चोरी नियन्त्रणमा जुटे पोखरेली नागरिक

सराङकोट न्यूज
4 November, 2023 9:10 am
Advertisements

पारिजात खराल / सराङ्कोट

चोरहरुको बिगबिगी बढे पछि पोखरा १४ नम्बर वडाका नागरिकहरु चोरी नियन्त्रणमा ऐक्यबद्धता जनाएकाछान । पोखरा १४ नबर वडाले आयोजना गरेकी चोरी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा २ सय जना भन्दा बढीको सहभागीमा सचेतना कार्यक्रम गरिएको थियो ।
वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक बिनोद श्रेष्ठले चोरी घटना हुन बाट कसरी बच्न सकिन्छ भन्ने बारेमा प्रष्ट पारेका थिय । आफ्नो घर अफिसमा चोरी घटनाबाट जोगिन र त्यसको लागि अपनाउन सकिने साबधानीका उपाए बुझाएका थिय ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहन कुमार थापाले प्रमुख अतिथिको तर्फबाट मन्तब्य दिदै साबधानिका उपाएका बारेमा सुझाएका थिय , एसपी थापाले चोरी नियन्त्रण सम्बन्धी यो नया र अर्थपूर्ण कार्यक्रम रहेको बताएका थिय । वडा अध्यक्ष बोध बहादुर कार्कीले समुदायको सहकार्यले मात्र चोरी गतिबिधी नियन्त्रण गर्न सम्भब हुने बताएका थिए ।वडा नम्बर १४ का सचिब रामचन्द्र पौडेलले सन्चालन गरेको कार्यक्रममा वडा सदस्य तनुजा थापा सिकेले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: