बिद्यालय परिसरमा बियरको प्रचार !

सराङकोट न्यूज
2 November, 2023 8:59 am
Advertisements
पोखरा
पोखरा १३ मा रहेको भद्रकाली  मा.बि.ले स्थानिय एक क्लबलाई दशै मेला गर्न दिएको बिद्यालयको चौरलाई दुरुपयोग गरि बियरको प्रचार गरेको पाइएको छ । गत कार्तिक ५ गते कालरात्रीको अबसरमा कार्यक्रम गर्न दिन विद्यालय ब्यबस्थापन समितिले निर्णय गरेको थियो । समितिको निर्णय बमोजिम लिखित सम्झौता गरि बिद्यालयले चौर उपलब्ध गराएको थियो । पोखरा–१३ को सत्य युवा क्लबले कार्यक्रमको आयोजना गरेको थियो । क्लबले राज्यको नीति नियम बिरुद्ध गइ टुबर्ग बियरको प्रचार बोर्ड राखी कार्यक्रम गरेको थियो । जबकी बिद्यालय कम्पाउण्डको एक सय मिटर वरिपरि धुम्रपान मध्यपानको प्रचार बोर्ड राख्न त्यस्ता पदार्थ बिक्रीवितरण गर्न समेत नेपालको कानुनले बर्जित गरेको छ ।
सामाजिक  क्षेत्रमा काम गर्ने युवा क्लबले असामाजिक  काम गरेर बिद्यालयको मन्दिरलाई नकारात्मक सन्देश दिलाएको छ । यस बिषयमा भद्रकाली मा बि का सुचना अधिकारी  लोकचन्द्र खनाल भन्छन “हामिले दिएको नीति र उद्देश्य  बिपरित काम गरेर क्ल्बले धोका दियो “उनले भने अब हामी कुनै संस्था या क्लबलाई बिद्यालयको चौर दिने छैनौ । तीन बर्ष अगाडि पोखरा–२५ हेम्जाको बिष्णु  पादुका मा.बि.ले आलु महोत्सवलाई चौर उपलब्ध गराउँदा टुबर्ग बियरको प्रचार बोर्ड राखेको थियो । त्यो प्रकरणमा बिष्णु पादुका मा.बि.प्रती व्यापक नकारात्मक  टिप्पणी  भएको थियो ।
पैसाको लागि बिद्यालय जस्तो पबित्र शिक्षाको मन्दिरलाई दुरुपयोग गर्ने काम रोकिनु आवश्यक रहेको छ । सामाजिक संघ सस्थाहरु स्वंमले बिकृतीबिरुद्ध लाग्नु पर्नेमा आफै मुछिनुलाई किमार्थ राम्रो मान्न सकिन्न। नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालयको ध्यान जान जरुरत देखिन्छ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: