बाटुलेचौरको कालिका मन्दिरमा विधीपुर्वक घटस्थापना, बडादशैंभर दुर्गा पुजा

सराङकोट न्यूज
15 October, 2023 10:22 pm
Advertisements

शिशिर उजाड

पोखरा २८ असोज

पोखरा १६ वाटुलेचौरस्थित ऐतिहासिक कालिका मन्दिरमा वडादशैंको पहिलो दिन विधी पुर्वक घटस्थापना गरिएको छ ।

आज चित्रा नक्षत्र र वैधृति योग परेकाले मन्दिरमा घटस्थापना गनुृ अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी पुजा कोठामा घटस्थापना गरिएको मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिनुभयो ।सोही अवसरमा नित्य पुजा र चण्डी पाठ समेत गरिएको छ । हिमालय क्लवको आयोजन र विभिन्न संघ संस्थाको समन्वयमा वडादशैंभर नवदुर्गा पुजा तथा आरती गरिने समेत वताईएको छ । आजै साँझ सन्ध्याकालिन महाआरती, १ सय ८ दिप प्रज्वलन गरिएको तथा स्थानिय भजन टोलिले राती अवेरसम्म भजन किर्तन तथा परियार समुदायले नहरा प्रस्तुति र गन्धर्व समुदायले मालश्री धुन प्रस्तुत गरेका थिए। वाईसी चौविसे राजाका पाला देखि नै हुँदै आएको पुजालाई निरन्तरता दिईएको र यसको धार्मिक तथा साँस्कृतिक महत्वलाई उजागर गर्न विशेष पुजा तथा महाआरती गरिएको क्लवका निवर्तमान अध्यक्ष मोहन वहादुर थापाले वताउनुभयो ।

पुजा अन्र्तगत घटस्थापनाको दिन देखि दशमीसम्म विहान नित्य पुजा , चण्डी पाठ र साँझ सन्ध्याकालिन महाआरती, १सय ८ दिप प्रज्वलन, भजन किर्तन तथा परियार समुदायको नहरा प्रस्तुति र गन्धर्व समुदायले माल श्री धुन प्रस्तुत गर्ने तयारी गरिएको छ । फुलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्विका र कालिका मन्दिरको परिक्रमा सहित कलश यात्रा गरिने वताईएको छ ।नियमित रुपमा पुजा आजा हुने भएता पनि नवदुर्गा भर विशेष पुजा अर्चना हुने र महाअष्टमीको साझँ दिप प्रज्वलन, कालरात्री पुजा र महाआरती सहितको विशेष पुजा हुने क्लवका अध्यक्ष सुशील वस्नेतले जानकारी दिनुभयो । क्लवको संयोजनमा हुने दुर्गा पुजामा चण्डिका आमा समुह, शुक्ला साहित्य प्रतिष्ठान,बडहरवोट आमा समुह, संरक्षण आमा समुह,नेवाः खल वाटुलेचौर, मैदान आमा समुह,क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागी महिला एकल महिला समुह, परियार समाज लगायतका संघ संस्थाले सहकार्य गरेको क्लवले वनाएको छ ।

सोही अवसरमा क्लवले शुभकामना आदान प्रदान कार्यक्रम समेत गर्यो ।कार्यक्रममा सहभागीले नेपाली जनका चाडपर्वको शुभकामना आदान प्रदान गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: