महिलालाई दुर्व्यवहार गर्ने आमा छोरी १० हजार धरौटीमा छुटे

सराङकोट न्यूज
9 October, 2023 8:07 pm
Advertisements
 महिलाको सत्रु महिला नै हुन्छन भन्ने भनाइ त्यसै चलेको होइन । घर देखि पर सम्म यो  रोग नै बनेको पाइन्छ । यस्तै घटना  पोखरा १ हरिचोकमा घटेको छ ।आफ्नै घरमा ब्यबसाय गर्ने महिलालाई  दुर्व्यवहार गर्ने दुई  महिला पार्बती अधिकारी  पाठक र सुशीला  पाठकले फार्मेसी  पसल सन्चालक  मिनि श्रेस्ठलाइ गाली गलोज सहित दुर्ब्यवहार  गरेको भन्दै जिल्ला प्रहरी  कार्यालयमा जाहेरी  परेको थियो ।   जाहेरी उपर प्रहरीले अभद्र  व्यबहार मुद्दा चलाएको छ ।  जिल्ला प्रशासन  कार्यालय कास्किमा चलेको मुद्दामा  आरोपितहरु   ३ दिन हिरासतमा  बसि  १० हजार धरौटीमा  छुटेको जिल्ला प्रहरी  कार्यालय कास्किले पुष्टि गरेकोछ । 
     उनिहरु बीच घर भाडा लेनदेन बिबाद रहेको बताइएको छ ।मेडिकल पसल सन्चालन गर्दै आएका मिनि श्रेष्ठ  पसलमा बसिरहेको अबस्थामा पार्बती पाठक रुनकी छोरी सुशीला पाठकले अपशब्द बोल्नुका साथै हात छोड्ने भुत्ल्याउने  चिथोर्ने गरेको गरेको दाबी गर्दै सप्रमाण  प्रहरिमा उजुरी दिएका थिय ।  मुद्दा खेपेकि पार्बती सामुदायिक सेवा केन्द्र बगरका सदस्री रामभक्त पाठककी श्रीमती हुन । रामभक्त पाठक माथी केही बर्ष अघि प्रहरी  बिरुद्द दुर्ब्यबहार  गरेको आरोप लागेको थियो । सामुदायिक  सेवा केन्द्रका कार्यकर्ता स्वएम समुदायको शान्ति  सुरक्षा र अमनचयनमा लाग्नु पर्नेमा बिबादित कार्यमा मुछिनुले सस्थाको छवि माथी प्रश्न उठ्न सक्ने तर्फ सजक रहनु जरुरी  देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: