प्रशासनका कर्मचारीकै पसलमा अनुदानको मलमा कालोबजारी ! प्रशासनबाट के होला त काराबही ?

सराङकोट न्यूज
18 October, 2023 9:55 pm
Advertisements
पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढि मुल्यमा बिक्रीवितरण गरेको फेला परेको छ ।सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मलमा झण्डै दोब्बर मुल्यमा बिक्री गरेको फेला परेको हो । अनुदानको मल तोकिए भन्दा बढि मुल्यमा किसानलाई बिक्री गरेको गुनासो आएपछी पोखरा महानगरपालिकाका उपप्रमुख एंव अनुगमन समितिका सयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा अनुगमन गर्दा मल बिक्रीका लागि अनुमति पनि नभएको र बढि मुल्यमा बिक्री गरेको फेला परेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले पोखरा ५ का पाँच वटा कृषि सामाग्री भण्डारमा अनुगमन गरेको हो । अनुगमनका क्रममा बढि मुल्यमा मल बिक्री गरेको, विना अनुमति विउविजन र विषादी बिक्री गरेको भेटिएको छ ।
पोखराको मालेपाटनमा सचालनमा रहेको कोइराला कृषि सामाग्री भण्डारले मल बिक्रीका लागि अनुमति पनि नलिएको बढि मुल्यमा बिक्री गरेको अबस्थामा फेला परेको थियो।  बुधबार मल लिन गएका ग्राहकले बिल मागेपछी पसल सन्चालकले ग्राहकलाइ दुर्बचन बोली बेचेको मल फिर्ता लिएकी थिइन , पसल सन्चालक र उनका दुइजना छोरी समेतले मल किन्ने ब्यक्ती र सङै गएका पत्रकार यदुनाथ बन्जारालाइ  मलको बोराको फोटो र पसलको साइन्बोर्डको फोटो डिलिट गर्न दवाब दिएका थिए । उनिहरु मध्य एक युबतिले पत्रकारको कार्ड तानेर छिनाल्ने असफल प्रयास गरेकी थिइन । उनिहरुले आफ्नो मान्छे प्रशासनको कर्मचारी  भएकोले तिमिहरुले केही नाप्दैनौ भन्दै दम्भ देखाएका थिय । पछि थाहा भयो त्यो पसलको सन्चालकको श्रीमान जिल्ला प्रशासन कार्यालय कास्किका कार्यालय सहयोगी शिव प्रसाद कोइराला रहेछ्न । प्रशासनको दम्भ देखाउदै अबैध व्यापार गर्ने पसल कानुनको दाएरामा आएकोछ । दुर्ब्यबहार सहने पत्रकारले बुधबार अपरान्ह कासी प्रशासनमा कानुन बमोजिमको कारबाहिको माग गर्दै उजुरी  हालेकाछन । 
    अबैध धन्दा भइरहेको बारे पोखरा महानगरको कृषि माहाशाखा प्रमुख मनोहर कडरियालाइ जानकारी गराइएपछी ,  महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला,महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल, महानगर कृषि महाशाखाका शिवसिह धामी सहितको टोलीले अनुगमन गरेको हो ।
सरकारले अनुदानमा उपलब्ध गराएको  साल्ट ट्रेडिङको लोगो अंकित बोराको मल प्रतिकिलो १८ रुपैयाँ बढि मुल्य लिएर बिक्री गरेको फेला परेको पाइएको हो । डिपोको दुरीका आधारमा अनुदानको मलको बिक्री मुल्य पोखरा महानगरले निर्धारण गरेको छ । पोखरा–५ भित्र अनुदानको मल बिक्रीका लागि प्रतिकिलो २२ रुपैयाँ निर्धारण गरिएको भएपनि ४० रुपैयाँमा बिक्री गरिएको अनुगमनका क्रममा फेला परेको छ । त्यस्तै कोइराल कृषि भण्डारले मल बिक्री अनुमति पत्र समेत नलिएको, महानगरमा दर्ता नगरेको, बिक्रेताले बिक्री र स्टकको प्रत्येक लट अनुसारको लगत नराखेको तथा खरिद र बिक्री विल समेत नरहेको पाइएको छा ।अनुगमनमा पोटास १ बोरा, डिएपी ९ बोरा र युरीया साँढे ६ बोरा भेटिएको छ । अनुुगमनमा भेटिएको मल जुन ठाँउबाट किनेको हो, त्यही फिर्ता गर्ने र सम्पूर्ण कागजपत्र लिएर बिहिबार जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको छ । 
त्यस्तै पोखरा ५ कै आर्दश कृषि सामाग्रीले पनि विना अनुमति अनुदानको मल बिक्री गरेको छ । अनुगमन टोलीले खरिद र बिक्री बिल नभएको र बढि मुल्यमा बिक्री गरेको भेटिएको हो । अनुमति बिना विक्री गरेको र युरिया ३५, डिएपी ५५ र पोटास ४५ रुपैयाँमा बिक्री गरेको फेला परेको महानगरले जनाएको छ । अनुगनका क्रममा पोटास २ बोरा, युरिया साँढे २ बोरा र डिएपी साँढे ४ बोरा फेला परेको छ । फेला परेको मल सम्वन्धित ठाँउमा फिर्ता गरेर बिहिबार कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थिति हुन निर्देशन दिएको छ ।
यता पोखरा ५ मा रहेको सुरक्षा कृषि सामाग्री भण्डाले मल विक्री गरेको तर बिल बिजक जारी नगरेको र विउविजन, विषादी बिक्रीका लागि अनुमति पत्र देखाउन नसकेका कारण सम्पूर्ण कागजपत्र लिएर बिहिबार जिल्ला कार्यालय आउन निर्देशन दिइएको छ भने पोखरा ७ मा सञ्चालनमा रहेको शोभा ट्रेड्र्स कृषि औजार भण्डारले अनुमति विना विउविजन विक्री वितरण गरेको फेला गरेको र अनुमति लिएर मात्रै बिक्री गर्न अनुरोध गरिएको महानगर कृषि महाशाखा प्रमुुख मनहर कडरियाले जानकारी दिए । विना अनुमति अनुदानको मल बढि मुल्यमा बिक्री गर्नेहरुलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको र कारबाही त्यहीबाट हुने प्रमुख कडरियाले बताए ।
बिना अनुमती मल व्यवस्थापन समितिले तोकेको मुल्य भन्दा दोब्बरमा किसानको परिचय समेत नखुलाई बिक्री गरेको पाइएकाले । थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाइएको छौ’ प्रमुख कडरियाले जानकारी दिए । गत साउन १२ गते बसेको पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिले सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य तोकेको थियो ।मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म मुल्य निर्धारण गरेको छ ।डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा तोकिएको छ । पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ । मल बिक्रेताले प्लाष्टिक झोलाको २ रुपैयाँसम्म लिन पाउनेछन् ।पोखराका २६ वटा वडाका ६७ केन्द्रलाई अनुदानको मल बिक्री वितरणको अनुमति दिएको महानगरले जनाएको छ । 
  बजारमा  दन्डहिनताको कारण अराजकता मौलाएको छ । राज्यले दिएको अनुदान नाफाखोरी  ब्यापारीहरुले कुम्ल्याएका छन ।मालेपाटनमा भेटिएको अबैध कार्यको सन्जालमा सहकारी , र अनुदानको  मल बिक्री बितरण गर्ने साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री  कम्पनी लिमिटेडको मिलेमतो रहेको आशका उब्जिएको छ । छानबिनको दायरामा आएका यी ब्यापारी र मिलेमतो गर्ने सहकारी उपर प्रशासनले  कस्तो कारबाही  गर्ला त्यो भने हेर्न बाकी छ । १९ रुपैयाँ ६० पैसा प्रती किलोमा किनेको अनुदानको मल ४० मा बेच्नु किसान( उपभोक्ता) ठगी र कालाबजारी दुबै आकर्षित हुने सराङ्कोट पत्रीकाका कानुनी सल्लाहकारले बताए  ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: