नागरिकको सेवामा जनप्रतिनिधि पोखरा महानगरका १६ र १९ नम्बर वडाले सुरू गरे निःशुल्क एम्बुलेन्स सेवा ।

सराङकोट न्यूज
18 September, 2023 10:35 pm
Advertisements
चुनाबका बेलामा मतदातासङ  कबुल गरेका सेवाहरु प्रदान गर्न पोखरा  महानगरपालिकाका वार्ड नम्बर १६ र१९का जनप्रतिनिधिले ले सुरुवात गरेकाछन ।पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन।
पोखरा महानगरपालिका–१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सेवा प्रदान गर्ने सम्बन्धमा समाजका अध्यक्ष स्वागतसिंह भण्डारी र मितेरी अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालसँग एम्बुलेन्स सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर गरेका हुन्।
स्थानीयवासीका लागि प्रयोग गरिएको एम्बुलेन्सको भाडामा वडा कार्यालयबाट भुक्तानी हुने गरी सहमति गरिएको छ।दुवै वडाका नागरिकले यी दुई संस्थाबाट सञ्चालित एम्बुलेन्स तथा शवबाहनबाट कास्की जिल्लाभित्र प्रयोग हुने गरी चौबीसै घण्टा सेवा लिन सक्ने वडा नं १६ का वडाध्यक्ष तिमिल्सिनाले बताए।
उनका अनुसार एम्बुलेन्स प्रयोगकर्ताले परिचयका लागि आफ्नो परिचय खुल्ने कुनै पनि प्रकारको परिचयपत्र उपलब्ध गराउनु पर्नेछ। वडाबासिहरुका लागि पहिलो प्राथमिकता  हुने गरि एम्बुलेन्स सेवा प्रदान  गरिने  वडाअध्यक्ष शर्माले बताए ।
‘नागरिकको सहजताका लागि दुवै वडाको पहलमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हौँ । यसबाट विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई अझ बढी सहयोग पुग्ने विश्वास लिएका छौँ,’ वडाध्यक्ष तिमिल्सिनाले भने।
पोखरा यी दुई वडा  पोखराको  उत्तरी क्षेत्रमा तथा विशेषगरी ग्रामीण भूगोलमा पर्दछन् । साबिक अर्मला गाबिस , पोखरा १६ मा र साबिक पुरन्चौर र लामाचौर गाबिस मिलेर  १९ नम्बर वार्ड बनेको छ ।यो निशुल्क एम्बुलेन्स  सेवा बाट ग्रामीण  भेगका नागरिकले देखिने गरि सुबिधा पाउने भएका छन ।
नव आदर्श सामाजिक  बिकाश सस्था लामाचौर अन्तरगत रहेका एम्बुलेन्स  सेवा लिनका लागि  फोन नं ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने सस्थाका सचिब थिरु थापाले जनाएकाछन ।यसअघि पनि १६ नं वडा कार्यालयले वडाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिनेका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथमा आमा पोषणका लागि रु एक हजार बराबरको सहयोग प्रदान गर्दै आइरहेको छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: