सृजनाचोकमा निसुल्क सार्बजनिक सौचालय सुरु

सराङकोट न्यूज
26 September, 2023 9:26 pm
 पोखरा महानगरपालिकाको मध्य शहर घुम्दै हुन्नुहुन्छ भने अब ढुक्क हुनुहोस दिशा पिसाब गर्न होटल रेस्टुरेन्ट पसेर भोक नलागेपनी चिया खाजा खानु पर्दैन । पोखरा  महानगरपालिका वार्ड नम्बर ८ ले सृजनाचोकमा सार्बजनिक  सौचालय बनाएर नागरिकलाई निशुल्क प्रयोगको सेवा सुरु गरेको छ ।
  पोखरा महानगर पालिका भित्र निसुल्क सार्वजनिक  सौचालय  सुरुगरेको यो पहिलो हो ।यस अघि महेन्द्रपुलमा रहेको स सुल्क सौचालय हटाएको छ । पोखरा महानगरपालिका वार्ड नम्बर ८ ले ६ लाख३८ हजारमा सार्वजनिक सौचालय निर्माण गरि आम नागरिक
 सृजनाचोकको आकाशेपुल मुनिको पुर्ब  मेट्रो हस्पिटलको अघिल्लो भागमा रहेको सानो खाली जमिनको उपयोग गर्दै बनेको कमन हस्पिटल महिला पुरुसको लागि मात्र नभइ बच्चा र अपाङ्ग मैत्री रहेको छ । सौचालयमा सरसफाइको लागि पानी , टिसु पेपर , वास बेसिन , साबुन र महिलाहरुको लागि मिन्स प्याड समेतको ब्यबस्था मिलाइएको छ ।हेर्दा सामान्य लाग्ने तर नागरिकको लागि अति आवश्यक सेवा दिन पोखरा ८ नम्बर वार्ड्का अध्यक्ष  रुद्रनाथ बरालले लिएको अग्रसरता प्रती नागरिकले खुसी ब्यक्त गरेका छन ।
   यो सेवा पोखरा महानगरका मुख्य मुख्य बजार क्षेत्र महेन्द्रपुल , चिप्लेढुङा , बगर , बिरौटा अमरसिंह चोक पृथ्वीचोक हरुमा पनि बिस्तार गर्नेतर्फ तत्काल कदम चाल्न जरुरी  देखिएकोछ । पर्यटकीय नगरी पोखराको साख बढाउन जनसरोकारका बिषयमा  चासो दिनु आवस्यक छ ।  लाखौ खर्च गरेर एक दशक अघि तत्कालीन एल डि ओ गुरु प्रसाद सुबेदिले गरेको कास्किलाइ खुल्ला दिशामुक्त क्षेत्र बनाउने अभियान  कागजी घोडा जस्तै बनेको थियो

को लागि खुल्ला गरेको छ ।

Advertisements
प्रतिक्रिया दिनुहोस्: