मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहकारीको चौथो साधारण सभा सम्पन्न , प्रस्तुत प्रतिबेदन सर्बसम्मतले पारित

सराङकोट न्यूज
4 November, 2023 8:37 pm
Advertisements
पोखरालाइ कार्यथलो बनाएर कारोबार  गर्दै आएको मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । ७६० जना शेयर सदस्य रहेको सहकारी मा महिला ४२९ र पुरुष ३३१ रहेको   छन । पोखरा १४ न वडा अध्यक्ष  बोधराज कार्कीले प्रमुख अतिथिको तर्फबाट साधारण सभाको उद्घाटन गर्दै  पोखरा १४ नम्बर वडा भित्रका सहकारी  मध्य उत्पादनमा जोडिएर उत्कृस्ट .बन्न सफल भएकोमा खुसी ब्यक्त गरेका थिय । महानगरको नितिमा रहेर काम गर्नका लागि  आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता  ब्यक्त गरे ।
सहाकारीका अध्यक्ष  भरत के सिले २०७९/०८० को बार्षिक प्रतिबेदन सार्बजनिक  गर्दै चालू आ ब २०८०/०८१ को अनुमानित बजेट र कार्यक्रम  प्रस्तुत गरेका थिय । सहकारीहरु समस्यामा पर्दै गएको अबस्थामा मान्द्रेढुङ्गा बहुउद्देश्यीय सहकारीले सचेतना पुर्बक काम गरिरहेको बताए । कृषी ,पशुपालन  ,सुपथ मूल्य पसल (ग्रोसरी ) ब्यबसायलाई  प्राथमिकता दिदै आफ्ना शेयर सदस्यहरुको दैनिक आवश्यकतालाई सम्बोधन गरिरहेको बताउदै यस कार्यमा सरकारी निकायबाट सकारात्मक  सहयोग अनुदान पाइरहेकोमा खुसी ब्यक्त गरेका थिय ।
   साधारण सभाका बिशेष अतिथी पोखरा महानगर कृषि  महाशाखा प्रमुख मनोहर कडरियाले   ३/४ बर्षको अन्तरालमा उत्पादनको क्षेत्रमा लागेको मान्द्रेडुङ्गा सहकारिले गरेको योगदान अनुकरणिय रहेको बताए ।उत्पादित बस्तुको बजारिकरणमा महानगरले सहयोग पुर्याउने बताउदै  शेयर सदस्यहरुको कृषि  तथा पशुपालनका लागि सहयोग अनुदानमा महानगर प्रतिबद्ध रहेको कडरियाले बताए ।
  यस्तै सहकारीका सल्लाहकार किरण अधिकारीले सहकारीलाई बलियो र नितिमा चलाउन   सहकारी  शिक्षामा जोड दिनुपर्ने बताए । शेयर सदस्य जति सचेत भए सहकारी  उति बलियो हुने अधिकारीले  बताए।  साधारण सभामा महिला शेयर सदस्यको तर्फबाट  लक्ष्मी खनाल , पुरुष शेयर सदस्यको तर्फबाट बाबुलाल बि क, निर्बाचन समितिका सयोजक  एबम सल्लाहकार  राम प्रसाद श्रेष्ठ  र पत्रकार यदुनाथ बन्जाराले शुभकामना  ब्यक्त गरेका थिय ।  
शिक्षा समितिका सदस्य नेपाल प्रकाश अधिकारीले सहकारीको ७ सिद्धान्त  बाचन गरेका थिय । भरत केसिको  अध्यक्षतामा भएको साधारण सभा कार्यक्रमको स्वागत मन्तब्य सहकारिका  उपाध्यक्ष  मेजर यामलाल शर्माले र कार्यक्रमको सन्चालन सहकारीका सचिब बामदेब मिश्रले गरेका थिए । साधारण सभामा उत्कृष्ट  कर्मचारी , उत्कृष्ट  बचतकर्ता , उत्कृष्ट ॠणि लाई सम्मान पत्र प्रदान गरिएको थियो । सभाको बन्द सत्रमा अध्यक्ष भरत केसीको बार्षिक प्रतिबेदन ,  कोषाध्यक्ष हिरामणी न्येउपाने ( मणि)ले पेश पेश  गरेको  आर्थिक प्रतिबेदन ,सचिब बामदेब मिश्रले प्रस्तुत गरेको र लेखा समिती सयोजक बद्रीनाथ पोख्रेल द्वारा प्रस्तुत भएका प्रतिबेदनहरु सर्ब सम्म्त पारित भएको अध्यक्ष भरत केसिले बताए । साधारणसभाले  समितिमा रिक्त रहेको  दुई जना सदस्य मीन बहादुर गुरुङ र सुमित्रा शर्मा सुबेदिको मनोनयनलाइ अनुमोदन गरेको छ । समितिको कार्यकाल तीन बर्षको हुने बिधानले तोकेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: