स्वास्थ्य महाशाखा नेतृत्वविहिन कहिलेसम्म ?

सराङकोट न्यूज
13 September, 2023 2:12 pm
Advertisements

पोखरा

देशकै ठूलो पोखरा महानगरपालिका ततेर्नै नसक्ने अवस्थामा पुगेको देखिन्छ । ५ लाख जनताको स्वास्थ्य सुविधा दिने स्वास्थ्य महाशाखा विगत १ महिनादेखि नेतृत्वविहिन बन्न पुगेको छ । कृष्णप्रसाद अर्याल महाशाखा प्रमुखबाट आफ्नै दरवन्दी स्वास्थ्य तालिम केन्द्र रामघाटमा काज फिर्ता भएपछि स्वास्थ्य महाशाखामा नेतृत्व छैन । सूचना अधिकारीसमेत रहेका फुलदेव तिम्सिनालाई श्रावण २९ गते आर्थिक अधिकार समेत दिने गरि स्वास्थ्य महाशाखाकोे जिम्मेवारी दिइयो । तर त्यो जिम्मेवारी दिइएको पत्र एक घण्टा पनि फुलदेवको हातमा टिक्न सकेन । प्रसाशन शाखाले पत्र फिर्ता लियो । पत्र फिर्ता लिने निर्णय कहाँबाट कसले ग¥यो ? त्यो भने रहस्यकै गवमा छ ।
एक घण्टे हाकिम फुलदेव किंकर्तव्यविमुढ भएका छन् । महाशाखाका कर्मचारीहरु रनभूलमा छन् । कर्मचारीहरु काजफिर्ता भएकाछन् । महशाखामै रहेका कर्र्मचारीहरु राजेन्द्र रेग्मी, अर्जुन क्षेत्री, हरिलाल आचार्यको महानगरभित्रका विभिन्न दुर्गम वडाको स्वास्थ्य चौकीमा सरुवा गरिएको छ तर उनीहरु गएका छैनन् । कानुनविपरित निर्णय भयो भन्ने उनीहरुको दावी रहेको छ । तर न्याय माग्न अदालत गएका पनि छैनन् । महाशाखा प्रमुखको आउने हो सुइको पत्तो छैन । ३३ वटा वडा रहेको महानगरमा चाहिने जति जनशक्ति नहुँदा खोप जस्तो अत्यावश्यक सेवा पनि वन्द हुने अवस्थामा पुगेको छ । महानगरको एउटा शिसुवा अस्पताल छ । त्यहाँ मे.सु.दिन सकेको छैन । २४ वटा सहरी स्वास्थ्य केन्द्र, १ वटा स्वास्थ्य प्रवद्र्धन केन्द्र छ । प्राथमिक स्वास्थ्य केन्द्र २ वटा छ । स्वस्थ्य चौकी १९ र २ वटा आयुर्वेद औषधालय सञ्चालनमा छ । यति धेरै दायित्व वोकेको पोखरा महानगरको स्वास्थ्य महाशाखा नेतृत्वविहिन रहेको कारण सेवा प्रवाह समेत प्रवाभित भएको छ । भएका जनशक्तिलाई परिचालन गर्न मुस्किल परेको देखिन्छ । पूर्ण रुपममा सेवा चलाउन ६० जना कर्मचारी अपुग रहेको सूचना अधिकारी फुलदेव तिम्सिना बताउँछन् ।
अझै थाहा छैन कैले आउँछन महाशाखा प्रमुख ? लोकसेवामा विज्ञापनका लागि पठाइएको बताइएको भएता पनि ९ या १० तहका कर्मचारी पाउने सम्भावना क्षिण रहेको स्वास्थ्यका कर्मचारीहरु नै दावी गर्छन । वढुवा बाट ल्याउने भएका कारण प्रकृया पुरा गर्न समस्या पर्ने कुराले समस्या समाधान भइहाल्ने सम्भावना देखिदैन ।
काजफिर्ता भएका ४४ जना मध्य आधा दर्जन कर्मचारी मुकरर पदमा जान आलटाल गरिरहेका देखिन्छ । । कतिपय दृश्य अदृश्य शक्ति केन्द्र प्रयोग गरेर शहरमै यमौती हुने जोडबल गरिरहेको बुझिएको छ । पहिला जागिर चाहिने, जागिर पाएपछि सुविधा चाहि सुगम चाहिने रोगका कारण सरकारी सार्वजनिक सेवाले अर्थपूर्ण उपलब्धि पाउन सकेको छैन ।

लामाचौर स्वास्थ्य चौकी आफै बिरामी

पोखरा–१९ धार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकी आफै संकटमा पर्दै गएको छ । गत वर्ष मात्र करिव ४ लाख खर्च गरेर मुख्यमन्त्रीबाट उद्घाटन भएको लामाचौर स्वास्थ्य चौकीको विल्डिङ जति आकर्षक छ त्यहाबाट दिने सेवा उस्तै निरिह बन्न पुगेको छ । भ्युटावर जस्तो धार्मी स्वास्थ्य चौकीमा जनशक्ति दिन असक्षम छ पोखरा महानगर । २ अहेव २ अनमि हुनुपर्नेमा अनमी १ जना समेत नहुँदा नर्सि· सेवा ठप्प भएको छ । एक जना अहेव र १ जना कासको भरमा चलेको छ ।
जनशक्ति नभएको मात्र हैन त्यहाँ सरकारले निःशुल्क दिने ९८ प्रकारका औषधीमध्य २० प्रकारका औषधी अभाव रहेको छ । स्वास्थ्य चौकीमा आइरन चक्की समेत नरहेको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक धर्मदत्त चौलागाईले बताए । जनशक्ति र औषधी अभावका कारण सेवा दिन मुस्किल भएको चौलागाइले बताए । महाशाखामा प्रमुख नभएका कारण ठोस पहल हुन नसकेको प्रष्ट छ तर महानगरपालिका एउटा महाशाखा प्रमुख दिन असक्षम हुनुलाई विडम्बना मानिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: