थिक मामलामा कसरी जोडिए माननीय प्रेमबहादुर पुलामी अर्थात छिन्तु ? हामी एउटा बिशेष रिपोर्ट पस्कदै छौ । त्यसो त यो द्रब्यमोहमा उनकै खल्ती गरु·ो भएको थियो वा थिएन भन्ने पुष्टि हुन बाँकी नै छ तर हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर ६ रामनगर निवासी रामबहादुर कार्किको परिवारलाइ घर न घाट बनाउने कार्यमा उनको प्रत्यक्ष भुमिका खुल्न आएको कागज पत्र हामिलाइ प्राप्त भएको छ ।

यस्तो छ प्रकरण

रामबहादुर कार्की पेशाले शिक्षक हुन । उनका छोरा पुजन कार्की हेटौडा बजारमा भ्वाइस मार्ट नामक इलेक्ट्रोनिक ब्यबसाय गर्दै आएका थिए । पुजनको ब्यबसायिक आयआर्जन राम्रो थियो । यता हुन्डाइ मोटरको सोरुम सन्चालक थिए बिजय श्रेष्ठ । बिजयका अर्का साथी थिए प्रकाश राजबाहक । घर काठमान्डूमा भएपनी कारोबार बिग्रेका कारण प्रकाश हेटौंडा तिरै जिबिका गर्दै आएका रहेछ्न। साढुदाइ प्रेमबहादुर पुलामी छिन्तुको छत्रछायामा रहेका कारण प्रकाशको चहलपहल बढ्दै गएको थियो ।
प्रकाश राजबाहक र बिजय श्रेष्ठले पैसावाला कारोबारी देखिएका युवा पुजन कार्कीलाइ विभिन्न लोभ लालच देखाएर आफ्नो बंशमा लिने योजना बन्छ । बिजय र प्रकाशले पुजनलाई हुन्डाइको पार्टनर बन्न प्रस्ताब गर्छ्न । उनिहरुले ट्रीफर भित्र्र्याउने एजेन्ट्को काम गर्ने गरेको पुजनलाइ सुनाउँछन । एउटा ट्रीफरबाट २५÷३० लाख आउने बताउँदै भन्सारमा रोकिएका ट्रीफर छुटाउन तत्काल बजेट आवश्यक परेकोले पार्टनर बन्न आग्रह गर्दै हुन्डाइ कम्पनीको हेटौंडा डिलरमा पुजनालाइ इन गराउने नाटक गरिन्छ । पुजन पनि बिश्वासमा पर्छन् र आफ्नो भैरहेको ब्यबसाय भ्वाइस मार्टको पैसा सबै प्रकाश र बिजयको पोल्टामा हालिदिन्छ्न । आफ्नो घर जग्गा धितो राखेर ऋृण निकालेको पैसा समेत प्रकाश राजबाहक र बिजय श्रेठलाई सुम्पिन्छन पुजनले ।
पैसा जति सुम्पिएका पुजन त्यतिखेर झस्किन्छ्न जतिखेर उनको भागमा न ट्रीफरको कमिसन हाता लाग्छ न हुन्डाइ कम्पनिको शेयर नै भागमा आउँछ। करिब एकमहिना भित्र प्रकाश राजबाहक र बिजय श्रेष्ठको गलत नियत पुजनले थाहा पाएका हुन्छन । थाहा पाउँदासम्म आफ्नो लगानी चटनी बनाइसकेका हुन्छन । बिजय र प्रकाशले पुजनको पैसा व्यावसायिक लगानि नै नगरी बाडिचुडी खाइवरी मोज गरेका हुन्छन । योजनाकार मानिएका मुख्य पात्र मध्य बिजय श्रेष्ठले चलाखी पुर्बक आफ्नो नामलाइ छायाँमा राखेपनी प्रकाश राजबाहकले जिल्ला प्रहरी कार्यालय हेटौंडा थुनामा रहदा दिएको हिसाब टिर्पाेट अनुसार बिजयले २ करोड ४० लाख मासेको देखिने पुजन कार्कीले हामिलाई बताएकाछन । त्यस बाहेक पुजनले आफ्नै खाताबाट ८१ लाख रुपैया बिजयको खातामा हालेको सप्रमाण दाबी पेश गरेका छन् ।

नेता र प्रहरीले डुबाए : पिडित परिवार

बल्ल सुरु भो नेता र प्रहरीको खेल । घर जग्गा र ब्यबसाय सबै बन्धकी राखेर पुजन कार्कीले दिएको पैसा असुल्न अब एउटै भरोसाको बाटो थियो कानुनको सहायता । आफ्नो सर्बस्व गुमाएका कार्की परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडामा प्रकाश राजबाहक बिरुद्दमा बैकिङ कसुर र चेक अनादरमा मुद्दा दिए । प्रकाश पक्राउ परे । प्रकाश पक्राउ परेपछी उनका साढुदाइ प्रेमबहादुर पुलामी, जेठी सासु प्रमिला पुलामी प्रकाश राजबाहकको बचाउमा सक्रिय रहे । अन्तत चेक लिनदिन गर्ने र कागज गर्ने सहमती गराउन माननीय प्रेमबहादुर पुलामी सफल देखिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतम र सासद पुलामिको अगाडि पिडित कार्कीले घुँडा टेक्न बाध्य भए ।

सम्झौता कागज षड्यन्त्रको पुलिन्दा !

माननीय पुलामिका साढुभाइ प्रकाश राजबाहक हिरासतमुक्त गरे लगत्तै कागज गरियो । कागज गर्दा गोबिन्द सारु मगरलाई मुख्य पात्र मध्यकै हैसियतमा इन्ट्री गराइयो । मगर माओबादी कार्यकर्ता अर्थात् रसुवाका वाइसीएलका नेता रहेछ्न । रसुवाकै अर्का वाइसीएल नेता गणेश बिक र माननीय पुलामिका साली सबि सिन्तान सहित चार जनालाइ दोस्रो पक्ष बनाइ ३ करोड ५० लाख रुपैयाँ पीडित पुजन कार्किलाइ दिने गरि सम्झौता पत्र तयार भयो ।५ असोज २०७९ मा भएको सम्झौता पत्रमा साक्षी प्रमिला पुलामी बसेकिछिन । उक्त सम्झौता पत्र २०७९ असोज ६ गते हेटौडा ६ का वडा अध्यक्ष बिष्णु बहादुर दहालले प्रमाणित गरेको देखिन्छ । यो सम्झौता पत्र तयार गर्दा माननीय पुलामीको सकृयता अर्थपूर्ण मानिएको छ । यतिसम्मकी प्रकाश राजबाहक हिरासत मुक्त भए लगत्तै राजबाहक, गोबिन्द मगर, गणेश बिक लागाएत पात्रहरु छिन्तुकै घर बनस्खन्डीमा बास बसि योजना बनेपछि भोलिपल्ट रसुवाका गोबिन्द मगरको चेक लिइ उनलाइनै मुख्य पात्र बनाइ सम्झौता पत्रमा हस्ताक्षर गराई माननीय छिन्तुका साढुभाइ प्रकाशलाइ जोगाइएको थियो । सबि सिन्तानको नामको जम्मा ४० लाखको चेक पुजनले पाएकाछन् तर हाता लाग्यो शुन्य भएको छ । यसबाट पनि सहजै बुझ्न सकिन्छ माननीयको वल दवाावमा भएको सम्झौता केवल कागजी घोडा थियो षडयन्त्रको पुलिन्दा बनाइयो ।

सम्झौता भएको एक बर्ष व्यर्थ

प्रदेशका माननीयको उपस्थिति र माननीयको श्रीमती स्वयम् साक्षी बसेर गरिएको सम्झौता पत्र एक अक्षर पनि कार्यान्वयन नभएको भन्दै पुजनकी आमा शान्ती कार्कीले दुख ब्यक्त गरेकिछिन । दिन दहाडै विभिन्न बहानामा ठगी गर्नेहरुबाट हामिलाइ कसले न्याय दिन्छ जबकी नीति निर्माताहरुनै अन्याय गर्छन भने ? घर न घाट बनिसकियो भएको जग्गा जमिन र आफू बसेको घर समेत बैकको लिलामिमा गैसकेकोछ । रोडमा आइसकेको अबस्थामा छौ । न्यायको लागि सरकारसङ पनि हार गुहार गरियो तर सत्तारुढ दलकै नेता जोडिएको कारण आफुलाइ न्याय पाउन सकश भएको कार्किले गुनाशो गरिन । अब पनि न्याय पाइएन भने मृत्यु भन्दा अर्को बिकल्प नरहेको उनले दुखेसो पोखिन ।
सम्झौता प्रमाणित गरिदिने हेटौंडा ६ नम्बर वार्डका वडा अध्यक्ष बिष्णुबहादुर दहालले पनि कार्की परिवारलाइ अन्याय भएको बताए तर न्याय दिलाउने पहल गर्न सकेको देखिदैन । उनले हामीसँगको फोन सम्बादमा भने अन्यायमा परेका छन सहयोग गरिदिनुहोला ।
माओबादी नेता सालिकराम जम्मर्कटेल मुख्यमन्त्री भएको बागमती प्रदेशको राजधानी हेटौंडामा माओबादी नेता तथा कार्यकर्ताहरुबाटै सर्बसाधारण नागरिकले न्याय नपाए कहाँ जाने न्याय खोज्न ? प्रचण्ड सरकारले भुइँ मान्छेहरुको न्याय दिन कहिले सोच्ला ? कार्यकर्ताले गरेको गल्ती कमजोरी कहिले सच्याउन पहल गर्ला ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: