३६ वटा ” मोडिफाइ बाइक ” पक्राउ वर्कशपलाइ कारबाहीको जरुरी

सराङकोट न्यूज
9 October, 2023 12:38 pm
Advertisements
कास्की प्रहरीले  पोखराको बजारमा आतंक  मच्चाउदै दौडने ३६ वटा मोडिफाइ अर्थात स्वरुप परिवर्तन  गरि चलाइएका बाइकलाइ पक्राउ गरेको छ । कम्पनी बाट निर्मित स्वरुप बिगारी बाइक अग्लो बनाउने ,सिट परिवर्तन  गर्ने , साइलेन्सर पाइप बिगारेर पड्काउने,  ध्वनी प्रदुषण गरि बजारमा आतंक  मच्चाउने कार्यमा सलग्न भएका बाइक लाई जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी  कार्यालयको सयुक्त टोलि खटाइ ३६  वटा  बाइक एकै दिन पक्राउ गरि कारबाही  गरिएकोछ  ।पक्राउ परेका बाइकहरुलाइ प्रहरी कार्यालय भित्रै मिस्री बोलाइ  एथास्थितिमा ल्याउने र सुरुमा चेतावनी  सहित एक हजार रुपैयाँ  जरिवाना  तिराइ अभिभावकको जिम्मा लगाइएको कास्की प्रहरी  प्रबक्ता श्रवण बिस्वकर्माले बताएका छन । पटकेको रुपमा फेला पारेमा यातायात  कार्यालय पठाउने र  ७ हजार ५ सय जरिवाना  तिराइ कानुन बमोजिम कारबाही  हुनेछ ।
    यसरी स्वरुप परिवर्तन  गरि ध्वनी आतंक मच्चाउनेमा बोर्डिङमा कक्षा ११-१२ पढ्ने बिध्यार्थी रहेको खुलेकोछ । पक्राउ  परेका मध्य  पालिखे चोकको एउटै बोर्डिङ स्कुलका मात्र व्व७ जना बिध्यार्थी रहेको कास्की ट्राफिकले  बताएको छ ।  स्वरुप बिगार्नेमा  बुलेट बाइक ,क्रस फाएर , कायो बाइक , पल्सरको एन एस  मुख्य रहेकाछन ।

बाइकको स्वरुप बिगार्ने अबैध काम वर्क्सप हरुले गर्ने गरेकाछन । जब सम्म वर्क्सप सन्चालक र मिस्त्रीलाइ कारबाही हुन्न तबसम्म  यो आतंक  नरोकिने  ट्राफिकले  बताएकोछ । यस  अघि एस पि केदार रिजालको कार्यकालमा वर्क सप सन्चालक र मिस्त्रीलाइ सार्बजनिक  अपराध  मुद्दा चलाइएको थियो ।मुद्दा चले पछि  स्वरुप परिवर्तन  आतंक  ठप्प भएको थियो ।  कास्की प्रहरीले स्वरुप बदल्ने धन्दाबाल वर्क्सपलाइ अभद्र व्यबहार मुद्दा चलाउने हो भने पड्काउने बाइक बनाउने कार्य ठप्प हुने निस्चित छ ।
कास्की प्रहरी प्रमुखमा एस पि मोहन कुमार थापाले जिल्ला कमान्ड  समालेको छोटो समयमै  सबैखाले गुण्डागर्दी नियन्त्रणमा  प्रभावकारी नतिजा देखिएको भन्दै कास्केली जनताले सुरक्षाको राहत महसुस  गर्न थालेको बताएका छन । मुटु फुट्ने गरि बाइक पड्काउने चालक र त्यस्तो बाइक बनाउने मिस्त्रीलाइ कानुनी  दायरामा ल्याउने अपेक्षा आम पोखरेलिले गरेका छन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: