राजमार्गका नाफाखोरी होटल संचालक पक्राउ, यात्रु ठग्ने थप गिरोहको खोजी तिब्र

यदुनाथ बन्जारा
13 September, 2023 2:04 pm
Advertisements

पोखरा

राष्ट्रिय राजमार्गका अधिकांस होटल, पसल तथा खाजाघर यात्रु ठगी गर्ने अखडा बन्ने गरेको कुरो पुरानै हो । एकान्तमा होटल खाजाघर थाप्ने ब्यापारी, बस मालिक र चालकहरु बीचको मिलेमतोको शिकार सर्बसाधारण यात्रुहरु हुँदै आएकाछन् । यो शोषणको रोग देशभरको समस्या बन्ने गरेको छ । स्थानीय तहलाई अधिकार सारिएपछी यो कालोबजारी समस्या झन् चर्केर गएको छ । आफन्त र स्थानीय कार्यकर्ताले गर्ने नाफाखोरी धन्दालाइ स्थानीय तहको सरकारले न अनुगमन गर्छ न कारबाही नै ।
तर तनहुँ प्रशासनले नाफाखोरी कालाबजारिया ब्यापारीलाई खोजी खोजी कारबाही गर्दै मुद्दा समेत चलाउँदै आएकोछ । यस्तै पछिल्लो घटना म्याग्दे गाउँपालिका वार्ड नम्बर २ जामुने, गुणादीस्थित पृथ्वी राजमार्गको पोखरा हाइवे रेस्टुरेन्ट तथा खाजाघरका संचालक अर्जुन रानाभाटले प्याकिङ खाद्यपदार्थको कृत्तिम मुल्य बढाइ कालाबजारी गरि बसमा आएका सर्बसाधारण यात्रुहरुलाइ ठगी गरेको भन्दै तनहुँ प्रहरीले मुद्दा दर्ता गरि थप अनुसन्धान अगाडि बढाएको छ । खाजाघर संचालकले ६० रुपैयाँ प्रिन्ट मूल्य भएको खाद्य प्याकिङलाइ मुल्य छोपी स्टिकर टाँसी ८० रुपैयाँ मूल्य तोकेको फेला परेको थियो भने ५० रुपैयाँ मुल्य अंकित कुकिजलाई ७० रुपैयाँ असुल गर्दै आएको थियो । पृथ्वी राजमार्ग प्रयोगकर्ता यात्रुहरुले आफू ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा लिखित उजुरी गरेपछी जिल्ला प्रशासन कार्यालय तनहँुका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहँुका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि समेतको संयुक्त बजार अनुगमन गर्दा उक्त खाजाघरले कृतिम मूल्य स्टिकर टासि महँगोमा बिक्री गरि उपभोक्ता ठगी गरेको पाइएको पुष्टि भएको भन्दै निज होटल संचालक अर्जुन रानाभाटलाइ आइतबार पक्राउ गरि कालाबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ संसोधन २०७२ बमोजिम मुद्दा चलाइएको छ।


अपराध प्रमाणित भएमा कालाबजार ऐनको दफा ३ बमोजिम एक बर्षसम्म कैद र दुई लाख ५० हजार सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी सल्लाहकार बि बि बिस्टले बताए । तनहँु जिल्लाभित्र पृथ्वी राजमार्ग ७२ किलोमीटर रहेको छ । तनहुँ प्रहरीका सुचना अधिकारी प्र.ना.उ मोहन खाणले राजमार्गको ठगी नियन्त्रण गर्न राजमार्गमा अनुगमन चेक जाँचलाइ सक्रिय बनाइ ठगि गर्ने थप व्यापारीलाई खोजी गरी कानुनी दायरामा ल्याउने बताएका छन ।
बजार अनुगमनका सम्बन्धमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले यस वर्षबाट कडा नीति लिने दावी गरेकाछन् । गत वर्ष राजमार्ग र अन्य बजारका पसलहरुमा अनुगमन गर्दा बढि मूल्यका समान जफत गर्ने र नष्ट गर्ने मात्र गरिएकोमा यस वर्षबाट कानूनी कारवाहीको प्रकृया अगाडि बढाउने अध्यक्ष श्रेष्ठले बताएका छन् । प्रहरी प्रशासनले गरेको कारवाही प्रति आफूले बचाउ र संरक्षण नगर्ने पनि उनले बताए । स्थानीय सरकार, प्रहरी प्रशासन उपभोक्ता अधिकारकर्मीहरुको संयुक्त प्रयास भएमा राजमार्गमा हुने ठगि, नाफाखोरी र कालोबजारी निरुतसाहित हुने अपेक्षा गरिएको छ ।
तनहु प्रहरी प्रशासनले नाफाखोरी विरुद्ध गरेको कारबाही प्रती आम नागरिकले खुसी व्यक्त गरेकाछन । राजमार्गमा हुने ठगी , गुणस्तरहिन खाद्य बस्तुको व्यापार भएको पाइएमा प्रहरीलाई खबर गर्न तनहु प्रहरीले अनुरोध गरेको छ । नजिकिँदै गएको ठुला चाडबाडमा राजमार्ग आसपासका होटेल खाजाघरबाट हुने ठगि कालाबजारी बाट जोगिन मुल्य हेरेर खाजा, खाना खानु र बिल माग्नु नागरिकको अधिकार र ब्यापारीको कर्तब्य रहेको नागरिक अधिकार कर्मिहरु बताउछन ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: