राजमार्गका होटेलमा तनहुँ प्रहरीको निगरानी नक्कली मूल्य स्टिकर टास्ने ब्यापारी तामाङ पकाउ

सराङकोट न्यूज
19 September, 2023 8:42 pm
Advertisements
राजमार्गमा होटेल रेस्टुरेन्ट थापी ब्यापार गर्ने ब्यापारीहरुको  अबैध धन्दा रोकि यात्रुलाई राहत दिने कार्यमा तनहुँ प्रहरीले  सक्रियता देखाएकोछ ।पृथ्वी  राजमार्गको किनारमा व्यापार गर्ने होटेल रेस्टुरेन्ट र पसलका ब्यापारीहरुले कम्पनी  मूल्य छोपी नक्कली मूल्य स्टिकर  टासी यात्रुहरू ठगी गर्दै आएको तनहुँ  प्रहरीले फेला पारेको छ । 
   पृथ्वी राजमार्गको म्याग्दे गाउपालिका ३ धयरेटारी भन्ने ठाउँमा सरिता रेस्टुरेन्ट  चलाउदै आएका बर्ष ३७ का  सेते तामाङले विभिन्न खाध्य पदार्थको र्यापमा कम्पनिको मूल्य छोपी नक्कली  स्टिकरमा महङ्गो मूल्य टासि ग्राहक ठगी गरिरहेको अबस्थामा  जिल्ला प्रशासन कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँ समेतको सयुक्त बजार अनुगमन समितिले रङेहात फे ला पारेको थियो । गत भाद्र २९ गते भएको अनुगमनमा कैफियत  फेला परी बरामदी मुचुल्का गरिएको थियो ।
तत्काल प्राप्त प्रमाण  अनुसार  प्रक्रिया पुर्याइ रेस्टुरेन्ट  संचालक सेते तामाङ्लाइ असोज २ गते पक्राउ गरि कालोबजार तथा केही सामाजिक  अपराध ऐन २०३२ बमोजिम मुद्दा चलाउन जिल्ला  प्रशासन  कार्यालय तनहुबाट ४ दिनको म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान  भइरहेको तनहु प्रहरीका प्रबक्ता प्र ना उ मोहन खाडले बताए ।
     यस  अघि २०८०/०५/२३ गते तनहुँ प्रहरीले गुणादीमा रहेको पोखरा  हाइवे रेस्टुरेन्ट  एन्ड खाजाघरका संचालकले  स्टिकर टासी उपभोक्ता ठगी गरेको फेला पारी सन्चालक अर्जुन रानाभाटलाई पक्राउ गरि मुद्दा   चलाएकोमा डेढ लाख धरौटीमा रिहा भएका थिय । प्रहरीले निगरानी  बढाइरहदा पनि होटेल तथा रेस्टुरेन्ट  व्यावसायिले उपभोक्ता ठगी कार्यलाई  निरन्तरता  दिएको पाइनुलाइ बिडम्बना मानिएको छ । तनहु प्रहरीका सूचना  अधिकारी  प्र ना उ मोहन बहादुर खाण राजमार्गको ठगी धन्दालाइ नियन्त्रणमा  लिन अनुगमन र कारबाहिलाइ सक्रिय  बनाएको बताउछन । ठगी भएको थाहा पाउने  उपभोक्ताले तत्काल प्रहरिलाइ १०० नम्बरामा फोन गरि सुचना दिन तनहु प्रहरीले  आग्रह गरेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: