सूचना नदिने गण्डकी मेडिकल कलेज र सामाजिक विकास मन्त्रालय विरुद्ध कारण देखाउ आदेश जारी

सराङकोट न्यूज
18 October, 2023 10:22 pm
Advertisements
पोखरा
सूचना नदिने गण्डकी मेडिकल कलेज पोखरा र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय (शिक्षा) ले नियमानुसार सूचना उपलब्ध नगराएको भन्दै परेकोे पुनरावेदनका सम्बन्धमा राष्ट्रिय सूचना आयोगले कारण देखाउ आदेश जारी गरेको छ । आयोगको संयुक्त इजलाशले २०८० असोज १५ गते सामाजिक विकास तथा शिक्षा मन्त्रालयको नाममा ७ दिन भित्र सूचना दिनु नपर्नाको कारण बारे लिखित जवाफ माग गरेको छ । २०८०/०६/०७ गते पोखरा १६ का सूचना अभियन्ता यदुनाथ बञ्जाराले पुनरावेदन गरेका थिए ।
यस्तै पोखराको गण्डकी मेडिकल सँग माग गरिएको सार्वजनिक चासोका विषयको सूचना नदिएपछि परेको पुनरावेदनका सम्बन्धमा मिति २०८०/०६/१८ राष्ट्रिय सूचना आयोगको इजलाशले गण्डकी मेडिकल कलेजका नाममा सूचना दिन नपर्नाको कारण सम्बन्धमा लिखित जवाफ माग गरेको छ । गण्डकी मेडिकलसँग २ पटक सूचना माग निवेदन गर्दा पनि सूचना नपाएपछि अभियन्ताले आयोगमा पुनरावेदन गरेका थिए ।
सूचना माग गरेको भन्दै गण्डकी मेडिकल कलेजका अध्यक्ष रहेका खुमा प्रसाद अर्यालले अभियन्तालाई गाली गलौज गरी धम्काएका थिए । उलने मेरो नीजि लगानीको कलेज हो सूचना दिन्न भन्दै असिस्ट भाषा सहित आक्रोस व्यक्त गरेका थिए । सार्वजनिक सेवा व्यववसाय गर्ने तर ऐनको प्रवाह नगर्ने कलेज संचालकले के जवाफ देलान आयोगले मूल्यांकन गर्ने अपेक्षा गरिएको छ । सूचना नदिनेलाई सूचना आयोगले कारवाही गर्न सक्ने प्रावधान रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: