पोखरा ४ नम्बर वडामा बजार अनुगम तिब्र ब्यबसाय दर्ता नवीकरण र खाध्यमा चासो

सराङकोट न्यूज
13 October, 2023 10:05 am
Advertisements
नेपाली हरुको माहान चाड पर्वलाइ लक्षित गरि स्थानीय तहले अनुगमनलाई तिब्रता दिएकोछ । पोखरा महानगर पालिका वडा नम्बर ४ ले बजारलाइ ब्यबस्थित र उपभोक्ता मैत्री बनाउन आफ्नो वडा भित्र रहेका ब्यबसायिक फर्ममा सर्बपक्षिय अनुगमन गरेको छ । वडाले विभिन्न ब्यबसायमा असोज २४ र २५ गते १५० भन्दा बडि पसलहरुमा अनुगमन गरेको वडा अधक्ष देबकृष्ण पराजुलिले बताए । 
नगर प्रहरी , जनप्रतिनिधि कर्मचारी सहितको टोलिले गरेको अनुगमनमा दर्ता नगरि  ब्यबसाय गर्ने , नवीकरण  नगर्ने , म्याद नाघेका समान बिक्री गर्ने पसलका सन्चालकलाइ कानुनी प्रक्रिया पूरा गरि वडामा बोलाइएको  बताइएको छ ।
यस्तै उक्त वडामा रहेका दर्ता नरही सन्चालनमा रहेका एजुकेसन कन्सल्टेन्सी लाई तीन दिन भित्र दर्ता गर्न  समय दिइएको र नगरेमा बन्द गर्ने बताइएको छ ।वडा भित्र रहेका अधिकास सैलुनहरु दर्ता नगरी सन्चालन गरिरहेको फेला परेका थिए त्यस्ता सैलुनहरुलाइ ब्यबसाय दर्ता गर्न समय दिएको छ भने  सडक किनाराका मोटरसाइकल वोर्कसप हरुलाइ नियमानुसार दर्ता गर्न सुझाब दिइएको र नगरेमा कार्बाही गरिने वडा अध्यक्षले बताएकाछन ।स्थानिय पालिका र वडा तहले आफ्ना नागरिक हरुलाइ राहत प्रदान गर्न नियमित छड्के  अनुगमन गरि दण्ड र पुरस्कारको नीति ल्याउनु पर्ने आम नागरिकको माग रहेको छ ।४ नम्बर वडाले गरेको बजार अनुगमनका क्रममा भेटिएका कैफियतलाई सुरुमा चेतावनी र पटके पुष्टि भए कारबाही  गरिनुपर्ने आवज उठेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: